कौशी खेती प्रविधि

1
333

                                                                लेखक: जया उपाध्याय

कौशीखेती: कौशी वा बरन्डामा गरिने खेतीलाई कौशीखेती भनिन्छ। शहरमा खेतीयोग्य जमिनहरु कमी भएको खण्डमा कौशीखेती विकल्पको रूपमा रहेको छ।

खेती गर्न आवश्यक कुराहरु: खेतीकालागी प्रयोग गरिने माटो , भाँडा , रोप्ने विरुवाहरु,  पानी राख्ने विधि र उचित  स्याहारसुसारहरु अपरिहार्य कुराहरु हुन्।

माटोको छनोट: कौसिखेतिको लागि मल मिसिएको मलिलो र खुकुलो माटो राम्रो हुन्छ ताकी  बिरुवाले सजिलोसँग जरा फैलाउन सकोस् र त्यो माटोले राम्रोसँग पानि सोसोस्। अनि मुख्यकुरा माटोमा पोसक त्तत्वपनि रखिरहन पर्छ ।

भाडाको छनोट: हरेक कामनलाग्ने प्लाष्टिकका भाँडा र सीसादेखी स्टिलका भाँडाहरु कौशीखेतीका लागी प्रयोग गर्न सकिन्छ। कम खर्च गरेर सजिलै फाइदा हुनसक्ने यो खेतिमा धेरै  रकम र पुँजीको आवस्यकता पर्दैन। अन्डाका  खोस्टा, सिमेन्टको बोरा , तेलको प्लाष्टिक , प्लास्टिका बाटा लगायतका सामान हामीले प्रयोगमा ल्यराउनसकिन्छ ।

माटो हलुका बनाउने बिधि: यो खेतीका लागी प्रयोग गरिएको माटोको मिश्रणमा एकभाग बालुवा, दुइभाग मल र एक भाग  माटो राखिन्छ। त्यसैगरी मघुमति जसलाई “कोकोपिट” पनि भनिन्छ जुन नरिवलको जट्टाबाट बनाइएको इट्टा आकारको हुन्छ त्यो पनि हामीले प्रयोगमा ल्याउन सकिन्छ।  यो जुनसुकै नस्ररीहरुमा पनि किन्न पाइन्छ र माटो भर्दा भाँडाको  माथिबाट ५ औंला जति कममात्र माटो भर्नुपर्छ ताकी पछि पानी हाल्दा वा कुनै मलहरु हाल्दा सजिलै अटाओस्।

मल प्रयोग: बजारमा पाउने रसायनिक मल  प्रयोग गर्यो भने कौशीखेतीको कुनै औचित्य नै रहँदैन। तसर्थ यो खेतीका लागि प्रयोग गर्ने मल हामी घरमै बनाउन सकिन्छ। चियापत्तीको धुलो, पिना,  भर्मिकम्पोस्ट, गाईको गोबर, कुखुराको र बाख्राको मल पनि प्रयोग गर्नसकिन्छ। तर  हामीले  प्रयोग गर्ने मल काँचो हुनुहुदैन नत्रभने विभिन्न रोग , किरा लाग्ने सम्भावना हुनसक्छ।  पाकेको मल कित घरमै बनाउन सकिन्छ अथवा बजारमा किन्न पनि सकिन्छ।  त्यसैगरी भान्साबाट निस्किने फोहोरलाई (लसुन,अदुवा, आलुको बोक्रा, सागपात) सङ्कलन गरेर त्यो फोहोरलाई कुहाएर पनि कम्पोस्ट तयार गर्न सकिन्छ।

सिँचाइ गर्ने तरिका: पानी कति मात्रामा हाल्ने कुरा मौसम अनुसार फरक हुन्छ। सिँचाइ गर्दा विरुवाको वरिपरि पाइप वा रोजक्यान प्रयोग गरेर गर्न सकिन्छ।

उपयुक्त विरुवा: हिउँदका  बेलामा लहरे बाली उपयुक्त हुन्छ।  वर्षाको बेलामा फर्सी, टमाटर, केराउ, सागपात,  खुर्सानी,  लसुन,  प्याज जस्ता विरुवाहरु पनि लगाउन सकिन्छ। त्यस्तै फलफूलमा आरु , नासपाती ,कागती, अम्बा,  सुन्तला पनि लगाउन  सकिन्छ।  हाइब्रिड जातीका विरुवाहरु धेरै सफल भएको देखिन्छ।

किराबाट हुने समस्या: खुम्रे किराहरुले सबैभन्दा बढी समस्या ल्याउँछन् भने औँसा किराले लहरे बालीलाई नोक्सान गरेको भेट्टीएको छ। त्यस्तै लाई किरा , पतेरोहरुले विरुवाको रसा चुसेर सुख्खा पारेर मार्छन्। यिनीहरू शत्रुकिरा हुन् भने विभिन्न मित्रकिरा जस्तै माकुरा, मौरी, बालुला आदि पनि हामीले भेट्न सकिन्छ।  यिनीहरूले शत्रुकिराको अण्डा, लार्भा र वयस्कलाई मार्छन्।

समाधान: स्थानीय वनस्पति, जडिबुटिहरु प्रयोग गरेर विषादी बनाउन सकिन्छ।  असुरो,  बनमारा,  टिमुर, अदुवा, बोझो, निमको पात आदि प्रयोग गरेर तयार पारेको जैविक विषादी सबैभन्दा उत्तम समाधान हो।


1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here