नेपालमा मौरीपालनको परिचय, सभांवना र महत्व

नेपालमा मौरीपालनको परिचय, सभांवना र महत्व

पृथ्वीमा पाइने कीराहरुमध्ये मौरी एक महत्वपूर्ण, फाइदाजनक र विवेकशील कीरा हो । मौरीलाई अंगे्रजीमा ज्यलभथदभभ भनिन्छ भने यसको वैज्ञानीक नाम ब्उष्क कउउ हो । ब्उष्मबभ परिवार अन्तर्गत पर्ने यो कीरा प्रजाति अनुसार फरक फरक भुगोल र ठाउँमा पाईन्छ । विश्वमा करिव २०००० प्रजातिका मौरीहरु रहेका छन् । (Nicholls, Henry  (15, June 2015) , ”The truth about Bees ” ).

नेपालमा विशेषगरि तराइदेखि हिमालयसम्म कठ्यौरी मौरी, खागो मौरी, भीर मौरी, मेलिफेरा मौरी र सेरेना मौरी गरी पाँचवटा प्रजातिहरु पाइन्छन् । नेपालको पहाडी क्षेत्रमा सेरेना मौरी र तराइमा मेलिफेरा (युरोपियन) मौरी प्रख्यात छन् । मौरीपालनका दृष्टिकोणले विश्वका धेरै देशहरुको तुलनामा नेपाललाई पनि संभावना बोकेको देशको रुपमा हेरिन्छ । नेपालमा जैविक विविधतामा विविधिकरण, भुधरातलमा विविधिकरण, र हावापानीमा विविधिकरण भएकोले मौरीपालनको दृष्टिबाट नेपाललाई अझै महत्वपुर्ण मानिन्छ । नेपालका किसानहरुले हालसम्म दुईवटा प्रजातिहरु ( सेरेना र मेलिफेरा ) लाई मात्र घारमा पाल्दै आएका छन् । मेलिफेरा मौरीको तुलनामा सेरेना मौरी तापक्रममा हुने उतारचडाव, चरन, रोगकिरा आदि समस्याहरु केही हदसम्म सहन सक्ने प्रकृतिको हुन्छ ।

नेपालमा मौरीपालनको सम्भावना, महत्व र मौरी संरक्षणमा हाम्रो भुमिका लाई निम्नअनुसार प्रस्तुत गरेको छु ।

नेपालमा मौरीपालनका सम्भाबनाहरु 

  • नेपालका जंगलहरुमा धेरै प्रजातिका फुलहरु बाह«ै महिना उपलब्ध हुने हुदा मौरीलाई चरन व्यबस्थापनमा सहज भई मौरीपालनमा सघाउ पुग्छ ।
  • नेपालको विशेषगरि ग्रामीण क्षेत्रमा रासायनिक मलखाद र विषादिको प्रयोग न्युन हुन्छ । त्यसैले ग्रामीण क्षेत्रका किसानहरुलाई जागरुक बनाई मौरीपालनमा संलग्न गराउन सके नेपालमा प्रागंरिक मह को उत्पादन बढाई अन्य देशहरुमा निर्यात गर्न सकिन्छ ।
  • मौरीबाट प्राप्त हुने मह बाहेकका उत्पादनहरु जस्तै मैन, प्रोपोलिस, पोलेन, रोयल जेल्ली, नेपालमा व्यावसायिक रुपमा उत्पादन तथा बजारिकरण गर्न सके मौरीपालनलाई थप आय आर्जनको साधनको रुपमा विकास गर्न सकिन्छ ।
  • अरु व्याबसाय भन्दा मौरीपालन व्यावसाय कम समय, कम लागत, थोरै जग्गा र सजिलो हुने हुदाँ मौरीपालनले गृहिणी महिलाहरुलाई आयआर्जन को प्रचुर सम्भावना बोकेको छ ।
  • नेपालमा मौरीपालनको लागि आबश्यक पर्ने दक्ष तथा अदक्ष जनशक्ति पर्र्याप्त मात्रामा उपलब्ध भएकोले यो जनशक्तिलाई परिचालन गरि मौरीपालनलाई थप आधुनिक र बैज्ञानिक बनाउन सकिन्छ ।
  • भीरमौरीको मह काढ्न तथा अबलोकन गर्न बाह्य पर्यटकहरु बढी आकर्षित हुने हुदा मौरीपालनको क्षेत्रबाट पर्यटन प्रवद्र्धन समेत गर्न सकिन्छ ।

