प्याजका बिभीन्न जात र विशेषताहरु

0
152

प्याजका प्रमुख जातहरु 

परिवार(Family) :  एल्लीएसेया (Alliaceae)
वानस्पतिक नाम (Botanical Name): एल्लिएम सेपा (Allium cepa)
उत्पत्ति स्थान (Origin): भूमध्यसागरीय क्षेत्र (Mediterranean Region)

परिचय

प्याजको बीउ उत्पादन उपोष्ण, शीतोष्ण र सम–शीतोष्ण क्षेत्रहरुको जलवायुमा सम्भव हुन्छ । यसलाई शुरुको बृद्धि विकास र डुकुको बृद्धि विकास हुनलाई चिसो मौसम जरुरी पर्दछ । प्रचलित प्याजको गानो सामान्यतया दुई वर्षे विरुवा हो तर पनि यसलाई एकवर्षे बालीको रुपमा खेती गरिन्छ । पहिलो वर्षमा प्याजको गानो बन्दछ भने दोश्रो वर्षमा बीउ लाग्दछ ।
सन्तुलित रुपले बढी तापक्रम र सुख्खा वातावरणले गानो परिपक्व गराउन र दोश्रो वर्षमा बीउ उत्पादन गराउन मद्दत गर्छ । करीब २१.१º से. तापक्रम वानस्पतिक बृद्धि गराउन उपयुक्त हुन्छ तर करीब १२.८º से तापक्रम डुकु बन्नको लागि लाभदायक मानिन्छ ।
प्याजको त्यान्द्रोयुक्त जरा प्रणाली (Fibrous Root System) १ मीटर गहिराइसम्म फैलिन्छन् तर धेरैजसो यस्ता जराहरु ०.५ मीटरसम्म मात्रै सिमित हुन्छन् । एउटा प्याजको गानोबाट जात, माउ गानो तथा लगाउने समय अनुसार १ देखि २० वटासम्म डुकु आउँछ । प्रत्येक डुकुमा फुलको गोलो थुङ्गा बन्दछ । गोलो थुङ्गामा मसिना फुलको संख्या ५० देखि २०० भन्दा बढीसम्म पाईन्छ । यिनै मसिना फुलबाट बीउ बन्दछ । फुलको रङ्ग प्रायः सेतो हुन्छ । मसिनो फुलमा भाले–पोथी भाग एकै ठाउँमा भएपनि भालेको परागकण पोथी वयस्क हुनु अगाडी नै वयस्क भएर झर्ने हुनाले परागसेचन क्रियाबाट मात्र बीउ बन्दछ । मसिना फुलहरु खुल्ने क्रिया प्रायः २ हप्ता वा बढी अवधिसम्म जारी रहन्छ तथा प्याजका बोटहरुमा फुल फुल्ने अवधि ३० दिनभन्दा बढीसम्म निरन्तर रहीरहन सक्छ । परागसेचन मौरी र झिङ्गाहरुबाट राम्ररी हुने गर्दछ ।

प्याजका जातहरु

प्रजातीय शुद्धताको आधारमा विकास गरिएका जातहरुमा हिउँदे (रबी) को लागि रातो रङ्गको गानो भएका – पुसा रेड, पुसा रत्नर, पुसा माधवी, पञ्जाब सेलेक्सन, नासिक रेड, ( एन २–४–१ ), अर्का प्रगति, अर्का निकेतन ( एन २५७–९–१ ), रेड क्रियोल आदि जातहरु प्रमुख हुन् ।
त्यसैगरी वर्षे बालीको लागि रातो रङ्गको गानो भएका – निझाड ५३ ( एन–५३ ), एग्रीफाउण्ड डार्क रेड, अर्का कल्याण, विस्वान्ट ७८०, एग्रिफाउण्ड रोज, अर्का प्रगति आदि जातहरु प्रमुख हुन् । तथा पछौटे वर्षे बालीको लागि नासिकरेड ( एन २–४–१ ) जातलाई सिफारिस गरिएके छ ।

प्याजका प्रमुख जात

(१) अर्का निकेतन

  • श्रोत : भारतीय बागवानी अनुसन्धान प्रतिष्ठान (IIHR) वैंगलोरमा विकसित जात ।
  • पुर्खौली/वशंवालीः IIHR १५३, महाराष्ट राज्यको डुवेराबाट संकलन गरि मास सेलेक्सन बाट विकसित जात ।
  •  बालीको अवधिः १४५—१६० दिन ।
  •  गानोको रङ : आकर्षक गुलाबी
  •  गानोको आकृतिः गोलाकार, भित्रि वोक्राहरुमा एउटै केन्द्र रहेको हल्का मांसलयूक्त बोक्राहरु ।
  •  गानोको आकार ४—६ से.मी. ब्यास भएको मध्यम
  •  गानोको तौलः १०० —१८० ग्राम
  •  उत्पादन : ३००— ३५० क्वीन्टल/हे.
  •  राम्रो भण्डारण गुण भएको

२. अर्का प्रगतिः

  • श्रोत : भारतीय बागवानी अनुसन्धान प्रतिष्ठान वैंगलोर
  •  पुर्खौली/वशंवालीः आई. आई एचं आर.—१४९(सेल—११) बाट मास सेलेक्सन गरि विकसित जात
  •  लगाउने समय : हिउंद र वर्षा
  •  बाली परिपक्व हुने : बेर्ना लगाएको १४० —१५० दिन ।
  •  गानोको रङ्घ : आकर्षक गुलाबी
  •  गानोको आकृतिः पातलो भेट्नु सहितको एक नासको आकारको गोलकार गानो
  •  उत्पादन : ३५० क्वीन्टल/हे

३. निफाड—५३ (एन—५३)

  • श्रोतः महात्मा फूले कृषि विद्यापिठ (MFKV) राहुरी, महाराष्ट्रमा विकास गरिएको जात ।
  • लगाउने समय : वर्षायाम
  • बाली परिपक्व हुने : ११० — १२० दिन ।
  •  गानोको आकार : मध्यम ।
  •  गानोको आकृतिः गोलाकार ।
  •  गानोको रङ्घ : गाडा रातो ।
  •  टि.एस.एसः ११ —१८५
  •  उत्पादन : २५० क्वीन्टल/हे.

