गोलभेँडा फलको गवारो (Helicoverpa armigera)
परिचय
गोलभेँडा फलको गवारोले कपास चना अरहर लगायत थुप्रै बालीमा आक्रमण गर्दछ।यो कीराले गोलभेँडाको उत्पादन र गुण्स्तरमा ६०% सम्म नोक्शानी गर्दछ।यस कीराको वयस्क रात्रीचर पुतली हो।यस कीराको शरिर खैरो रंगको हुन्छ र लम्बाई ३०-३८ मिमि सम्मको हुन्छ।
क्षतिको प्रकृति
गर्मि समयमा खेति गरिएको गोलभेडामा यो कीराले धेरै क्षति गर्दछ। कीनकी यस समयमा कीराको सन्तान उत्पादन दर अध्यधिक हुन्छ। गोलभेँडाको फलमा लाग्ने माउ पुतलीले फूलको वरिपरि रहेका कलिला चिचिला र पातहरुमा फुल पार्दछ र फुलबाट लार्भा गवारो बन्दछ।वैशाख असारमा यो कीराको प्रकोप धेरै नराम्रो हुन्छ। हुर्केका लार्भाहरुले फूल, कोपिला, चिचिला र फलहरु खान्छन्। फलहरुमा प्वाल पार्दछन्। यस्ता फलहरु बजारमा विक्र हुदैँनन्।
व्यवस्थापन विधि
- गवारोले नोक्शान गरेका फलहरु र सुकेका हाँगाहरु संकलन गरेर नष्ट गर्नुपर्छ।
- रातको समयमा १-२ वटा बत्तिको पासो प्रति रोपनीको दरले प्रयोग गर्नुपर्छ।
- गोलभेँडा बालीमा फुल फुल्न शुरू गरेपछि गवारोको वयस्क भाले पुतलीलाई आकर्षित गर्न १-२ वटा हेली ल्युरको प्रति रोपनीको दरले प्रयोग गर्ने।
- यसको अण्डाको परिजिवी ट्राईकोग्रामा एक हेक्टर लागी १० वटा ट्राईकोकार्डको रुपमा प्रयोग गर्ने।
- एन.पि.भि. भाईरस १ मि.लि. प्रति लिटर पानिका दरले १० १० दिनको फरकमा प्रयोग गर्नुपर्छ।
- क्लोरएन्ट्रानिलिप्रोल १८.५% एस.सी. ३ मि.ली. प्रति १० लिटर पानीमा राखी छर्कने।
- स्पिनोसाड ४५% एससी १ मिलि प्रति ३ लिटर पानीमा राखी छर्कने।
नोट: विषादीको प्रयोग गर्दा नाक मुख आँखा कानका साथै पुरै शरिरको छाला छोपिने गरी सुरक्षित पहिरन लगाउनु पर्दछ।विषादीको लेबल राम्रोसँग अध्ययन गरी प्रयोग गर्ने मात्रा पटक र प्रयोगपछि बाली टिप्ने समय राम्रोसँग ख्याल गर्नुपर्छ।विषादी चर्को घाम वा हावा लागेको समयमा छर्कन हुदैन।