मौरीपालनको महत्व 

नेपाल जस्तो प्राकृतिक श्रोतसाधनले भरिपुर्ण देशमा मौरीपालनको व्यापक महत्व छ । मौरी मह उत्पादनको माध्यम मात्र हैन हाम्रो अस्तित्व जोगाउने महत्वपुर्ण अवयव पनि हो । मौरीले पर परशेचन हुने बालीहरुको करिब ८० % परागशेचनको हिस्सा ओगटेको छ । प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइन्सटाइन ले मौरी बिना मानिसको अस्तित्व करिब ४ बर्ष मात्र हुन्छ भन्नुभएको थियो । यसबाट पनि मौरीको महत्व प्रष्ट सगँ बुझ्न सकिन्छ ।

  •  मौरीबाट उत्पादन हुने महमा कार्बोहाइड्रेट, प्रोटिन, भीटामिन जस्ता हाम्रो शरीरको बृद्धि र विकासमा प्रशस्त भुमिका खेल्ने तत्वहरु पाइन्छन् ।
  • महलाई गाउँघरमा खोकी लाग्दा, पोलेको घाउँमा र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत प्रयोग गरिन्छ ।
  • भीरमौरीको मह सेबन गर्नाले क्यान्सर जस्ता घातक रोगलाई समेत राम्रो फाइदा पु¥याउछ ।
  • सबै वालीहरूको सबै परागकणहरू परागसेचनमा भाग लिदैँनन् र मौरीले त्यी परागकणहरू सङ्कलन गरेर उपयोगी उत्पादनमा रुपान्तरण गर्छ जुन अरु केहिले पनि गर्न सक्दैन । त्यसैले मौरी धेरै महत्वपुर्ण छ ।
  • मौरीपालन व्यवसाय सञ्चालन गर्दा दक्ष देखि अदक्षसम्म, संकलन, व्यवस्थापन, प्रशोधन, साथै बजारीकरणमा जनशक्ति आवश्यक पर्छ । यसले केहि हदसम्म रोजगारीका अवसरहरू सिर्जना गर्न समेत सघाउ पु¥याउँछ ।
  • नेपालमा उत्पादित मह अन्य देशहरूमा निर्यात गर्दा विदेशी मुद्रा आर्जन भई आर्थीक सुदृढीकरणमा सहयोग पुग्छ ।
    ड्ड मौरीपालनको लागि चाहिँने सामाग्रीहरू बनाउँने कच्चा पदार्थको उपलब्धता नेपालमा सहज रुपले हुने हुँदा प्राकृतिक स्रोत साधनको समुचित प्रयोग समेत हुन्छ ।
  • मौरी र मौरीजन्य उत्पादन कुनै पनि धर्म बिशेषमा प्रतिबन्धित छैन यसले गर्दा मौरीपालन जुनसुकै जाति वा धर्ममा संलग्न मानिसहरूले गर्न सक्छन् ।

मौरीको यति धेरै महत्व हुँदाहुँदै अनुुसन्धान र प्रसारको कमि, जलवायु परिवर्तन, नयाँ रोग किराको आक्रमण, बढ्दो रसायनको प्रयोग, वातावरण प्रदुषण, उचित व्यवस्थापनको कमि जस्ता समस्याहरूले मौरी पालन व्यवसाय वा मौरीको दैनिकी अफ्ठ्यारोमा छ । यी समस्याहरूको उचित व्यवस्थापन गरी मौरी संरक्षण र सम्बंद्र्धनमा हामी सबैको उत्तिकै भुमिका रहन्छ । मौरी संरक्षण गर्न र मौरीपालन व्यवसायलाई थप वैज्ञानिक र आयआर्जनमुखी बनाउन हाम्रो, किसानको र सरकारको भुमिका के हुन सक्ला?

