भावी पुस्ताका लागि दिगो कृषि

भावी पुस्ताका लागि दिगो कृषि

संसारमा सबै मानिसको खाद्य आवश्यकता पुरा गर्दै भावी पुस्ताका लागि सुरक्षित वातावरण तथा जीवजन्तु सहितको उत्पादनशील संसार हस्तान्तरण गर्दै जानु आजको आवश्यकता हो। यहि कुरालाई मध्यनजर गर्दै विगतका केहि बर्षदेखी यसको लागि पहल भने पक्कै भएका छन् तर सबै तहबाट जति संबेदनशील हुनुपर्ने हो त्यो भएको भने देखिँदैन।

विश्वमा अहिलेको परिस्थितिमा हेर्ने हो भने करिब ८ करोड मानिसले संसारको ४४% भन्दा बढी स्रोत साधनको उपभोग गर्छन्। नेपालकै तथ्यांकमा हेर्ने हो भने पनि २०% जनसंख्याले करिब ५६% स्रोत साधनको उपभोग गर्छन्। यस्तो असन्तुलित पहुँच तथा उपभोगको अवस्थाले हाम्रो विकास सन्तुलित र दिगो बाटोमा जानबाट पछाडी धकेलिईरहेको छ। प्राकृतिक स्रोतको कमिले भन्दा पनि समावेशिता, सहभागिता मुलक विकासको कमि, बुझाइको कमि र हेलचेक्र्याँइले गर्दा समस्याको खाडल अझै बढ्ने देखिन्छ। मान्छेहरु उत्पादनमुखी मात्र भएर उक्त हेतु रासायनिक मल र कीटनाशक विषादीको प्रयोग अत्याधिक गरिरहेका छन् जसको असर भावी पुस्ताले थेग्न सक्ने छैन।

कृषिमा व्यावसायिकरण र कृषि क्रान्तिको नारा लगाइरहँदा उत्पादनको मात्रामा मात्रै बढावा नदिई गुणस्तरमा पनि जोड दिनु उत्तिकै आवश्यक छ। किसानहरुमा पनि रासायनिक मलबिना पर्याप्त बाली उत्पादन नै नहुने भ्रम रहेको छ। तर वास्तविकता के हो भने धेरै रसायनिक मलको प्रयोगले केही बर्ष राम्रो उत्पादन दिएपनि विस्तारै माटोको उर्वराशक्तिमा ह्रास आइ पछिल्लो पुस्ताका लागि यो जमिन मरुभूमि सरह हुनेछ भन्ने कुरामा दुइमत छैन।

हाल कृषि क्षेत्रमा प्रयोग हुने विषादी मात्र वार्षिक ७५ देखि ८० करोड रुपैयाँ बराबरको आयात भईरहेको छ। नेपाल आयात हुने मध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ। अध्ययन अनुसार तरकारीमा १.६ किलोग्राम प्रति हेक्टरका दरले रासायनिक विषादी प्रयोग भईरहेको अवस्था छ।अहिलेको कीटनाशक विषादी र रसायनिक मलको उच्चतम प्रयोगको असरले  माटोमा भएका उपयोगी जीवहरु, प्रान्ङ्गारिक पदार्थ कुहाउने जीवहरुको विनाश गरेका माटोको उर्वराशक्तिमा ह्रास ल्याउनुका साथै यसले प्रदुषण निम्त्याई मानव स्वास्थमा समेत डरलाग्दो किसिमका रोगहरु जस्तै क्यान्सर, मधुमेह, मृगौला तथा मुटुरोगको प्रकोपको सम्भावना बढाउँदछ। अहिलेको अवस्थामा नै हामी थुप्रै यस्ता सम्स्याहरु देख्न सक्छौँ। बढ्दो सहरीकरणले पनि बोटबिरुवा खेतीयोग्य जमिन, जलश्रोतको विनाशको साथै वतावरण प्रदुषण गरेका छन् जसले गर्दा प्राकृतिक महामारी पनि खेप्नुपर्ने हुन्छ। हामी भन्दा पनि अझ बढी हाम्रो भावी पुस्ता यसको मारमा पर्ने देखिन्छ।

दिगो कृषिका अवधारणा कागजमा मात्र सिमित भएको अवस्थामा हामी आफैँ युवापुस्ताको तर्फबाट पनि केही कदम आफ्नै खेतबारी बाट पनि अगाडी बढाउन सकिन्छ। तलका यी कुरालाई अवलम्बन गर्न सक्यौँ भने भोलिका सन्ततिले पनि स्वच्छ तवरले बाँच्ने वातावरण बन्नेछ।

  • माटोलाई उर्वर बनाउन गाइवस्तुको मल, कम्पोस्ट मल, कोसेबालीको हरियो मलको प्रयोग गर्न सकिन्छ जसबाट बिरुवालाई प्रशस्त नाईट्रोजन प्राप्त हुन्छ साथै हरियो कोसेबालीलाई, पराल र झ्यासलाई छापोको रुपमा प्रयोग गर्न सकिन्छ जसले माटोमा चिस्यान जोगाएर राख्छ र झारहरुलाई पनि नियन्त्रण गर्छ।
  • गोबर तथा कम्पोस्ट मलको प्रयोग गर्ने जसले माटोमा हुने जीवहरु जस्तौ गँड्यौला र अन्य किराहरुको लागि अनुकुल वातावरण प्रदान गर्छ।
  • रोग र कीट व्यवस्थापनको लागि रसायनिकको सट्टामा जैविक बिषादी प्रयोग गर्न सकिन्छ। घरैमा पनि साबुनपानी, गाईबस्तुको मुत्र, कडा गन्ध भएका बिरुवा जस्तै अदुवा, खुर्सानीको धुलो, सुर्तीको पातहरु प्रयोग गरेर बिषादीको रुपमा प्रयोग गर्न सकिन्छ।
  • मुख्य बालीसँगै रोग प्रतिरोधक लगाउनु, चक्रिय बाली प्रणाली अपनाउनु पनि रोग-किराको व्यवस्थापन र उत्पादन वृद्धिको राम्रो बिकल्प हो।
  • व्यवस्थित रुपमा गह्रा पद्धति अपनाई रुख र बालीलाई सँगसँगै रोप्नाले भूक्षय नियन्त्रण गर्नुका साथै स्वच्छ हावा पनि प्रदान गर्दछ।
  • पानीको बुद्धिमतापुर्वक प्रयोग गर्ने। जस्तै बिरुवा रोपेपछी माटोको चिस्यान घट्न नदिन पराल अथवा घाँसको छापोको प्रयोग गर्ने, थोपा सिँचाइ पद्धति अपनाउने साथै खेर गएको पानीलाई बगैंचामा प्रयोग गर्ने। मानिस र बालीलाई धेरै पानी उपलब्ध गराउन पानीको जलाधार क्षेत्रको सुरक्षा गर्ने।

नेपालको सन्दर्भमा कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता त छ नै तर त्यो उत्पादन कसरी गर्ने भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनु जरुरी छ। कृषि कर्म दिगो अवधारणाका साथ गर्ने हो भने कृषकले बढी लाभ पाउने, उपभोक्ताले सुलभरुपमा गुणस्तरयुक्त खाद्यवस्तु हुने, कृषिमा परनिर्भरता र यसबाट उत्पन्न हुने जोखिम कम हुने र उत्पादन दिगो रुपमा हुने तथा वातावरणीय जोखिम कम हुने जस्ता फाइदाहरु भइरहने हुन्छ। दिगो कृषिबाट खाद्यसुरक्षा, सम्प्रभुता पाप्त हुनुका साथै भावी सन्ततिका लागि स्वस्थ तवरले जिवनयापन गर्नको लागि स्वच्छ वातावरण पनि प्रदान हुन्छ।

दिगो कृषिको परिभाषा फरकफरक रहे पनि यसका केही सिद्धान्त छन जसले कृषक र प्राकृतिक स्रोतहरुको संरक्षणलाई मुख्य बिन्दुमा राखी ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक संरचनालाई मजबुत पार्नमा सहयोग गर्दछ। उत्पादन मात्र बढाउने बजारमुखी कृषि बिदेशी बजारमा निर्भर भई अत्याधिक रसायनको प्रयोग हुने भएकोले यसले किसानको हित गर्दैन साथै वातावरणको गुणस्तर, माटोको उर्वरशक्ति पनि खस्कँदै जान्छ। नेपालको कृषि नीतिले हरितक्रान्तिको नाममा बाहिर देशबाट आयात गर्नुपर्ने रसायनिक मल, विषादी, हर्मोन,  बीउ र कृषि औजारमा परनिर्भरता बढाएका छन। यसले वातावरणीय स्वास्थलाई हानी मात्र गर्ने छैन, नेपाली धन पनि बाहिरिएको छ।

धेरैजसो मानिसहरूमा दिगो कृषि भन्नाले केवल परम्परागत, कम उत्पादनशील कृषि प्रणाली भन्ने बुझिएको छ तर दिगो प्राङ्गारिक खेती पनि रसायनिक पदार्थमा आधारित खेतीजस्तै उत्पादनशील हुन सक्दछ। वास्तवमा भन्ने हो भने यश सम्बन्धमा अझै धेरै अनुसन्धान हुन आवश्यक छ। दिगो कृषि प्रणालीमा उत्पादकत्व बढाउँदै स्थानिय बीउबिजन र जैविक बिबिधता संरक्षण गरेर , स्थानीय बजारलाई मुख्य बिन्दुमा राखेर उत्पादन गरेमा खाद्यसुरक्षा सुदृढ हुनेछ साथै उत्पादन योग्य जमिन, वातावरणमा पनि संकट निम्तिने छैन।

दिगो कृषिको बिषयमा सरकारी निकायको उचित ध्यान नपुगेको पक्कै हो। हरित क्रान्तिको अवधारणालाई पछ्याउँदै नेपाल राज्यले कृषि क्षेत्र प्रोत्साहनको लागि अगुवा किसानलाई स्थानीय बीउ तथा जैविक बिषादीका लागि अनुदान, उचित परामर्श र तालिमहरुको व्यवस्था साथै अभिमुखिकरण कार्यक्रमहरुलाई बढावा दिँदै जाने हो भने दिगो कृषिको लक्ष्य प्राप्त गर्न सम्भव छ। रसायनिक मल बिना उत्पादन नै हुँदैन भन्ने भ्रमलाइ चिर्नु अत्यन्त जरुरी छ। दिगो कृषिकै अवधारणाबाट पनि हामी उत्पादनमा आत्मनिर्भर बन्न सक्छौं। रसायनिक बस्तुको प्रयोगभन्दा जैविक पद्धति नै वर्तमान र भविष्यको लागि र मानवजगतको लागि कल्याणजनक छ। अहिलेको दिगो कृषिको अवधारणाको व्यवहारिकरण नै भोलिका पुस्ताका लागि उत्तम उपहार हुनेछ।

लेखक
विनिता वस्ती
कृषि र पशु विज्ञान अध्ययन संस्थान,
पक्लिहवामा वि. एस्. सी कृषि अध्ययनरत

You May Like: Sustainable Agriculture: Future of farming – Archana Chand

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X