साइलेज (Silage): के हो , कसरी बनाउने र फाइदाहरु

साइलेज (Silage): के हो , कसरी बनाउने र फाइदाहरु

हरियो घाँसबाट साइलेज बनाउँदा मूलावाट गुन्द्रुक अथवा सिन्की तयार गरे जस्तै गरी बनाइन्छ । यसका लागि हरियो
घाँसलाई काटेर हावा र पानी पस्न नदीई उचित प्रविधिवाट राख्दा ब्याक्टेरियाको उपस्थितिमा अम्लपैदा भई
रासायनिक परिवर्तन हुन्छ । यही रासायनिक परिवर्तनको माध्यमवाट घाँसको पौष्टिक तत्त्व लामो समयसम्म संरक्षण
गर्न सकिन्छ । यस्तो उचित प्रविधिवाट संरक्षित गरिएको घाँसलाई साइलेज भनिन्छ । साइलेज बनाएको २८ देखि
३० दिनमा नै तयार हुन्छ र यसलाई सामान्यतया २-३ महिनापछि अथवा हरियो घाँसको उपलब्धता कम हुने
िहउँदको सुक्खा समयमा खुवाउन सकिन्छ । यसलाई हावापानी पस्नवट बचाउन सकेमा १२ देखि १८ महिनासम्म
संरक्षित रूपमा राख्न सकिन्छ । एक घन मिटर खाल्डो मा ४००–७०० के.जी. हरियो घाँस साइलेजको रूपमा संरक्षण
गर्न सकिन्छ ।

साइलेजवाट हुने फाइदाहरूः

– साइलेज घाममा सुकाउनु नपर्ने भएकाले वर्षा याममा पनि बनाउन सकिन्छ ।
– मकैको टुप्पो , उखुको टुप्पा े जस्ता मोटो डाँठ भएका घाँसपातवाट साइलेज बनाउन सकिन्छ ।
– साइलेज हरियो घाँसको बढी उपलब्धता हुने समय खासगरी वर्षा याममा बनाइन्छ र १ महिनामा तयार हुने भए
पनि उक्त समयमा प्रशस्त ताजा हरियो घाँस नै पाइने हुनाले िहउँदको समयमा साइलेज खुवाउँदा यसको
उपयोगिता बढ्छ ।
– हरियो घाँसलाई संरक्षण गर्दा कम ठाउँको आवश्यकता पर्दछ ।
– झारपातलाई पनि साइलेजको रूपमा उपयोगमा ल्याउन सकिन्छ साथै धेरैजसो झारपातको बीउ सडेपछि
उमारशक्ति नष्ट हुन्छ र झारपात नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।
– भिटामिन ए बन्ने तत्त्व क्यारोटिन साइलेज बनाउँदा कम मात्रामा नष्ट हुन्छ ।

साइलेज बनाउन प्रयोग हुने घाँसको गुण:

राम्रो साइलेज बन्न सजि लैसँग घुलनशील गुलि यो प्रशस्त मात्रामा हुनुपर्दछ । मकै, जुनेलो, उखुको टुप्पो , बाजरा, टि यासेन्टी जस्ता घाँसहरू जसको डाँठको गुलि योपना हुन्छ त्यस्ता घाँसहरू साइलेज बनाउन उपयुक्त हुन्छन् । साइलेज बनाउने खाडल वा भाँडा वा संरचनालाई साइलो वा साइलोपिट भनिन्छ ।

साइलेज बनाउने तरिका:

