कृषि उत्पादन वृद्धिका आधारहरु
नेपाल एक कृषिप्रधान देश हो भन्ने कुरामा कुनै द्धिविदा छैन कीनकी हाम्रो देश नेपालका अधिकाशं मानिसहरुको जीवन निर्वाहको मुख्य आधार कृषि क्षेत्र नै हो । उत्पादन, प्रशोधन र बजारिकिकरण सगैँ उपभोग गर्ने उपभोक्ता सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कृषि क्षेत्रमा संलग्न भएकै छन् । अधिकाशं कृषि वस्तुहरु पर्याप्त रुपमा उत्पादनको र मागअनुसारको उपलव्धताको सम्भावना हुदाहुदै पनि भारी मात्रामा आयात भइराखेका छन् । झन् चाडवाड र पर्वहरु नजिकिदै जादा आयात पनि उत्तिकै बढ्ने गरेको छ । आयात न्युनिकरणका विभिन्न आयामहरुमध्ये उत्पादन बृद्धि पनि एक महत्वपुर्ण आयाम हो ।
नेपालको बाली लगाइएको क्षेत्रफल र उत्पादनलाई हेर्दा केही बर्र्षएता उत्पादन विस्तारै वढ्दो क्रममा छ तर अपेक्षा गरिएअनुसार र मागअनुसार उत्पादन बृद्धि भइराखेको देखिदैन । धान, मकै, गहूँ, कोदो साथै अन्य उत्पादनहरु करोडौको मात्रामा आयात भइराखेको छ । विश्वका र एसियाका अन्य मुलुकहरुको तुलनामा नेपालमा कृषिजन्य उत्पादनहरुको उत्पादकत्व न्युन छ । यसलाई बढाउन विभिन्न उपायहरु अवलम्बन गर्न सके आफ्नै उत्पादनबाट मागको परिपुर्ति गरी आयात न्युनिकरण गर्न सकिन्छ । आयात न्युनिकरणको मुख्य आधार मानिएको उत्पादन बृद्धि गर्न निम्न उपायहरुले महत्वपूर्ण भुमिका खेल्न सक्छन् ।
क) माटोको स्वास्थ्य जाचँ – विश्वका केही मुलुकहरुमा र नेपालमा पनि केही मात्रामा माटोबिनै खेती गर्ने प्रविधिहरु प्रचलनमा आएका छन् । तर नेपालमा कृषि उत्पादनको दृष्टिकोणले हेर्दा माटोमै उत्पादित बस्तुहरुको माग आपुर्तिमा महत्वपूर्ण भुमिका रहेको पाईन्छ । माटो विरुवालाई उभिन सघाउने वस्तु मात्र होइन विरुवालाई चाहिने पोषकतत्व, खनिज र पानी उपलब्ध गराउने मुख्य श्रोत पनि हो । त्यसैले विरुवा स्वस्थ र राम्रो हुनका लागि माटो र माटोको स्वास्थ्य पनि राम्रो हुन आवश्यक छ । हाम्रो देशका अधिकाशं कृषकहरु माटोको स्वास्थ्य जाचँसम्बन्धी जानकार नरहेकोले माटो परिक्षण विना नै खेतीपाती हुदैँ आइरहेको छ । माटोको उर्वराशक्ति, माटोमा प्रागंरिक पदार्थको उपलब्धता, माटोको अम्लियपन र क्षारीयपन साथै माटोमा विभिन्न पोषकतत्वहरुको मात्रा जस्ता कुराहरुले उत्पादनसगँ प्रत्यक्ष सम्बन्ध राख्दछन् । त्यसैले समयसमयमा माटोको स्वास्थ्य जाचँ गरी यी उल्लेखित कुराहरुको अवस्थालाई सामान्य वा विरुवाको लागि उपयुक्त बनाउन सके उत्पादनमा सकारात्मक रुपले बृद्धि हुने निश्चित छ ।
ख) गुणस्तरीय विउको प्रयोग – विरुवाबाट उत्पादन कस्तो हुने भन्ने कुरामा सबैभन्दा ठुलो भुमिका बिउकै हुने गर्दछ । गुणस्तरीय विउ भन्नाले जातीय तथा भौतिक रुपमा शुद्ध, उपयुक्त उमारशक्ति, चिस्यान, तौल साथै समान आकारप्रकार र चमकपन भएको विउ भन्ने बुझिन्छ । गुणस्तरिय बिउको प्रयोगले करिब १५–२५% सम्म उत्पादन बृद्धि हुन्छ । गुणस्तरीय विउको प्रयोगले बिउबाट विरुवामा सर्ने रोग ९क्भभम द्ययचलभ (Seed Borne Disease) र कीराहरुको प्रकोपबाट समेत विरुवालाई जोगाउन सकिन्छ जसले गर्दा उत्पादन बृद्धिमा सहयोग पुग्दछ ।
