बेमौसमी काउली खेती

परिचय: परम्परागत रुपमा हिंउदमा चीसो हावापानीमा खेती हुने वाली काउली केही गर्मी सहन सक्ने जातहरुको विकास गरिएपछि हाम्रो देशको मध्यपहाडी क्षेत्रमा गर्मी याममा पनि खेती गर्न सकिन्छ। त्यस्तै लेकाली क्षेत्र जहाँ वर्षयाममा पनि खासै गर्मी हुदैंन त्यस क्षेत्रमा पनि वर्षायाममा काउली खेतीको विस्तार भएको छ। त्यसैले मध्य तथा उच्च पहाडी क्षेत्रमा गर्मी समयमा अर्थात जेठ देखि कात्तिकसम्म उत्पादन गरिने वालीलाई वैमौसमी काउली खेती भनिन्छ भने कातिक पछि जेठसम्म उत्पादन हुने काउली मौसमि काउली हो।

माटो: काउली खेती गर्न मल भएको मलिलो दोमट किसिमको माटो राम्रो मानिन्छ । पानीको निकास राम्रो सँग हुने र पानी राम्रो सँग अड्याउन सक्ने किसिमको माटो काउली खेतीका लागि राम्रो हुन्छ । धेरै चिसो र हिलो जग्गामा यस्को खेती राम्रो हुँदैन।माटोको अम्लीयपना भने ५ .५  सम्म हुनु पर्दछ । यदि हलुका बलौटे किसिमको माटोमा यसको खेती गर्ने हो भने प्रशस्त मात्रामा कम्पोष्ट वा गोबर मलको प्रयोग गर्नु पर्दछ ।

नर्सरी ब्याड: व्याड राख्ने जग्गालाई कम्तीमा ३-४ पटक सम्म खनजोत गरी राम्रो जग्गा, खुकुलो, मल भएको, पानी नजम्ने, घाम लाग्ने, दोमट खालको माटो छानी माटोको उपचार फर्मालीन, मालाथियन, बेभिष्टिन जस्ता औषधिले गरी व्याडको तयारी गर्नु पर्दछ । व्याडको चौडाई १ मीटर र व्याडको उचाई १५ से.मी. उठेको बनाउनु पर्दछ । लम्बाई भने आफ्नो आवश्यकता अनुसार बनाउन सकिन्छ । दुइटा व्याडको बीचमा ३० –४० सेमी चौडा कुलेसो बनाउनु पर्दछ । उपचार भएको बीउलाई तयार पारिएको नर्सरी व्याडमा सानो छेस्काले वा चुच्चो कुट्टोले १० से.मी.को फरकमा २–३ से.मी. गहिरा धर्साहरू कोरी हरेक धर्सामा एकनाससंग बीउ पर्ने गरी खसाल्नु पर्दछ । बीउलाई पातलो गरी खसाल्न ४-५ भाग सुख्खा माटो, बालुवा वा धुलो कम्पोष्ट मल मिसाएर छर्न सकिन्छ । बीउ छरी सके पछि फुको माटोले छोपी हल्का सिंचाई दिनु पर्दछ । हाल बेर्ना उर्मानको लागि प्लाष्टिक ट्रे र कोकोपिट पनि बजारमा उपलब्ध छन् यसको प्रयोगले काम सजिलो हुनका साथै छिटो पनि हुने  गर्दछ।

बीउ दरः १ रोपनी जग्गाको लागि हाइब्रीड जातको १० ग्राम वीउको आवश्यकता पर्छ। ज्यापू, काठमाण्डौ लोकल जस्ता जातहरुको लागि २५–३० ग्राम वीउको आवश्यकता पर्दछ। लगाउने समय– मध्ये पहाडमा बेमौसमी काउली उत्पादन गर्न चैत देखि साउन सम्म बेर्ना राख्नुपर्छ र २०–२५ दिनको विरुवा सार्नु पर्दछ। साउन पछि बेर्ना राखिने काउली मौसमि काउली हो।

बेर्नाको हेरचाह: मौसम अनुसार तुषारो, चर्को घाम र बर्षाबाट कलिला विरुवाहरूलाई बचाउन प्लाष्टिकको टनेल अथवा परालको छानो बनाउन राम्रो हुन्छ ।प्लाष्टिकको टनेल प्रयोग गर्दा दिउसो हटाउने र राती छोप्ने काम गर्नु पर्दछ। २-३ दिन विरायर हजारिबाट एकनाससँग बिहान वा बेलुका पानी चार्ने र १ हप्ताकाे फरकमा १ भाग मुत्र वा गितिमलमा ८-१० भाग पानी मिसाएर छर्नुपर्दछ। समय समयमा झारपात हटाउनु पर्दछ। रोग कीरा लागेको छ छैन हेरी रहनु पर्दछ। बेर्नाहरूलाई दोस्रो व्याडमा सारेर बेर्ना जर्खराउने कार्य गर्नु राम्रो हुन्छ।

जमीनको तयारी: काउली लगाउने जमीन २-३ पटक खनजोत गरि डल्ला फुटाउने, ढुङ्गा, झारपातहरु र बाली नालीका अवशेषहरु हटाउने । काउली खेती गर्ने जग्गामा पानी निकासाको व्यवस्था धेरै राम्रो बनाउनु पर्दछ । धेरै चिसो र हिलो जग्गामा यसको खेती राम्रो हुदैनँ । माटोलाई ३-४ पटक राम्रो संग खनी माटो बुरबुराउदो बनाउनु पर्दछ । पानीको निकासको लागि जमीन समथर छैन भने जमीन समथर बनाउनु पर्दछ ।

मलखाद: बिरुवा रोप्न को लागि २० सेमी (१ बित्ता) भन्दा गहिरो खाडलहरु बनाई प्रत्येक खाडलमा २-३ किलो राम्ररी पाकेको गाेठे मल, १५ ग्राम डिएपी (कालोमल), १० ग्राम पोटास वा १ मुठी खरानी राख्ने । बोरेक्स १ किलो प्रतिरोपनी का दरले जमीन तयार गर्दा माटोमा मिसाउनु उपयुक्त हुन्छ ।

बेर्ना सार्ने तरिका: बेर्ना सार्नु १ हप्ता पहिले देखि सिचाई नगरिकन बेर्नालाई खुला वतावरणमा बानी पार्नु पर्दछ । यसको लागि २-३ दिन सम्म पानी परेको बेला बाहेक अरु बेला प्लाष्टिक हटाइदिनु पर्दछ । तर रातीको समयमा छाप्नुपर्दछ । त्यसपछि सधैंको लागि प्लाष्टिक हटाइदिनु पर्दछ । ब्याडमा बेर्ना तयार भएपछि बेर्ना उखेल्नु १-२ घन्टा अघि पानीले भिजाउनु पर्छ र जरा नटुट्ने गरी खुर्पीले माटो समेत निकाल्नु पर्छ । र मल राखिएको खाडलमा ब्याडमा बेर्नाको जति भाग माटोमा छ त्यति नै भाग मात्र माटोमुनि पर्नेगरि रोप्ने र सिंचाई गर्ने ।

 जात                                                   राेप्ने दुरि(से.मि.) 

अगौटे जात (अर्लि भेराईटि)                         ४५*४५

मध्य मौसमी जात                                        ४५*६०

पछौटे जात                                                   ६०*६०

बेर्ना सारेको १-२ दिनमै नुभान १ एम एल र बेभिष्टिन १ ग्राम प्रतिलीटर पानीमा मिसाई बेर्नामा र वरीपरी फेदमा समेत पर्नेगरी छर्ने।

सिंचाइः काउलीलाई सिंचाई गर्दा धेरै कुरामा विचार पुराउनु पर्दछ । रोप्ने वित्तीकै सुख्खा छ भने हल्का पानी दिनु पर्दछ । गर्मी समयमा ७ दिन देखि १० दिनको फरकमा पानी दिनु पर्दछ । बर्षाको समयमा भने सिंचाईको सट्टामा पानीको ड्याभ कुलेसोमा पानी नजम्ने गरी केहि भिरालो बनाई दिनु पर्दछ ।

पुन मलखाद: बिरुवा सारेको २०-२५ दिनपछि ५-५ ग्राम (१/१ चिम्टी) यूरिया, र पोटास वा १ मुठि खरानी प्रतिबोट पर्नेगरि फेदबाट ५ सेमि टाढा ५ सेमि गहिरो गरी राखि छोपिदिने र फुल बन्न लागेपछि प्रतिबोट ५ ग्राम यूरीया बोट वरिपरि छरेर माटोमा मिलाउने र सिचाई गर्ने । युरियाको बदलामा १भाग मुत्र वा गितीमलमा ३-४ भाग पानी मिसाइ १५– २० दिनमा प्रयोग गर्न सकिन्छ ।आवश्यकता अनुसार सिंचाइ र गोडमेल गर्ने ।

बाली कटाई: काउलि कसिलो र राम्रो आकार देखियपछी कटाई गर्नुपर्दछ।काउलिलाइ ढाकेकाे भित्र पट्टिका पातहरु हटाउनु हुँदैन र त्यसभन्दा तल एक तह पातहरु पनि हटाउनु हुँदैन ।तिनका टुप्पोमात्र काट्ने र बाकी सबै तहका पातहरु हटाउनुपर्छ ।सम्भव भयसम्म काउली बेलुका मात्र काट्नुपर्छ र छहारिमा राख्नुपर्छ।

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X