– साइलेजका लागि बाला पसाउने समयमा प्रायः घाँसहरूलाई काट्नु उपयुक्त हुन्छ ।
– साइलेजका लागि घाँसलाई २–४ इन्चको टुक्रा पार्नुपर्दछ र ६० देखि ६५ प्रति शत मात्र चिस्यान भएको घाँस
साइलेज बनाउनका लागि उपयुक्त हुने भएकाले घाँस धेरै भिजेको भए ओइल्याएर मात्र साइलेज बनाउनु राम्रो हुन्छ ।
– खाडलको पि ँधमा प्लाष्टिक वा केराको पात विछाउनुपर्छ ।
– टुक्रा टुक्रा काटेका घाँसहरू खाडलमा राख्ने र सकभर छिटो छिटो कसिलो हुने गरी खाँदद् ै काम गर्दा तहतह परेर
बस्दछ र हावा बाहिर निस्कन्छ । यसरी दिन दिनै काटेको घाँसलाई सकेसम्म कम समयमा खाडलमा पुर्ने काम
गर्नुपर्दछ ।
– साइलो भरिसकेपछि माथिवट पानी तथा हावा नछिर्ने गरी मुख प्लाष्टिक वा केराका पातहरूले नै राम्ररी छोपी
१२–१५ सेमि सम्म माटोले चारैतिर छोपेर माटोले लिपी दिनुपर्छ । माथिव ाट ढुङ्गा, मुढा इँटा आदिले थिच्नु
पर्दछ । राम्रो साइलेज बन्नका लागि ३० देखि ३८ डि ग्री सेन्टि ग्रेडसम्म तापक्रमको आवश्यकता पर्ने हुन्छ र हावा
तथा पानी छिर्यो भने साइलेजको गुण विग्रन सक्छ ।

साइलेज बनाउने खाडल :

खाडल बनाउनका लागि जमिन अलि भिरालो परेको र पानी नजम्ने खालको हुनुपर्छ । आफनो गाई-भैंसीको संख्या हेरी ५ फिट जति गहिरो मुखमा ६ देखि ७ फिट व्यास र पि ँधमा ४ देखि ५ फिट व्यास भएको गोलो आकारको हुनुपर्छ, अथवा पशुको संख्या केही धेरै नै भएमा फराकिलो खाल्डो पनि बनाउन सकिन्छ ।

राम्रो साइलेजमा हुनुपर्ने गुणहरूः

राम्रो खालको साइलेज समाउँदा नरम, रसिलो अमिलो मिठो बास्ना आउने, हेर्दा हरियो पहेंलो रङको र ३.८ देखि ४.२ सम्म पि .एच. हुनपर्छ र कुहिएको गन्हाउने, ढुसी परेको र समाउँदा च्यापच्याप भएको हुनु हुँदैन ।

श्रोत: कृषि तथा पशुपंक्षी डायरी २०७७

 

Related Articles

Duckweed as a feed supplement

Duckweed as a feed supplement Duckweed is a native, free-floating plant that can be seen on the surface, and is a bright, vibrant green. It...

Croton Petra: Every thing you need to know!!

Croton Petra: Every thing you need to know! Croton petra also known as the Golden Petra is a popular indoor plant with bright burst of...

Principles of hay making using tropical grasses and legumes

Principles of haymaking using tropical grasses and legumes Hay Hay is a very popular form of forage preservation that provides an important source of animal...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

Duckweed as a feed supplement

Duckweed as a feed supplement Duckweed is a native, free-floating plant that can be seen on the surface, and is a bright, vibrant green. It...

Croton Petra: Every thing you need to know!!

Croton Petra: Every thing you need to know! Croton petra also known as the Golden Petra is a popular indoor plant with bright burst of...

Principles of hay making using tropical grasses and legumes

Principles of haymaking using tropical grasses and legumes Hay Hay is a very popular form of forage preservation that provides an important source of animal...

Teosinte and its cultivation practices

Teosinte and its cultivation practices INTRODUCTION The common name of Teosinte is Makaichari and botanical name is Euchlaena Mexicana. It is an excellent multi-cut fodder and...

गोलभेँडा फलको गवारो (Helicoverpa armigera)

गोलभेँडा फलको गवारो (Helicoverpa armigera) परिचय गोलभेँडा फलको गवारोले कपास चना अरहर लगायत थुप्रै बालीमा आक्रमण गर्दछ।यो कीराले गोलभेँडाको उत्पादन र गुण्स्तरमा ६०% सम्म नोक्शानी गर्दछ।यस...
en English
X