४. पुसा रेडः

  •  श्रोतः भारतीय कृषि अनुसन्धान अनुसन्धान प्रतिष्ठान (IARI), नया दिल्लि ।
  •  पुर्खौली/वशंवालीः स्थानीय जातबाट छनौट
  •  बाली परिपक्व हुन लाग्ने दिन : १४० —१५० दिन
  •  गानोको रङ्घ : बैजनी रातो ।
  •  गानोको आकृति : मध्यम आकार, हल्का च्याप्टिएको गोल ।
  •  टि.एस.एसः १२ —१३५
  •  प्रति के.जी तौलमा गानौको संख्याः १३ —१५ वटा
  •  उत्पादन : २५०—३०० क्वीन्टल/हे.
  •  यो जातलाई छोटो देखि मध्यम दिन चाहिन्छ । यसको भण्डारण गुण राम्रो छ र डुकु कम आउने स्वभावको हुन्छ ।

५. पुसा माधवी

  •  श्रोतः भारतीय कृषि अनुसन्धान अनुसन्धान प्रतिष्ठान(IARI), नया दिल्लि
  •  पुर्खौली/वशंवालीः मुजाफ्फारनगर बाट संकलीत स्थानीय जातबाट छनौट गरिएको जात
  •  गानोको आकृतिः मध्यम देखि ठुलो ।
  •  गानोको रङ्घः रातो
  •  टि.एस.एसः ११ —१३५ र भण्डारण क्षमता राम्रो भएको ।
  •  बाली परिपक्व हुने : बेर्ना सारेकोे १४० —१४५ दिन ।
  •  उत्पादन : ३००— ३५० क्वीन्टल/हे.

६. ब्राउन स्पानीस

  •  श्रोतः भारतीय कृषि अनुसन्धान अनुसन्धान प्रतिष्ठान(IARI) , क्षेत्रीय केन्द्र कटराईन, हिमान्चल प्रदेश, भारत।
  •  बजार योग्य गानो हुन लाग्ने दिन : बेर्ना लगाएको १६० —१८० दिन ।
  •  गानोको रङ्घ : हल्का खैरो बोक्राहरुमा आर्कषक रङ्घ ।
  •  गानोको आकृति : गोलो देखि अलिक लाम्चिएको ।
  •  गानोको तौलः ९०—१०० ग्राम
  •  उत्पादन : २८०—३०० क्वीन्टल/हे.

७. एग्रीफाउन्ड डार्क रेड

  •  श्रोत : राष्टिय बागवानी अनुसन्धान तथा विकास संस्था (NHRDF)
  •  पुर्खौली/वशंवाली : मास सेलेक्सन
  •  लगाउने समय : वर्षायाम
  •  परिपक्व हुन लाग्ने अवधिः बेर्ना लगाएको १२५—१२५
  •  गानोको रङ्घ : गाडा रातो ।
  •  गानोको आकार : मध्यम ठुलो ४—६ से.मी. ब्यास भएको ।
  •  उत्पादन : २५०—३०० क्वीन्टल /हे.

८. एग्रीफाउन्ड लाईट रेड

  • श्रोत : राष्टिय बागवानी अनुसन्धान तथा विकास संस्था (NHRDF)
  •  पुर्खौली/वशंवाली : मास सेलेक्सन
  •  लगाउने समय : हिंउद यामको लागि उपयूक्त भएता पनि पछौटे वर्षायाममा पनि लगाउन सकिने ।
  •  गानो परिपक्व हुने अवधिः १६५—१७० दिन ।
  •  गानोको रङ्घ : हल्का रातो ।
  •  उत्पादन : ३००—३२५ क्वीन्टल/हे.

९. एग्रीफाउन्ड रेड

  •  श्रोत : राष्टिय बागवानी अनुसन्धान तथा विकास संस्था
  •  गानो परिपक्व हुन लाग्ने अवधि : १००—११५ दिन ।
  •  लगाउने समयः हिउंद र वर्षा
  •  गानोको आकृति : च्याप्टो ।
  •  उत्पादन : १५०—२५० क्वीन्टल/हे.
  •  बाहिर निर्यात गर्नको लागि उपयूक्त

१०. रेड क्रियल

  •  यसको गानो चेप्टो गोलाकार हुन्छ
  •  गानोको रङ गाढा रातो र पिरो हुन्छ
  •  पातको रङ गाढा हरियो हुन्छ
  •  गानो तयार हुन १६० दिन अवधि लाग्दछ
  •  नासिक रेड र एन ५३ को तुलनामा डुकु ढिलो निस्कन्छ
  •  सरदर गानोको तौल ८०—१२० ग्राम हुन्छ ।
    नेपालमा यो निकै लोक प्रिय भएको जात हो ।

लेखक
बसन्त राज श्रेष्ठ
B.Sc. Ag

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here