सघन धान खेती प्रबिधि

सघन धान खेती प्रबिधि
उत्पादनमा वृद्धी ल्याउने प्रबिधि
System of Rice intensification (SRI)

SRI(system of rice intensification) जसलाई नेपालीमा सघन धान खेती प्रविधि भनिंन्छ,यस प्रविधिको थालनी सन १९८० को दशकमा Madagascarमा भएको हो र यसलाई नेपालमा भने सन १९९९ मा भित्रयाईएको हो तर पनी यसलाई व्यापक प्रयोगमा भने आज सम्म पनी ल्याउन सकिएको छैन।धानको उत्पादनमा उल्यख्य वृद्धी ल्याउन सक्ने यो प्रविधि केही संस्थाहरूको अनुसंधानमा मात्र सीमित रहेको पाईएको छ।

SRI बिधिबाट धान खेती गर्नूका फ़ाईदाहरू

  • उत्पादनमा २०-५०% सम्म बृद्धि
  • ९०% सम्म बीउको बचत
  • ३२-५०% सम्म पनीको बचत

SRI बिधिबाट धान खेती गर्ने सिद्धांतहरू 

१. कलीलो बीउ(younger seedlings)

   यस बिधिमा कलिलो २ पाते बिरुवा (८-१२ दिने) लाई रोपिंछ।

२. कम बिरुवा(less plant density)

   एक ठाउमा एक बिरुवा मात्र रोप्ने गरिंछ तर परम्परागत खेतीमा भने ३-५ बिरुवा रोप्ने चलन रहदै आएको छ ।

३. फराकीलो रोपाई(wider spacing)

   रोपाईलाई फराकीलो बनाउनू पर्ने हुन्छ : बिरुवा रोप्दा

  बर्गाकार तरीक़ाले २२.५ सी.मी वा २५ सी.मी वा ३० सी.मी. को फरकमा रोपीन्छ।

४. कम सिंचाई(Alternate wetting and drying)

  यस विधीमा बिरुवाको बनस्पतिक अवस्था सम्म खेतमा केही दिन पानी जमाईन्छ र त्यस लगत्तै सुकाउंदै लगेर केही दिन सूक्खा राखीन्छ र धान पसाउन लागे पछी ३-५ सी.मी. पानी दिने गरीन्छ र धान काटनू भन्दा दुई हप्ता अघि फ़ेरी पानी सुकाईन्छ। यसलाई Alternate wetting and drying भन्ने चलन छ।

५. गोडाई(Weeding)

  यस बिधिमा झार नै मुख्य समस्या हो त्यसैले रोपंडको १० दिनमा पहिलो गोडाई र त्यसपछी प्रत्येक १० दिनको अंतरालमा जम्मा ४ गोडाई उपयुक्त हुन्छ। गोडाईको लागी conoweeder वा rotary weeder को प्रयोग गर्न सकीन्छ।

६. प्रांगारिक मल(organic culture)

 यस बिधिमा रसायनीक मललाई सक्दो कम गरी प्रांगारिक मलको प्रयोग गरीन्छ जसले स्वत: माटोको उर्वरा शक्ती बढ़ाउंछ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles