माटोमुनी बसी बिरुवालाई क्षति गर्ने किराहरु

माटोमुनी बसी बिरुवालाई क्षति गर्ने किराहरु

बिरुवाहरूको वृद्धि विकाससँगै उत्पादनमा कमी ल्याउने तत्त्वहरूमध्ये रोग तथा किराहरु  नै  प्रमुख तत्व मानिन्छ| अझ त्यसमा पनि 70-80%  रोगहरु सार्ने भनेको किराहरुले नै हो| यसरी बिरुवाहरूको वृद्धि विकाससँगै उत्पादनमा कमी ल्याउने किराहरुले माटो देखि माथि रहेका बिरुवाका विभिन्न भागहरुमा मात्र नभई माटो मुनि बसेर विरुवाको जरालाई नै नोक्सानी पुर्याउने गर्दछन्|

नोक्सानी पुर्याउने बाली बिरुवाहरु: आलु ,मकै, टमाटर ,खुर्सानी, काउली समूहका तरकारीहरु आदि|

1.  खुम्रे किरा(White grub)

      • यो किराले माटोमुनि बसी बिरुवाको जरालाई नोक्सानी पुर्याउनुका साथै माटोको सतह भन्दा माथिको काण्डलाई पनि नोक्सानी पुर्याउँछ|
      • अण्डा पारेको 2-3 हप्तामा बिरुवामा लार्भाको बिकास भई उक्त लार्भाले बिरुवाको जराहरु खान थाल्दछ, जसले गर्दा बिरुवा ओइलाएर मर्दछ|
      • यसको वयस्क  खैरो तथा कालो हुन्छ भने लार्भा  बोसो जस्तै सेतो शरीर, खैरो रातो ठूलाठूला  तिनजोडा खुट्टा भएको र हेर्दा अंग्रेजी “C” आकारको हुन्छ |

व्यवस्थापन विधि:

      • यो किरा विशेषगरी काँचो गोबर मलको प्रयोग गर्दा खेत तथा बारीमा  बढी देखिने हुँदा  काँचो गोबर मलको प्रयोग नगरी राम्रोसँग पाकेको मल मात्रै प्रयोग गर्नुपर्दछ|
      • यसले बारिको वरिपरि भएक झारपातहरूमा बसी फुल पार्ने हुँदा बिरुवाको वरिपरि भएका झारपातहरू नष्ट गर्नुपर्दछ|
      • खपटे माउलाई बिजुली बत्तीको पासोमा आकर्षण गरी मार्न सकिन्छ|
      • आलु, मकै जस्ता बालीहरु रोप्नु अगाडी एक केजी प्रतिरोपनी का दरले  दानामा उत्पादित हरियो दूसी (Metarhizium  anisopliae) बाली रोप्ने समयमा लाइनमा छर्ने|
  1. फेद कटुवा किरा:
      • यो किरा हेर्दा ध्वाँसे  वा खैरो रङको,  शरीर चिल्लो र ढाडमा अस्पष्ट धर्साहरु  भएको  र छोएपछि  बटारिने गर्दछ|
      • यो किरा रातीमा बढी सक्रिय हुने हुँदा  रातको समयमा माटो भन्दा मुनिका साथै माटो भन्दा माथिको  सतह नेरको बिरुवा को काण्ड नष्ट गरी  मानिसले नै काटेको जस्तो देखिन्छ| त्यसैले यसलाई  गालपारुवा किरा पनि भन्ने गरिन्छ |
      • यसले आलुबारीमा नोक्सानी पुर्याएको अवस्थामा काटिएको बोटको फेद र आलु मा प्वाल हुन्छ|

व्यवस्थापन विधि:

      • काटेको बिरुवाको जरा नजिक माटोमा कोट्याएर लार्भाहरु खोजी नष्ट गर्ने|
      • माटोमा बिरुवा लगाउनु भन्दा अगाडि क्लोरपायरिफोस (Chloropyriphos / dursban 10%)  वा म्यालेथियन (Malathion) धूलो एक केजी प्रतिरोपनी का दरले माटोमा उपचार गर्ने|
      • बिरुवा लगाउनु भन्दा अगाडी खेतबारीमा  मज्जाले 2-4  दिनसम्म  पानीले  भिजाउन सकिन्छ|

3. रातो कमिला(Red ant)

      • भाले कमिलाको शारीरिक बनोट अरिङ्गालको जस्तो हुन्छ भने  पारदर्शक पखेटाहरूका नसाहरु काला खैरा देखिन्छन्|
      • जरा वरिपरि मसिना खैरा राता किराहरूको समूह देख्न सकिन्छ|
      • पोथी कमिला लामो बनावटका हुन्छन् भने यिनका पखेटा हुँदैनन्|
      • बिरुवा ओइलाउने र मर्ने हुन्छ|

व्यवस्थापन विधि:

      • गहुँतको झोल बनाई माटो भिजाउन सकिन्छ|
      • रातो कमिला को प्रकोप बढी भएको अवस्थामा डुबने गरी सिंचाई गरेको अवस्थामा यसको प्रकोप कम गर्न सकिन्छ|
      • प्रत्येक वर्ष रातो कमिलाको आक्रमण हुने खेतबारीमा  बिरुवा लगाउनु भन्दा अगाडी क्लोरपायरिफोस
        (Chloropyriphos 20% EC)  नामक कीटनाशक विषादी 1 ml प्रति लीटर पानीको दरले  माटोमा छर्न सकिन्छ|
                                                                                                          अर्जुन न्यौपाने
 कृषि प्रशिक्षक

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X