गहुँमा लाग्ने रोग, किराहरु र ब्यबस्थापन

0
681

गहुँमा लाग्ने रोग र किराहरु

१)गुलाबी गभारो (Pink borer; Sisamia inferens): 

लार्भा गुलाबी रङ्गको र पुतली पराल रङ्गको सानो हुन्छ। यसले अण्डा पात वा माटोमा पार्छ। यसले गहुँको गुबो काटी बाली नोक्सान गर्दछ।

ब्यबस्थापन:

●  ५००००-१००००० ट्राइकोग्रामा परजीवी किरा ३० कठ्ठामा रोपाई गरेको ३/४ हप्ता पछि छोड्ने।

● बि.टि. ३ ग्राम प्रती लिटर पानीको दरले छर्ने।

●बिषादिका रूपमा कार्बोफ्युरान ३% जी.अार वा कारटेप हाइड्रोक्लोराईड ४% जी.अार खेतमा छिपछिपे पानी बनाई छर्ने।

 

२)किटकिटे खपटे: (Wire worm; Agriotes sp.): 

यो तार जस्तो आकारको खण्ड खण्ड परेको हुन्छ। यसले जरा काटेर बोट सुकाई दिन्छ।

ब्यबस्थापन: 

बाली लगाउनुभन्दा अगाडि खेत गहिरो गरी  जोत्ने जस्ले गर्दा लार्भाहरु माटो बाहिर आई चराहरुको सिकार बन्नपुग्छन। बाली चक्र अप्नाउने। मकैलाई किरा आकर्सित गरि गहुँ बचाउन प्रयोग गर्ने। पाईरिथेरिन बिषादिकाे प्रयोग गर्ने।

 

 

३)धमिरो (Termites; Odonotermus obesus): 

धमिरोको शरीर सेतो र नरम हुन्छ। टाउको भने फिक्का खैरो रङ्गको हुन्छ। यसले माटोमुनिको मुल जरा खाईदिने हुदा जरा बुच्चो देखिन्छ। यसले डाठहरुमा सुरुङ बनाउछ।

ब्यबस्थापन:

  • धमिरोको गोलो पत्ता लगाई नस्ट गर्ने।
  • खेतमा पानी ढड्याउने। खेतमा बीउ छर्नु भन्दा अगाडी मालाथियन ५% धुलोले प्रती रोपनी ५ किलोका दरले मटोको उपचार गर्ने।

 

४)लाही किरा (Aphid; Macrosiphum miscanthi) : 

बाली पसाउने बेला यसले दुख्ख दिन्छ। यसले कलिलो बालाको रस चुसी नोक्सान गर्दछ।

ब्यबस्थापन:

प्राकृतिक शत्रु जस्तै लेडि बर्ड बीटलको संरक्षण गर्ने। आबसेक भन्दा बढी नाईट्रोजन मलखादको प्रयोग नगर्ने।

●        बिषादिकाे रूपमा इमिडाक्लोरोपिड ४०० मिलिमिटर ५०० लिटर पानीमा मिसाई ३० कठ्ठा जमिनमा छर्ने।

●        डाईमेथोयट ३०% ई.सि. १ मिलीलीटर प्रती लिटर पानीको दरले छर्ने।

गहुँमा लाग्ने रोगहरु:

१) स्पट ब्लच (Spot blotch; Bipolaris sorokiniana)

साना खैरा रङ्गका थोप्लाहरु पातमा देखिन्छन् पछि थोप्ला बढी एक आपसमा जोडिई पात सुकेको। वा डढेको जस्तो देखिन्छ।

ब्यबस्थापन:

  • भाइटाभेक्स २ ग्राम प्रती केजी बिउँका दरले उपचार गर्ने।
  • सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्ने र पोटास मल अनिवार्य रूपमा प्रयोग गर्ने।
  • रोग अबरोधक जातहरु जस्तै त्रिबेनि, बि.एल १४७३,आदित्य, गौतम, बिजय लगाउने।
  • रोग फाट फुट देखिना साथ प्रोपिकोनाजोल २५ ईसि १ मि.लि. प्रती लिटर पानीका दरले मिसाई २ हप्ताको फरकमा तीन पटक बोट भिज्नेगरी छर्ने।

२) खैरो सिन्दुरे रोग (Brown rust; Puccinia recondita):

 पातको माथिल्लो तहमा सुन्ताला रङ्गका फोकाहरु देखिन्छन। ती फोका छुट्टा छुट्टै रहेका हुन्छन।

ब्यबस्थापन:

  • रोग अबरोधक जातहरु जस्तै बि.एल.१४७३, गौतम, भृकुटी, बिजय लगाउने।
  • सिफारिस गरेअनुसार मलखादको प्रयोग गर्ने र ठिक समयमा गहुँ छर्ने।
  • रोग फाट फुट देखिना साथ म्यानकोजेब ७५ डब्लु.पि. विषादी ३ ग्राम प्रती लिटर पानीका दरले वा प्रोपिकोनाजोल २५% ईसि १ मि.लि. प्रती लिटर पानीका दरले मिसाई १५ दिनको फरकमा २/३ पटक बोट भिज्नेगरी छर्न

 

३) पहेलो सिन्दुरे(Yellow rust; Puccinia streriformis):

 पातको माथिल्लो सतहमा लाम्चिला फोकाहरु एक अर्का संग मिलि धर्सा परेर रहेका हुन्छन्।

ब्यबस्थापन:

  • रोग अबरोधक जातहरु जस्तै डब्लु.के.१२०४, पासाङ ल्हामु, गौतम लगाउने।
  • सन्तुलित मात्रामा मलखादको प्रयोग गरी ठिक समयमा लगाउने।
  • रोग फाटफुट देखिना साथ प्रोपिकोनाजोल २५% ईसि १ मि.लि. प्रती लिटर पानीका दरले मिसाई दुई हप्ताको फरकमा ३ पटक बोट भिज्नेगरी छर्ने।

 

४)कालो पोको (Loose smut; Ustilago nuda tritici): 

बालामा दाना लग्नुको सट्टा कालो ढुसिको जिबाणुले भरिएको हुन्छ।

ब्यबस्थापन:

  • बिउँको उपचार गर्ने (भाइटाभेक्स २ ग्राम प्रती केजी)।
  • रोग लागेको बालाबाट धुलो नझर्दै उखेलेर खल्डोमा गाड्ने वा जलाई दिने।
  • रोग अबरोधक जातहरु जस्तै अन्नपुर्ण ४, पासाङ ल्हामु, डब्लु.के. १२०४, भृकुटी, बिजय लागाउने।
  • सन्तुलित मात्रामा मलखादको प्रयोग गर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here