साइलेज: के हो र कसरी बनाउने?

साइलेज: के हो र कसरी बनाउने?

हरियो कलिलो अवस्थाको घाँसलाई काटेर अक्सिजन रहित अवस्थामा शुक्ष्म जीवाणुहरुद्वारा फरमेन्टेशन गराइ संरक्षण गरिएको घाँसलाई साइलेज भनिन्छ। यो गुन्द्रुक अथवा सिन्की जस्तै गरेर बनाइने गरिन्छ।बर्षायाममा बढी भएको हरियो घाँसलाई हिउँदमा घाँसको कमि भएको बेलामा पशुहरुलाई खुवाउने गरिन्छ ।

साइलेज बनाउने उपयुक्त घाँस तथा बालिहरु

गुलियो स्वाद भएको रसिलो घाँसहरु जस्मा कार्बोहाइडेटको मात्रा बढी पाइने जस्तै मकै, ज्वार, जै,  नेपियर आदिबाट बनाउन सकिन्छ।

साइलेजका लागि घाँस काट्ने समय

बर्षायाम तथा हिउँदमा प्रसस्त मात्रामा उत्पादन हुने घासहरुको साइलेज बनाउनका लागि काट्ने उपयुक्त समय मकै, जै,ज्वारमा गेडामा दूध पसेको बेला र स्थानिय घासहरुलाई फूल फल्ने समयमा काट्नु पर्द्छ ।

साइलेज बनाउने खाडल (साइलो)

साइलेजलाई विभिन्न तरिका बाट बनाउन सकिने भए पनि यहा हामिले पिट/ट्रेन्च साइलो बारे चर्चा गरेका छौ। मुख्यत नेपालमा भुइमा खाल्डो खन्ने वा सिमेन्ट गरि पिट/ ट्रेन्च साइलो बनाइन्छ ।अग्लो पानी नजम्ने आफ्नो गाइ भैसीको संख्या हेरि २/३ मिटर गहिरो, तल्लो तहमा २ मिटर  फराकिलो राखी माथिल्लो भाग क्रमशः फराकिलो बनाउदै जमिन सतहमा ३ मिटर फराकिलो बनाउनु पर्दछ।

साइलेज बनाउने तरिका

  • घासलाई ओइलाउनु पर्छ। कलिलो घाँसमा ८०-९०% सम्मको पानीको मात्रा हुनुपर्दछ। करिब ६०-६५%मात्र चिस्यान साइलेज बनाउनको लागि राम्रो हुने भएकालेे घाँस लपक्क भिजेको भए ४-५घन्टा घाममा ओइलाएर राख्नु पर्छ।घाँस मा पानीको मात्रा बढी हुदा र घाँसमा चाहिने भन्दा बढी सुकेमा साइलेज राम्रो खालको नबन्ने भएकोले घाँसलाई राम्रोसँग ओइल्याएर सुख्खा पदार्थको मात्रा कम्तीमा ३५-४०% मा झार्नु पर्छ।
  • घासलाइ ३ इन्चसम्मको टुक्रा पारेर खाडलमा हाल्नु पर्दछ।
  • आवश्यक अनुसार रासायनिक तत्त्वहरु मिसाउने: एडिटिबस्स:

(क)खुदो: २०-४०किलोका दरले प्रति टन| कम कार्बोहाइडेट भएको घाँस तथा कोसेबाली घाँसमा खुदो मिसाइने गरिन्छ। जस्ले गर्दा स्टाचको मात्रा बढाइ जिबानुलाई ल्याक्टीक एसिड बनाउन सहयोग गर्छ र साइलेज राम्रो सङ बन्न मद्दत गर्छ।

(ख)खनिज अम्म्लजस्तै:हाइद्रोलिक एसिड,सफल्युरिक एसिड,फस्फोरिक एसिड राख्नाले साइलेजमा बनेको एसिडलाई अमल्ता काएम गर्नाले ४.४ पि.एच.अम्लता काएम गर्दछ। जस्ले गर्दा साइलेज धेरै दिन सम्म सुरक्षित राख्न मद्दत गर्दछ।

(ग)गहुको चोक्कर ,मकैको ढुटाे, आदि मिसाउनाले पौष्टिकता वृद्धि हुनुका साथै स्वादमा वृद्धि हुन्छ।

  • साइलोलाई घाँसले भर्ने: खाडलको पिधमा प्लास्टिक वा केराको पात वा पशुको झारपात बिछ्याउनु पर्दछ। घाँस लाई ओइलाएर,टुक्राइ,संयोजकहरु मिसाएर साइलोमा भर्नुपर्दछ। साइलोलाई भर्दा चारैतिर एकनासले घाँस लाई दाबेर भर्नुपर्दछ। साइलेजलाई राम्रो सङ नदाब्नाले बिचमा हावा भरिएर साइलेज कुहिन सक्दछ।
  • साइलेजको मुख बन्द गर्ने: साइलेज घाँस भरिसकेपछी त्यसभित्र हावा नपस्नेगरि मुख बन्द गरिदिनुपर्दछ। यसरि मुख बन्द गर्नाले गोबरको बाक्लो लेप,प्लाष्टिक पेपर वा अन्य पदार्थ प्रयोग ल्याउन सकिन्छ। यसरी साइलेजको मुख बन्द गरिसकेपछि कुनै गरुङो बस्तु राख्नु पर्दछ। माथीबाट थिच्नाले साइलेज फैलन पाउदैन र हावा पस्न पाउदैन । राम्रो साइलेज बन्नको लागि ३०-३८ से.ग्रे.सम्म तापक्रमको आवश्यकता पर्ने भएकालेे यो तरिका सबैभन्दा राम्रो र सरल मानिछ।
  • साइलेज तयार भएपछि साइलेजको मुख खोल्ने: साइलेजमा घाँस भरेको ४०-५० दिनमा साइलेज बनेर तयार हुन्छ। आफ्नो आवश्यकता अनुसार झिकेर साइलेजको मुख पुन:बन्द गरिदिनुपर्छ।

राम्रो साइलेजमा हुनु पर्ने गुण

राम्रो खालको साइलेज ढुसि नपरेको, समाउदा नरम, सुङ्दा अमिलो मिठो बास्ना आउने हुनुपर्दछ। राम्रो खालको साइलेजको रङ हरियो पहेलो मिसिएको हुन्छ।

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X