प्याजको गानो तथा बीउ उत्पादन प्रविधि

प्याजको गानो तथा बीउ उत्पादन प्रविधि

प्याजको बीउ उत्पादनको लागि जग्गाको आवश्यकता
अघिल्लो वर्षहरुमा प्याजको खेती नगरेको जग्गामा बीउ उत्पादन गर्न आवश्यक छ ।

हावापानी
प्याज चिसो याममा हुने बाली भएतापनि विभिन्न प्रकारको हावापानीमा खेति गर्न सकिन्छ । यो लामो दिनको आवश्यक पर्ने बिरुवा हो । नेपालमा खेति गरीने लगभग सबै जातका प्याजहरु छोटो दिनको आवश्यक पर्ने जातहरु हुन । गानोको राम्रो विकास हुनलाई दिनको लम्वाई १४ घण्टा भन्दा बढी र कम तापक्रम जरुरी छ ।
गानो बन्नको लागि तापक्रम भन्दा प्रकास अवधि (Photoperiod) अझ महत्वपुर्ण हुन्छ तर बीउ लाग्नको लागि प्रकास अवधि भन्दा तापक्रम बढी महव रहन्छ । प्याज बालीले राम्रो उत्पादन दिनको लागि करिव ७०५ सापेक्षिक आर्दता र ८००—१००० मी.मी. औषत बर्षा भन्दा बढी हुनु हुंदैन । बिरुवाहरु कडा प्रकृतिको हुने हुनाले शुरुका अवस्थामा हिमाङ्क/थोरै चिसो तापक्रम (Freezing Temperature)  लाई पनि सहन सक्दछन । गनो बन्न भन्दा अघि वानस्पति वृद्वि हुंदा १३०—२३० से. तापक्रम र गानो बनिरहेको अवस्थामा २००—२५० से. तापक्रमको आवश्यकता पर्दछ । अतिनै कम तापक्रमले शुरुको अवस्थाहरुमा हंदा गानोको पुर्ण विकसित नहुंदै डुकु आउन थाल्दछ । तर तापक्रम एक्कासी बढ्न जांदा हिउंदमा बाली चांडै तयार भइ गानोहरु साना हुन्छन ।

माटो
प्याजलाई वलौटे दोमट देखि चिम्ट्याइलो माटो सम्मका खेति गर्न सकिन्छ ता पनि प्रचुर मात्रामा प्रांगारीक पदार्थ र पानी थाम्न सक्ने पाङ्घो दोमट गहिरो र बुरबुराउंदो माटो प्याज खेतको लागि अति उत्तम मानीन्छ । प्याज बालीले पानी जमेको सहन सक्दैन । अतः खलो परेको, सिमसिमे र गह्रौ माटो भएको ठाउंलाई प्याज खेति गर्न छनौट कदापि गर्न हुंदैन । बलौटे प्रकारको माटोलाई वारम्वार सिंचाईको जरुरी पर्दछ र बाली चांडै तयार हुन मद्वत गर्दछ । चिम्ट्याईलो माटोमा गानोको बिकास सिमित रहन्छ र बाली ढिलो तयार हुन्छ र गानोहरुको आकारलाई कुरुप गराई दिन्छ । प्याज बाली हल्का अम्लिय (Acidic Soil) र क्षारीयपन प्रति पनि सवेंदनशील हुन्छन । प्याज खेतिको लागि अति उपयूक्त माटोको पि.एच.को दायरा ५.८—८.० हो । क्षारीयर लवणयुक्त माटो प्याज खेतिको लागि बिलकुलै उपयुक्त हुंदैन ।

प्याज लगाउने समय 
प्याज बीउ उत्पादन दुई बर्षमा पुरा हुन्छ। पहिलो बर्ष गानो र दोश्रो बर्ष गानोबाट बीउ उत्पादन गरिन्छ ।

  •  हिउंदे बालीको लागि नर्सरी ब्याडमा असौज तेश्रो हप्ता देखि मार्गको दोश्रो हप्ता सम्म बीउ लगाउनु पर्दछ । बेर्नाको उमेर ८—१० हप्ता पुगेपछि मार्गको तेश्रो हप्ता देखि पौषको दोश्रो हप्ता भित्रै सार्ने काम गर्न पर्दछ ।
  •  बर्षायामको प्याज बालीको लागि नर्सरीमा बीउ जेष्ठ अषाढमा लागाईन्छ । यस याममा तेज घाम र बर्षाबाट बचाउनकालागि ढाक्ने उचित प्रवन्ध गर्न आवश्यक छ । बर्षायाममा प्याजको बेर्ना लगभग ६—७ हप्ता मै सार्न तयार हुन्छ ।

बीउको दर
एक हेक्टर जग्गामा बेर्ना रोप्नलाई लगभग ८०—१०० क्यारीहरु /ब्याडहरु(०.६×३मी) प्रयाप्त हुन्छ । जसको लागि ८—१० किलोग्राम बीउको आवश्यक पर्दछ । तथापि सिधै मूख्य खेतमा (नर्सरीमा बेर्ना तयार नपारी) बीउ लगाउंदा १० — २० किलो ग्राम एक हेक्टरको लागि आवश्यक पर्दछ।

नर्सरी व्याड तयार गरी बेर्ना उत्पादन बिधि
नर्सरीको लागि छनौट गरिएको जग्जा मलिलो, उचित पानीको निकास भएको, पारिलो र झारपात, रोगकीरा रहित हुनु पर्दछ । यसैले बलौटे दुमट माटो नर्सरीको लागि श्रेयस्कर मानिन्छ । पटक पटक जोतेर डल्ला फोरी झारपात निकाली जग्जा तयार गरिन्छ।

कीराहरु र रोगका जीवाणुहरुको प्रकोपलाई न्यूनिकरण गर्नको लागि तलका तरिकाहरु मध्य कुनै एक तरिका अपनाएर माटो उपचार गर्नु आवश्यक छ ।

  •  नर्सरी व्याडमा बीउ लगाउनुभन्दा करीब ३ हप्ता पहिले फर्माल्डेहाईड वा फर्मालिन ४० प्रतिशतको झोल ५० एम.एल प्रति १० लिटर पानीमा घोलिएको झोललाई प्रति बर्गमिटर नर्सरीलार्इ पुग्ने हिसाबले १५ से.मी गहिराईसम्म भिज्नेगरी धुवाएपछि नर्सरी व्याडलाई टारपाउलिन वा प्लाष्टिकको च्यादरले लगभग २ हप्तासम्म टम्म पारी छोप्ने । त्यसपछि टारपाउलिन वा प्लाष्टिकको च्यादर हटाएपछि माटोलाई ५ देखि ६ दिनसम्म खुल्ला छोड्ने । त्यसपछि नर्सरी व्याडमा बीउ लगाउने ।
  •  नर्सरी व्याडमा बीउ लगाउनु लगभग १५ देखि ३० दिन पहिल्यै नर्सरी व्याडलाई पानीले चिसो पारी टारपाउलिन वा प्लाष्टिक च्यादरले २ देखि ३ हप्तासम्म हावा नछिर्ने गरी टम्म पारेर छोपेर राख्ने समय पुगेपछि यसप्रकारले सौर्यकरणबाट उपचार गरीएको नर्सरी व्याडमा बीउ लगाउने ।
  •  बीउ नर्सरी व्याडमा लगाउनु अघि क्याप्टान, थिराम वा बेभिष्टिन ढुषिनासक बिषादि धुलो ३ ग्राम प्रति किलो बीउमा राखी उपचार गर्ने ।
  •  नर्सरी व्याडमा बीउ लगाउनु ८ देखि १० दिन पहिल्यै ढुषिनासक बिषादिको धुलोहरु जस्तै बेभिष्टिन वा क्याप्टान वा रिडोमिल वा कुनैपनि प्रकारको तापायुक्त ढुषिनासक ७.५ देखि १० ग्राम प्रति ५ लिटर पानीमा घोली प्रति वर्गमिटर नर्सरीको हिसाबले भिजाउने । भिजेको नर्सरी व्याडलाई लगभग एक हप्ता सम्म टारपाउलिन वा प्लाष्टिको च्यादरले राम्ररी टम्म पर्ने गरी छोपेर राख्ने । त्यसपछि समय पुगेपछि नर्सरी व्याडमा बीउ लगाउने ।
  •  प्रत्येक बर्ष नर्सरी स्थल बदली गरेर घुम्ति प्रणाली अपनाउने ।

हिंउदे बालीका लागि नर्सरी व्याडमा बेर्नाहरुलाई समथर क्यारीहरु अथवा व्याडहरुमा हुर्काउन सकिन्छ । तथापि खरीफ यामका बालीहरुका लागि नर्सरी व्याडलाई उठाएर क्यारीहरु तथा व्याडहरुमा बेर्नाहरु हुर्काउनु पर्दछ । बलौटे १५ से.मी माटो भएको स्थलमा नर्सरीका क्यारहरु अथवा व्याडहरुलाई नउठाईकन समथर व्याडहरुमा बेर्नाहरु हुर्काउन सकिन्छ ।

कृषि कार्यहरु नर्सरीका व्याडहरुमा सजिलै गर्नलाई, व्याडको चौडाई ९० से.मी भन्दा बढि हुनु हुदैन । व्याडको लम्बाई आवश्यकता र सुबिधा अनुसार कायम राख्नु पर्दछ । राम्ररी सढेको गोबरमल लगभग ३ किलो ग्राम प्रति बर्गमिटर र नाईटोजन, फोस्फोरस र पोटास (१५ः१५ः१५) रसायनीक मलको मिश्रण ०.५ किलोग्राम प्रति व्याडमा राखिन्छ र माथिल्लो सतहको माटोमा पूर्णरुपले मिसउनु पर्दछ । मल व्याडमा राखेर माटोसंग मिसाउने काम बीउ लगाउनुभन्दा लगभग १० दिन अगाडि नै गर्नु मनासिब छ ।

बीउहरुलाई लाईनहरु बनाई

  •  रबी बालीका लागि ४ देखि ५ से.मी को फरकमा
  • बर्षेयामको बालीको लागि ५ देखि ७ से.मी को फरकमा

बीउहरु लागाईसकेपछि बीउहरुलाई मसिनो छानिएको कम्पोष्टले छोप्नुु पर्दछ । त्यसपछि लगत्तै हजारीले हलुका सिंचाई गर्नु पर्दछ । अन्ततः व्याडहरुलाई प्रति सुकेको घाँस पराल वा उखुको सुकेको पातले छापो दिनु पर्दछ । यसो गर्दा चहिएको तापक्रम र चिस्यान कयम राख्न सकिन्छ । बीउबाट बर्नाहरु पुरै नउम्रदासम्म हजारीबाट पानी दिदै गर्नु पर्दछ । बीउ उम्रने क्रिया पुरा भएपछि तुरुन्तै छापो हटाई अग्लो धागोजस्तो बेर्ना उत्पादनबाट बचाउनु पर्दछ ।

प्याजको बीउको अंकुरण सबैभन्दा बढि २० देखि २७ डिग्री सेल्सियसको दायरामा हुन्छ । आवश्यक परेको बेला नर्सरी व्याडलाई बर्षा याममा भारी बर्षाबाट बचाउनु पर्दछ र आंशिक छायाँ दिएर भएपनि शिशु बेर्नाहरुलाई प्रत्यक्ष सूर्यको प्रकाशको तापबट बचाउनु पर्दछ ।
बेर्ना सड्ने रोगको कारणले खेतमा बेर्नाहरु मर्ने समस्या हटाउन तामायुक्त ढुषिनासक २५ देखि ३० ग्राम वा बेभिष्टिन १५ देखि २० ग्राम प्रति १० लिटर पानीमा राखी १० देखि १५ दिनको फरकमा २ पटक छर्न उपयुक्त र प्र्रभावकरी हुन्छ ।

ट्राईकोडर्मा भिरीडी (Trichoderma Viridae) ढुषिको प्रयोग १ देखि २.५ के.जी प्रति हेक्टरको दरले २५ गुणा बढि राम्ररी कुहिएको गोबरमल वा चिसो माटो प्रयोग गर्नाले जरा कुहिने रोग व्यवस्थापन गर्न सिफारीस गरीएको छ ।

मलखाद
मलखाद खाद्यतत्वहरुको आवश्यकता लगाउने जात, माटोको प्रकार र सिजनमा निर्भर गर्दछ । बिषेशत : बिरुवाहरुको शुरुका बद्धि अवस्थाहरुमा प्रशस्त नाईट्रोजनको आवश्यक छ ।

  • माटोमा नाईट्रोजनको मात्रा कम हुँदा गानो बन्ने प्रकृयामा तिब्रता आउदछ । तर बढि नाईट्रोजनको मात्राले गानो बन्ने प्रकृयामा ढिलाई हुन्छ। साथै गानोलाई रसदार बनाउछ र भण्डारण क्षमता पनि घट्दछ ।
  • फोस्फोरस बिरुवाको जीवन भरीनै आवश्यक पर्दछ । यसले गानो बन्ने प्रकृयालाई बढावा दिन्छ र यसको कमि भएमा गुणस्तरलाई नराम्रो प्रभाव पार्दछ ।
  • पोटासियम्ले गानोको टि.एस.एसको मात्रा बढाई गुणस्तरमा सुधार ल्याउदछ तथापि अपर्याप्त मात्रामा पोटासियमको प्रयोग गर्नाले गानो बन्ने प्रकृयामा अवरोध ल्याउदछ, गानोको गुणस्तर घट्दछ र बोक्राको मात्रामा मोटोेपन तुल्याई डुकु निस्कने तर्फ बिरुवाको पवृती बढाउदछ ।

यी माथिका उल्लेखित कारणहरुले कम उब्जाउ खेतमा प्याज खेती गर्नु व्यार्थै हो । खेत तयारी समयमा २० देखि २५ टन गोबरमल ५० किलो नाईट्रोजन, ६० किलो फोस्फोरस, ६० किलो पोटास खाद्यतत्वहरुको प्रति हेक्टर जग्गामा प्रयोग गर्नु पर्दछ ।

बेर्ना सारेको ३० देखि ३५ दिन पछि ५० किलो अतिरिक्त नाईट्रोजन खाद्यतत्वलाई खडा बालीमा प्रयोग गर्न लाभदायक छ । उपयुक्त खाद्यतत्व र गोबरमलको मात्रा दोश्रोबर्ष पुनः गानो लगाई बीउ उत्पादन गरीने बालीको लागि पनि प्रयोग गर्न जरुरी छ ।

गोडमेल र झारपात नियन्त्रण
गानोको राम्रो उत्पादन लिनलाई झारपातको नियन्त्रण गर्नु आवश्यक छ । प्याजको बेर्नाहरु नजिकै लागाईने र जराहरु गहिरो नजाने हँुदा संकटकालीन अवस्थामा एक पटक गोडाई संगसंगै झारनाशक बिषदिको प्रयोग गर्न सिफारीस गरीन्छ । त्यसकारणले हाते गोडाई भन्दा झारनासक बिषदिको प्रयोग झन बढि मितव्ययी छ । प्याज बालीमा बेर्ना सारेपछि ४० दिन सम्ममा अधिक झारपातले प्रतिष्पर्धा गर्ने संकटकालीन अवधि हो ।

नर्सरीको बेर्ना उत्पादनमा सिमित गराउने तत्व वा करणहरु मध्य झारपात एक प्रमुख हो । नर्सरी व्याडमा बीउ लगाएको ३ दिनपछि पेन्डिमेथालिन् २.५ लिटर प्रति हेक्टर र एकपटक हाते गोडाई गर्दा झारपातहरुको राम्रो नियन्त्रण भै बेर्नाहरु दरीला र मोटा हुन्छन् । त्यसैगरी नर्सरीमा बीउ लगाउनु पूर्व पेन्डिमेथालिन् १.० के.जी प्रति हेक्टर वा एलाक्लोर २.० के.जी प्रति हेक्टरका दरले माटोमा प्रयोग गर्दा झारपातहरुको राम्ररी रोकथाम भै स्वस्थ बेर्नाहरु उत्पादन गर्न सहायक सिद्ध हुन्छन् ।

प्याजको बेर्ना लगाएको ३ देखि ५ हप्तापछि झारनाशक बिषदि टेनोरान २ देखि ५ के.जी प्रति हेक्टरका दरले प्रयोग गर्दा झारपातको नियन्त्रण प्रभावकारी रुपले भएको पाईएको छ । बासालिन १ लिटर प्रति हेक्टरमा बेर्ना सार्ने बित्तिकै प्रयोग गर्दा पनि राम्रो नियन्त्रण हुन्छ । त्यस्तै स्टोम्प ३ देखि ३.५ लिटर प्रति हेक्टरका दरले बेर्ना सारेको तुरुन्तै पछि र प्रथम् सिंचाईसंग संगै प्रयोग गर्दा समेत झारपातको नियन्त्रणमा राम्रो नतिजा पाईएको छ ।

सिंचाई
प्याजका जराहरु माटोको माथिल्लो सतहको ३ देखि ५ से.मी गहिराईमा नै प्राय सिमित रहने गर्दछन् र कहिलेकाँहि १० से.मी भन्दा बढि गहिराईसम्म पुग्दछन ।

गानो बिकास भैरहेको अवस्थामा चिस्यान बढि वा कम भएमा हानिकारक हुन्छ । सिंचाई गर्ने उपयुक्त समय र मात्रा बालीको बिशेषता र बर्षको याममा निर्भर गर्दछ । बेर्ना सारेपछि पहिलो सिंचाई दिन अपरिहार्य छ । त्यसपछि बेर्ना राम्ररी स्थापित नहुन्जेल आवश्यकता अनुसार सिंचाई गर्नु पर्दछ । त्यसपछिका सिंचाईका आवश्यकताहरु मटोको प्रकार, बालीको अवस्था र लगाउने सिजन ईत्यादिमा निर्भर गर्दछ र बालीको वृद्धिको शुरुका अवधिमा सापेक्षित रुपले कम आवश्यकता पर्दछ ।

गाने निर्माण शुरुवात र यसको बिस्तार दुई संकटकालिन अवस्थाहरुमा सिंचाई गर्नु अतिनै जरुरी छ । लामो अवधि सम्मको सुख्खा यामपछि अत्याधिक बर्ष वा सिंचाई बालीले प्राप्त गरेमा गानोहरु छुटिने क्रियातिर अग्रसर गराउँदछ । अतः लामो अवधिसम्म खेत सुख्खा राख्नु हुँदैन । गानोको उचित बिकस र बढि उत्पादनको लागि एकै पटक भारी सिंचाई गर्नु भन्दा हल्का पटक पटक सिंचाई गर्नु राम्रो हुन्छ । गानो परिपक्क हुन थाल्ने बेलामा सिंचाई गर्नाले बलीको अवधि बढ्ने र गानोको गुणस्तर समेत घट्ने गर्दछ । हिंउदे बालीको गानो खन्ने समयभन्दा लगभग १५ देखि २० दिन अघिनै सिंचाई दिने काम रोक्नु पर्दछ र बर्षे यामको गानो निकल्नु करीब १० दिन अघि मात्रै सिंचाई गर्ने काम रोक्नु पर्दछ ।

जग्गाको तयारी
प्याज लगाउने जमिनमा राम्रोसंग खनजोत गरी तयारी गरी पानीकोे निकासको पनि राम्रो संग व्यस्था गर्नु पर्दछ । बेर्ना सार्ने जग्गाको उचित तयारीका लागि राम्रो खनजोत र झारपात सड्न सुनिश्चित गर्नलाई जोताई केहि दिन अगाडि नै गर्नु पर्दछ । डल्लाहरु नभएको माटोले बिरुवाहरु बढ्ने माध्यम् प्रदान गरी जराहरुको र शुक्ष्म जीवाणुहरुको बृद्धि र बिकाशमा मदत पुर्याउदछ । माटोको खाम्रो खनजोतका लागि कम्तिमा ३ देखि ४ पटक जोताई गर्नुृ आवश्यक छ । खेतलाई बिभाजन गरेर सुबिधजनक आकारमा बेडहरु बनाउनु पर्दछ । प्राथमिकता अनुरुप व्याडको सामान्य चौडाई लगभग १.८ मिटर र लम्बाई व्याडको समथर अनुसारसिंचाई र निकाशलाई सजिलो हुनेगरी राख्न सकिन्छ ।

बेर्ना सार्ने
बर्षा याममा सार्ने बेर्नाहरुको उमेर ६ देखि ७ हप्ताुग्नु पर्दछ र हिंउदयाममा सार्नलाई ८ देखि ९ हप्ताको हुनु पर्दछ ।
बेर्ना लगाउने दुरी जातको प्रकारमा धेरै हदसम्म निर्भर गर्दछ ।

  •  ठूलो गानो लाग्ने जातहरु २०×१२ से.मी
  •  मध्यम गानो लाग्ने जात १५×१० से.मी
  •  सानो गानो लग्ने जात ८×५ से.मी

प्याजको गानो खन्ने र सुकाउने
प्याजको गानो खन्नको लागि लगभग दुई तिहाई बिरुवाको पातहरु सुकेर ढल्न थालेको अवस्थामा गर्नु राम्रो हुन्छ । प्याजको गानो खनीसकेपछि स्थानान्तरण आदि क्रियाहरुमा यथासम्भव उचित सबवधानी राख्नु पर्दछ ताकि प्षजको गानोलाई कुनै प्रकारले क्षति नपुगोस । यस अवस्थामा असावधानी भयो भने प्याजको गानोको भण्डारणमा गहिरो असर पर्दछ । अतिरिक्त पातहरुलाई काटेर प्याजको गानो हरुलाई छायाँमा सुकाउनु पर्दछ ।
भण्डारण गर्नु पूर्व प्याजको गानाको छटाई र सफाई गरी सुकाउनु पर्छ । गानोलाई सुकाउने अवधि वातावरणको आद्रतामा निर्भर गर्दछ । भण्डारणमा गानो राख्नु पूर्व पुनः चाउरीएको, कटिएको तथा चोटपटक लागेको र सडेको गानालाई हटउनु पर्दछ ।
बीउ उत्पादन गर्ने उद्येश्ले भण्डारण गरीएको गानालाइृ लगभग ३ महिनासम्म भण्डारणमै राखिन्छ । धेरैजसो प्याजको लागि बनाइपर््एको सिड भण्डारमै राख्नु पर्दछ तर आलु तथा अन्य बालीको लागि बनाईएको शीत भण्डार फरक फरक हुन्छ । प्याजको लागि बनाईएको शीत भण्डारको तापक्रम ० देखि २ डिग्री सेल्सियस र सापेक्षित आद्रता ६० देखि ७० प्रतिशत कायम् राखिन्छ ।

गानो लगाउने
प्याजको गानोलाई मूख्य जमिनमा लगाउनु भन्दा २ देखि ३ हप्ता अघि निकाल्ने गरीन्छ । अथवा शित भण्डारको तापक्रम बढाएर १० डिग्री सेल्सियस कायम गरिन्छ । यो तापक्रममा प्याजको गानो फुट्ने क्रिया सामान्य हुन्छ । बीउको लागि लागाईने गानोलाइृ अश्विनको पहिलो हप्ता देखि कार्तिकको दोश्रो हप्तासम्म लगाउनु उपयुक्त हुन्छ । गानो रोपाई भन्दा अगाडि जग्गाको तयारी र मलखादको आवश्यक मात्रा गानो उत्पादनको लागि लगाईएको बालीलाई जस्तै हो ।
गानोलाइृ जमिनमा लगाउनु अघि छनौट गर्नु पदपर््छ । पहिलेनै टुसा निस्केको गानोलाई हटाईदिनु पर्दछ । आर्थिक सुबिधाको दृष्टिले ४३ ग्राम भन्दा बढि तौल भएको र ४.५ से.मी भन्दा बढि व्यास भएको गानो बीउ उत्पादनको लागि लगाउनु राम्रो हुन्छ । तथापि २.५ देखि ३.५ से.मी व्यास भएको गानो लगाउनाले बिरुवा ठूलो हुने र बीउको उत्पादन पनि बढि हुन्छ ।
सधारणतया २.५ देखि ३.० से.मी व्यासको गानो लगाउदा लगभग एक हेक्टरको लागि १५ क्वीन्टल गनोकोआवश्यकता पर्दछ । तर यदि औषत गानोको व्यास १ से.मी मात्रै बढि भएमा (३.५ देखि ४.० से.मी) प्रति हेक्टर ४० देखि ५० क्वीन्टल गानोको आवश्यकता पर्दछ । बीउ उत्पादनको लागि गानोको रोपाई समतल व्याडहरुमा लगभग ४५×३० से.मी से.मी दुरीमा सार्ने चलन छ । गानोलाई करीब ६ देखि ७ से.मी गहिराईमा लगाईन्छ । रापाई सकिसकेपछि हलुका सिंचाई गर्नु जरुरी छ ।

बीउ उत्पादन बिधि
प्याजको बीउ उत्पादन दुई बिभिन्न बिधिबाट गरीन्छ । यी मध्य
१. बीउबाट गानो र गानोबाट बीउ बिधि र
२. बीउबाट बीउ बिधि ।

१. गानोबाट बीउ बिधि (Bulb to seed method)
यो बिधिमा स्वस्थ रोग नलागेको २.५ देखि ३.५ व्यास भएको गानोहरुलाई छनिन्छ । गानो हरु जातीय शुद्धता अनुसारकोहुनु पर्दछ । गानो लागाउने कार्य असोजको दोश्रो पक्षदेखि कार्तिकको पहिलो पक्षसम्ममा पुरा गर्नु आवश्यकछ । राम्ररी तयार पारीएको जग्गामा दुई हारको बीच ४५ से.मी र दुई गानोको बीचमा ३० से.मी को दुरी रहने गरी लागाउनु पर्छ । मलखादको प्रयोग माथि मलखाद शिर्षकमा उल्लेद भए बमोजिम गर्नु पर्दछ । अन्य सबै कृषि कार्यहरु र बाली संरक्षणका उपाएहरु प्याज बालीको लागि सिफारीस भए बमोजिमले गर्नु पर्दछ । पूर्णरुपले परिपक्क भएको शीर्षहरुलाई काटेर थन्काउनु पर्दछ । उच्च गुणस्तरको बीउ उत्पादन गर्नलाई यो बिधि सिफारीस गरीन्छ ।

२. बीउबाट बीउ बिधि (seed to seed method)
बीउबाट बीउ बिधिको प्रयोग बहुत कम हुन्छ । प्याजको कुनै कुनै जातहरुको गानोहरुलाई बीउ उत्पादनको लागि सुरक्षित राख्न कठिन पर्दछ । यी जातहरुको लागि बिषेश परिस्थितिमा बीउबाट बीउ उत्पादनको बिधि रबी बालीको बीउलाई साउनको दोश्रोपक्ष देखि भाद्रको दोश्रो पक्ष सम्ममा लगाई सक्नु पर्दछ । दीर्घ प्रकाश चाहिने जातहरुको लागि यो काम क्रमशः भदौको दोश्रो पक्षदेखि असोजको दोश्रो पक्ष सम्म लागाई सक्नु पर्दछ । यस प्रकारको अगौटे समयमा लगाउनाले प्याजको बिरुवाहरुमा प्रायः एकै बर्षमा फूल फूल्ने सम्भावना बढ्छ । उच्च गुणस्तरको बीउ (मूलबीउ र प्रजनन् बीउ) को लागि यो बीउलाई सिफारीस गरीदैन ।
बेर्नाको उमेर ६ देखि ८ हप्ता पुगेपछि राम्ररी तयार पारीएको जमिनमा दुई हारको बीचको फरक ३० से.मी र दुई बोट बीचको फरक १० से.मी राखेर लगाईन्छ । बेर्नालाई दुई देखि तीन से.मीको गहीराईमा पर्ने गरी लगाउनु पर्दछ । बेर्ना सारेपछि हलुका सिंचाई दिनु पर्दछ ताकि बेर्नाहरु राम्ररी स्थापित हुन सकुन । आवश्यक परेको बेला सिंचाई गरीराख्नु पर्र्दछ । सम्पूर्ण बाली संरक्षणका उपायहरु अपनाउनु जरुरी छ । पूरा परिपक्क भै सकेको शिर्षहरुलाई काटेर थन्काउनु पर्दछ ।

अवान्छनीय बोटहरु निकल्ने र बीउको पृथकीकरण
गानोको अनेकौ गुणहरुको आधारमा अवान्छनीय बोटहरुलाई छनौट गरेर निकाल्ने काम बिषेश मअत्व हुन्छ । यसको अतिरिक्त जाती बिषेशको गुणहरुको आधारमा अवान्छनीय बोटहरुको फूल आउनु पूर्व छानेर निकालिन्छ । प्याजमा मुख्यतयाः माहुरीहरुबाट परपरागसेचन हुन्छ । अतः बीउ उत्पादनको लागि प्याजको बिभिन्न जातहरु बीचको दुरीमा उचीत पृथकीकरणको आवश्यक छ । प्रमाणित बीउ उत्पादनको लागि कमसेकम ८०० मीटरको दुरी र यो दुरी मूल बीउ उत्पादनको लागि अझबढि हुनुपर्दछ । ढिलो तयार हुने जातहरुको गानेहरुलाई गानो थन्काउनु अघिनै हटाउनु पर्दछ । सबै प्रकारका बेजातीय गुणहरु जस्तै मोटो मेट्नो, दह्रो भेट्नो र सामान्य साईजभन्दा अति ठूलो र सानो गानो हरु लाई हटाउनु पर्दछ । उच्च गुणस्तरको बीउ उत्पादन गर्नलाई सबै प्रकारका बेजातहरु र रोग किरा लागेका बोट हरुलाई दुईपटक छाटेर हटाईन्छ ।

बाली काट्ने र बीउ निकाल्ने
बीउ पाकेपछि बीउकापे खोलमा कालो कालो बीउ देखा पर्दछ । यस अवस्था अधिकतम् बीउ पाकेको र यीनको उचित अंकुरण हुने संकेत हो । वास्तवमा प्याजको आधा पाकेको बीउहरुको आवरण पनि काले नै हुन्छ । अतः यसको काले रंगले बली पकेको हो कि जस्तो भ्रभ हुन सक्दछ । बलीमा पाकेको बीउहरुको शिर्षलाई उचित समयमा दुई पटकमा काटेर थन्काउनु पर्दछ । पाकेको बीउको आवरणलाई सजिलैसंग हातले टुक्राउनु सकिन्छ । बीउ चुट्नु पहिले यसलाई त्रिपलमाथि फैलाएर बीउलाई सुकाउनु पर्दछ । जवसम्म बीउ पूर्णतयाः सुक्दैन, बीउलाई थुप्रो पारेर राख्नु हुदैन । समान रुपले बीउ सुकाउनको लागि त्रिपल माथि फैलिएको बीउलाई चलाईरख्नु पर्दछ । तलको सतहमा पर्ने बीउलाई ढुषि लाग्ने वा गर्मीले क्षतीग्रष्त हुने भय रहन्छ । पूर्णतयाः सुकेको बीउको आवरणलाई हातमा राखेर मिच्दा बीउ सजिलैसंग अलग हुन्छ । बीउ अलग गर्नलाई सुकेको बीउको आवरणलाई थुप्रो पारेर लट्ठीले चुटिन्छ । त्यसपछि भुषलाई बीउबाट अलग गर्नको लागि यसलाई पानीले भरीएको बाटामा राखिन्छ । केबल स्वस्थ र भारी बीउ पानीमा डुब्दछ । यस बिधिमा बीउलाई छिटो भन्दा छिटो पानीबाट निकल्नु पर्दछ ताकि बीउले कम भन्दा कम पानी शोषण गरोस् । चिसो बीउलाई छिटोभन्दा छिटो सुकाउनकालागि प्लाष्टिक तथा त्रिपलमा फैलाएर सुकाउनु पर्दछ अन्यथा बीउ अंकुरण क्षमतामा कमी आउन सक्दछ । बीउ पूर्णतया सुकेपछि थैलामा भरेर राख्नु पर्दछ ।

लेखक
बसन्त राज श्रेष्ठ
B.Sc. Ag

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X