ग) खाद्यतत्व व्यवस्थापन – विरुवालााई आवश्यक पर्ने खाद्यतत्वहरु माटोबाट सही रुपले उपलव्ध भएमा मात्र विरुवा स्वस्थ भई राम्रो उत्पादन दिन सक्छ । विरुवालाई खाद्यतत्व उपलव्ध गराउने विभिन्न वस्तु तथा विधिहरु हुन्छन जसको सही ढगंले प्रयोग गर्न सकेमा उत्पादन बृद्धि गर्न सकिन्छ । आजकाल विशेष गरि ग्रामीण भेगका किसानहरुमा युरीया, डिएपी जस्ता रासायनिक मलहरुको प्रयोग गर्ने होडबाजि नै चल्ने गरेको छ । सिफारिस भन्दा बढी रासायनिक मलको प्रयोग र अन्य मलहरुको प्रयोग नगरी रासायनिक मलको मात्र प्रयोगले माटोमा शुक्ष्म जिबाणुको गतिबिधि घटाउनुका साथै माटोको उर्वराशक्ति पनि क्षय हुन्छ । जसको प्रत्यक्ष प्रभाव बाली उत्पादनमा पर्न जान्छ । वाली लगाउदा गोठेमल, कम्पोष्ट, रासायनिक मल, खेत बारीमा उपलब्ध हुने वालीका अबशेषहरुको सही व्यवस्थापन, नाईट्रोजन स्थिरिकरण गर्ने बालीहरुको प्रयोग जस्ता कुराहरुले उचित खाद्यतत्व व्यवस्थापनमा सघाउदछन् । त्यसैले अपेक्षा अनुुसारको उत्पादन लिनका लागि उचित खाद्यतत्व व्यवस्थापन गर्न आवश्यक छ ।
घ) वाली व्यवस्थापन – वाली व्यवस्थापनले उत्पादन बढाउन साथै उत्पादनलाई दिगो बनाईराख्न र वालीलाई रोगकिराबाट बचाउन समेत सहयोग पु¥याउदछ । वाली व्यवस्थापनका महत्वूर्ण आयामहरुमध्ये हामीले सजिलै अपनाउन सकिने वालीचक्र, मिश्रीत बाली प्रणाली, अन्तरवाली प्रणाली, झारपात र रोगकिराको उचित तरिकाले वा वातावरणमैत्री ढगंले व्यवस्थापन गर्ने जस्ता कुराहरुले उत्पादनमा बढोत्तरी ल्याउन सघाउदछन । यी बाहेक बाली रोप्ने समय र तरिका, दुरी, हावापानी र माटो सुहाँउदा जातहरुको छनौट, माटोमा पर्याप्त चिस्यानको व्यवस्था, उचित समयमा गोडमेल र मलखादको व्यवस्थापन जस्ता कुराहरु वाली व्यबस्थापन र उत्पादन बृद्धिका आधारहरु हुन् ।
ङ) जमीनको खण्डिकरणमा रोक – हाम्रो देश नेपालमा अबैज्ञानिक र अव्यवस्थित शहरीकरण सगँसगैँ उत्पादनशील जमिनको खण्डिकरण पनि बढिराखेको छ । उत्पादनमुखी माटोमा प्लटिङ गर्ने र भौतिका संरचनाहरु बनाउने कार्यले गर्दा उत्पादनमा प्रतिकुल असर परिराखेको छ । जमिनको यस्तो दुरुपयोगलाई रोकि व्यवस्थित शहरीकरणलाई प्राथमिकतामा राख्न सके उत्पादन लाई बढावा दिन सकिन्छ । साथै जमिनको खण्डिकरण लाई रोक्न वा व्यवस्थित गर्न चक्लाबन्दी र सहकारी खेती लाई प्रोत्साहन गर्नुपर्दछ ।
च) कृषिमा यान्त्रिकरण र युवा संलग्नता – कृषिलाई व्यावसायिक, वैज्ञानिक र आधुनिक बनाउन यन्त्र उपकरणहरुको महत्वपुर्ण भुमिका हुने गर्दछ । आधुनिक उपकरणहरुको प्रयोगले उत्पाादन सहज, सरल र उत्पादनमा लाग्ने लागत न्युनिकरण सगँसगैँ उत्पादन बृद्धिमा समेत सहयोग पुग्दछ । बाली लगाउन, गोडमेल गर्न, काट्न वा छिट्नमा मानिस र उपकरणको तुलना गर्दा भारी अन्तर आउँछ ।