किसान, कृषि प्राविधिक र समुदायको भुमिका

  • फरक फरक समयमा फुल फुल्ने बिरुवाहरू वृक्षारोपण गर्ने । विशेष गरी सामुदायिक वन, सरकारी कार्यालय र सडकको छेउछाउमा प्रशस्त विरुवाहरू लगाउँन सकिन्छ ।
  • आफ्नो ठाउँको उत्पादन आफैँले किन्ने बानि बसाल्ने । हाम्रो गाउँमा उत्पादित मह हामी आफैँले किन्ने बानि बसाल्यौँ भने मह उत्पादन गर्ने किसानलाई प्रोत्साहन मिल्छ ।
  • पांङ्गारीक कृषिमा जोड दिने । रसायनको प्रयोगले महको गुणस्तर र मौरीको दैनिकीमा नराम्रो असर पर्छ । रसायनको प्रयोग गर्नुपरेमा वैकल्पिक चरनको उपाय अपनाई सावधानीपुर्वक गर्ने ।
  • किसान मौरीपालक र स्थानियहरूसँग समन्वय गराउँने जसले गर्दा एकआपसका गतिबिधिहरू साटासाट वा आदानप्रदान हुन्छन् ।
  • खेति गर्दा मिश्रित बाली, अन्तरबाली र बाली चक्र अपनाउने वा फरकफरक वाली लगाउने जसले गर्दा वर्षभरि नै मौरीको चरन व्यवस्थापनमा सहयोग पुग्छ । अथवा मौरीपालक किसानले मौरीलाई बढि मन पर्ने तोरी, फापर जस्ता बालीहरू लगाउँन पनि सकिन्छ ।

सरकारको भुमिका

  • कृषिका अन्य क्षेत्रहरूको तुलनामा मौरीसम्बन्धी अनुुसन्धान र प्रसार ज्यादै कम भएको पाइन्छ । मौरीपालनमा अनुसन्धानलाई थप मजबुत बनाइ मौरीपालनलाई वैज्ञानिक र आधुनिक बनाउँन सकिन्छ ।
  • नेपाल सरकारले मौरी संरक्षण नीति २०७४ जारी गरी मौरीपालनलाई एक कदम अगाडी बढाएको छ । तर यो प्रयाप्त होइन यस्ता अन्य नीति, ऐन र नियमावलीहरू बनाइ कानुनी र सरकारी तवरबाट मौरीपालनलाई एक उम्दो व्यवसायको रुपमा अगाडी बढाउँन जरुरी छ ।
  • मौरीपालन सम्बन्धी योजना बनाउँदा देखि कार्यान्वयनसम्म किसान, स्थानिय सरकार साथै स्थानिय स्तरमा कृषिसँग सम्बन्धीत सरकारी र गैर सरकारी संस्थालाई समेत सामेल गराउँनु पर्दछ ।
  • सरकारी तवरबाट मौरीपालन गर्ने किसानले पाउने ऋण, अनुदान र प्राविधिक सेवा थप सहज र छिटो बनाइ किसानलाई सहयोग गर्नुुपर्छ ।
  • मौरी बिमा कार्यक्रम प्रभाबकारी रुपले कार्यान्वयन गर्नुपर्छ ।

यसरी मौरी र मौरीपालनलाई थप व्यवस्थीत बनाइ देशमा नै मौरीमा सम्भावना खोज्ने हो भने विदेश पलायन हुने युवाहरूको जमातलाई रोक्न सकिन्थ्यो कि !

सुवास बावु घिमिरे
कृषि प्राविधिक

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles