वेमौसमी प्याज खेति प्रविधि

0
637

वेमौसमी प्याज खेति प्रविधि

परिचय

प्याज हाम्रो घरको भान्सामा पाइने तरकारी वाली हो । जसलाई हामीले मसला र सलादको रुपमा प्रयोग गर्न सक्छौँ । प्याजलाई हामीले स्वादको लागि मात्र नभएर भिटामिन बी, फोलिक एसिड, क्यालिसिएम, प्रोटीनका साथै एन्टी अक्सिडेन्टको रुपमा पनि प्रयोग गर्न सक्छौँ । यसमा पाइने एलिलप्रोपाएल डाईसल्फेटले स्वाद दिन्छ भने एन्थोसाइनिनले रातो रङ दिन्छ । यो संशोधित डाँठ हो जसलाई बल्ब (गाना) भनिन्छ।

विश्वमा हेर्ने हो भने अधिकतम प्याज उत्पादन हुने देश चीन रहेको छ र त्यसपछि भारत रहेको छ । नेपालमा आर्थिक वर्ष २०६४/६५ मा सरकारद्वारा रु ११५ लाख खर्च गरेर पाँच वर्षको योजना सुरु गरिएको थियो जसमा १८००० हेक्टरमा प्याज लगाएर २६१६३४ टन उत्पादन लिने उदेश्यले दशवटा जिल्ला सिराहा, सप्तरी, सरलही, बारा, रुपेन्दही, धनुसा, दाङ, पर्सा, बाँके र बर्दियामा सञ्चालन गरिएको थियो र फल स्वरुप जम्मा २२५९३ टन मात्र उत्पादन भएको थियो । कालीमाटी फलफुल तथा तरकारी बजार विकाश समिति अनुसार २०६८ मा नेपालले इन्डियाबाट (९३९,२६५ मेट्रिक टनं) भित्र्याएको थियो । त्यसैगरी तरकारी विकास केन्द्र अनुसार २०६९ मा २०६९३ हेक्टर क्षेत्रफलमा २८६४६७ मेट्रिक टन उत्पादन भएको थियो । यस अनुसार नेपालको उत्पादन क्षेमता १३.९१ मेट्रिक टन/हेक्टर ) रहेको छ, जुन विश्वको (१९.८९ मेट्रिक टन /हेक्टर) तुलनामा निकै न कम रहेको छ । यसरी नेपालमा प्याजको भण्डारणमा समस्या भएकाले किसानहरुले उत्पादन गरेको प्याज सस्तोमा आयत भएको महङ्गो तिरेर किन्न बाध्य भएका छन् जसले गर्दा किसानको आर्थिक अवस्थालाई कमजोर बनाएको छ । नेपालमा प्राय असोज/कार्तिकमा प्याज लगाएर चैत वैशाखमा उत्पादन गरिन्छ। यस समयमा उत्पादन अत्याधिक हुनाले किसानले प्याजको उचित मुल्य नपाउँदा र भण्डारणमा ३७.९% दरले नोक्सानी हुदा किसानहरु निकै मारमा परेका छन् । त्यसैले यहाँको भौगोलिक विविधताको प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ जसले गर्दा नेपालमा दशैँ, तिहारको समयमा प्याजको पात र गाना दुबैलाई बजारमा पु¥याएर राम्रो आमदानी लिन सकिन्छ ।

हावापानी

प्याजको खेती घाम लाग्ने पारिलो ठाउँमा गर्नुपर्छ । यसको बोट विकासको लागि २१ डि.से. र छोटो फोटोपिरियड आवश्यक हुन्छ भने गानाको विकासको लागि १५–३५ डि.से. र लामो फोटोपिरियड आवश्यक हुन्छ ।

माटो

प्याज खेतीको लागि पानीको राम्रो निकास भएको, हलुका दोमट मलिलो माटो आवश्यक हुन्छ। माटोको पी. एच मान ६.० देखि ६.८ सम्म हुनुपर्छ ।

खेति गर्ने तरिका

सामान्यतय प्याजको तीन तरिकाले खेति गरिन्छ ।

१) सोझै पातलो बीउ छरेर

२) बेर्ना उमार्ने तथा उचित दुरीमा बेर्ना सारेर

३) पहिले प्याजका साना दानाको सेट तयार गरी उक्त सेटबाट प्याजको खेती गर्ने।

र यसरी वेमौसमी प्याज खेति प्याज सेटबाट गर्न सकिन्छ । प्याज सेट भन्नाले प्याजबाट स–साना प्याजहरु उम्रनुलाई बुझिन्छ र यी स–साना प्याजलाई रोपेर प्याज खेति गर्न सकिन्छ, प्याज सेट प्रविधिले धेरै उत्पादन दिने र तुसारो पनि सहन सक्ने भएकाले वेमौसमी प्याज खेति सम्भव भएकोले प्याज सेट प्रविधि बुझ्न अतिनै आवश्यक रहेको छ ।

बीउ र सेट लगाउने समय

वेमौसमी प्याज खेतिको लागि असोज– कार्तिकमा बिउ राखिन्छ र चैत–वैशाख तिर बुढी औँला (१.५–२ से.मी ) आकारको सेट भएपछि उखेलेर जेठ–असारमा मुख्य जग्गामा लगाइन्छ ।

उपयुक्त जातहरु

हाल नेपालमा प्रचलित जातहरु मध्ये वेमौसममा गाना उत्पादनको लागि एग्री फाउण्ड डार्क रेड  हरियो साग र गाना उत्पादन गर्नको लागि प्रसिद्ध छ । नासिक रेड र एन ५३ छोटो अवधिमा तयार हुने जात हो ।

सेट उत्पादन

वेमौसमी प्याज बिउबाट उत्पादन गर्न निकै कठिन हुन्छ त्यसैले नर्सरी तयार गरेर सेट उत्पादन गर्ने काम गरिन्छ । नर्सरी बनाउदा माटो र बिउ निर्मलीकरण गर्नु एकदमै आवश्यक हुन्छ । थिराम÷क्यापटनल २ ग्राम प्रती केजी बिउका दरले बीउ उपचार गर्नुपर्छ। तेसैगरी निर्मलीकरण गरेको व्याडलाई राम्रासँग खनजोत गरेर १ मिटर चौडाई र आवश्यकता अनुसारको (साधरणतय ३ मिटर) लम्बाई र १५–२२ से.मि. अग्लो डयाङ बनाउनु पर्दछ र दुई डयाङ बीचमा करिब ८ इन्च जतिको खाली ठाउँ राख्नुपर्छ। यसरी तयार गरिएको व्याडमा ५ से.मि. को फरकमा १.५ से.मि. गहिरो लाइन बनाएर प्रति वर्ग मिटर ४०–५० ग्रामको दरले बीउलाई लाइनमा खसाल्नुपर्छ । बुरबुराउदो खालको प्राङ्गारिक मल र माटो बराबर भाग मिलाई बीउलाई पुरिदिनुपर्छ । त्यसपछि माथिबाट परालले ढाकेर सिचाई गर्नुपर्छ । बिउ राखेको १४–१५ दिनमा माटोबाट बाहिर बेर्ना निस्कनछ त्यसपछि बेलुकाको समयमा सावधानीसँग पराललाई हटाउनुपर्दछ । पराल झिकेपछि त्यहाँ नोक्सानी हुन सक्छ । त्यसैले २ ग्राम रोगनाशक बिषादीलाई १ लिटर पानीमा हालेर माटो भिज्ने गरी २–३ हप्तामा सिँचाई गर्नुपर्छ । वेर्ना राखेको ३–४ हप्तापछि बिरुवा सर्लक एकदम राम्रो देखिन्छ । झारपातहरु बिरुवालाई नोक्सान गर्न सक्ने भएकाले बारम्बार गोडमेल गर्न जरुरी छ । माटोको चिस्यान दैनिक रुपमा हेर्दै जानुपर्छ । रोपेको केही समय पछि गाना बेर्ना परिपक्क, भएपछि साघुरो ठाउँले गर्दा स–साना गानाहरु निस्कन्छन् जसलाई प्याज सेट भनिन्छ।

मलखाद

प्याज खेति गर्नका लागि ३० टन प्रती हेक्टर कादरले कुहिएको गोठे वा कम्पोट मल राखी जग्गा तयारी सुरु गर्नु पर्दछ । नाइट्रोजन, फास्फोरस रा पोटाश मल १२०:१००:१०० प्रती हेक्टरको दरमा आवश्यक पर्दछ जसमध्य ६०:१००:१०० केजी प्रती हेक्टर जग्गा तयारीको अन्तिममा प्रयोग गर्नु पर्छ भने बाँकी ६० केजी नाइट्रोजन ३० दिन र ६० दिनपछि टपड्रेसिंग गर्नुपर्छ ।

वेमौसमी प्याजमा टुसा आउने समस्या बढी हुँदा दुइ ग्राम Malic hydrazide रोगनाशक विषादीलाई १ लिटर पानीमा हालेर प्याज खन्नु भन्दा १५ दिन अगाडी बारीमा छर्नुपर्दछ । वेमौसमी प्याजलाई बेलुकी समयमा खन्ने गरिन्छ ।

उत्पादन

सामान्यतया, प्याजको नेकफल भएपछि उत्पादन लिने गरिन्छ तर यो समयमा नेकफल हुने सम्भव नहुने भएकाले फूलहरू डाँठ आएपछि उत्पादन लिन सकिन्छ । हरियो प्याज सेट लगाएको ४०–५० दिनमा तयार हुन्छ र प्याज बल्ब सेट लगाएको ८०–९० दिनमा तयार हुन्छ। यसरी उत्पादन हुने प्याजको समय (असोज÷कार्तिक) दशैँ तिहार पर्ने भएकाले किसानले राम्रो मुल्य पाउन सक्छन् ।

भण्डारण

यस सिजनको गाना धेरै दिनसम्म भण्डारण गर्न सकिदैन । काटेको ठाउँबाट पलाउने हुनाले सक्भर छिटो बेचविखन गर्नुपर्छ।

निष्कर्षः

यसरी हामीले प्याज सेटबाट वेमौसमी प्याज खेति गर्न सक्छौँ । जसको उत्पादन दशैँ/तिहारको समयमा हुने उपभोक्ताको अत्याधिक मागलाई पुरा गर्ने क्रममा लामो समयसम्म पनि भण्डारण गर्न नपर्ने भएकाले किसानले राम्रो आमदानी लिन सक्छन्। यसरी वेमौसमी प्याज खेती गर्नाले नेपालको अरबौ पैसा विदेशमा खर्च हुनबाट कम गर्न सकिन्छ ।

 

You may like:

प्लाष्टिक मल्चिङ प्रविधि र यसका विशेषता

कुरिलो खेती प्रविधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here