त्यस्तै उत्पादन बढाउनमा कृषि क्षेत्रमा युवाहरुको संलग्नता समेत बढाउन जरुरी छ । युवा किसानहरुमा प्रविधि ग्रहण गर्ने दर एकदमै बढी हुने र बाली उत्पादनमा नयाँ सोच, विधि र प्रयोग युवाहरुमा बढी हुने हुदा कृषिमा युवा संलग्नता पनि उत्पादन बृद्धिमा सघाउ पु¥याउने एक महत्वपुर्ण अवयव हो ।
छ) कृषि शिक्षा र किसान जागरुकता अभियान – माटोमा आफ्नो समय र परिश्रम खर्च गरि बाली उत्पादन गर्ने व्याक्ति किसान हुन । उत्पादनलाई बढाउन वा कृषिलाई व्यावसायिक बनाउन किसान शिक्षित हुनुपर्छ । नेपालमा किसानलाई जागरुक र शिक्षित बनाउन तालीमको मात्र अत्याधिक प्रयोग भईराखेको छ । यसको अलावा ग्रामिण क्षेत्रमा रेडियो नेपाल र नेपाल टेलिभिजन बाट प्रसारण हुने कृषि कार्यक्रमले धेरै कृषकहरुमा शिक्षा फैलाउने र किसानहरुलाई जागरुक बनाउने काम गरिराखेको छ । आजकाल क्mबचत प्चष्कजष्, कृषि गुरु, युवा कृषि जस्ता मोबाइल एप्लिकेशनहरु र फेसबुक, युट्युब जस्ता सामाजिक संजालहरुबाट कृषि सगँ सम्वन्धित जानकारी र किसानउपयोगी ज्ञानवद्र्धक कुराहरु प्रसारण भईराखेका छन् । यस्ता कुराहरुमा सबै किसानहरुको पहुँच पु¥याउन सके उत्पादन बृद्धि हुनुका साथै नेपालको कृषि क्षेत्रले छिट्टै फड्को मार्दैन भन्न सकिन्न ।
ज) अनुसन्धान र प्रसार – अन्य देशहरुको तुलनामा नेपालमा कृषक, अनुसन्धान र प्रसारको विचमा ठुलो खाडल रहेको छ । कृषि क्षेत्रमा हुनुपर्ने जति अनुसन्धान कार्यहरु हुन सकिराखेका छैनन् साथै अनुसन्धान बाट प्राप्त भएका उपलव्धिहरु विmसानसम्म पुग्न सकिराखेका छैनन् । प्रविधि प्रसारमा महत्वपुर्ण भुमिका खेल्ने कृषि प्रसार कार्यकर्ताहरुको व्यवस्थापन सही ढगंले नहुदा ग्रामीण क्षेत्रका कीसानहरुमा ठुलो समस्या आइरहेको छ । उत्पादन बृद्धिका लागि दिगो कृषि र उचित अनुसन्धान कार्यहरु अगाडि बढाई अनुसन्धानबाट प्राप्त उपलव्धिलाई किसानसमक्ष पु¥याउन जरुरी छ ।
झ) दक्ष जनशक्तीको कमी – उत्पादन र उत्पादकत्व बढाउन, बैज्ञानिक र आधुनिक खेतीपद्धति अवलम्वन गर्न साथै दिगो र वातावरणमैत्री खेतीपद्धतिलाई स्थापित गराउन दक्ष जनशक्तिको आवश्यकता पर्दछ । हाम्रो देशमा उत्पादित कैयौ प्राविधिकहरु र विज्ञहरु सम्भावनाको खोजीमा विदेश पलायन हुने प्रवृत्ति बढ्दो छ । तल्लो तहका किसानहरुलाई खेती प्रविधि सिकाउन र व्यवस्थित कृषि प्रणाली अपनाई उत्पादन बढाउन दक्ष जनशक्तिको समेत अभाव भइराखेको छ ।
त्यसैले, सरकार, स्थानिय निकाय, सरकारी तथा गैर सरकारी संस्थाहरु, अनुसन्धान केन्द्रहरु, विश्वविद्यालयहरु, कृषि विज्ञहरु, विद्यार्थीहरु सबै मिलेर हातमा काधँमा काधँ जोडी विmसानलाई थप जागरुक, उत्पादनमुलक, र व्यावसायिक बनाई नेपाली माटोको उत्पादकत्व बढाउन सके आयात न्युनिकरण गरि नेपाललाई थप आत्मनिर्भर बनाउन सकिन्थ्यो कि ?