गुच्छी च्याउ

0
364

गुच्छी च्याउ (Morchella)

गुच्छी च्याउ (Morel, Morchella deliciosa): 

यो शीतोष्ण जलवायको चौरमा पाइन्छ । यो च्याउ प्रायः घाँसेमैदानतिर हुने यसको संकलन हिउँले नपुर्दासम्म गर्न सकिन्छ । यो एक पौष्टिक पदार्थ हो, जसले मानव शरीरमा तत्काल लाभ पुयाउँछ, स्वास्थ्यमा गतिशीलता प्रदान गर्छ। समस्त रोगमा र रोग नभएकाले पनि खाँदा फाइदा गर्छ । वर्तमान रोगोपचारका जटिलता र महँगो प्रविधिलाई यो च्याउको सेवनले अझ विशेष लाभ गराउँछ। मात्रा : ३-५ ग्राम धूलो ३-५ पटक।

गुच्छी च्याउ, Morel, Morchella conica :

यो ३०००-४००० मिटरमा पाइन्छ। यो च्याउले जीवनीयतत्त्वरक्षा गरी प्राणशक्ति बढाउँछ । यसले पुनविन गर्छ । यसले समस्त रोगमा लाभ पऱ्याउँछ र विजातीय द्रव्य-दोष निष्कासन गर्छ। रासायनिक औषधिको कुप्रभाव र विषजन्य पदार्थको हानिकारक तत्त्वलाई शमन गर्छ। जीर्ण-पुराना रोग र असाध्यमहारोगमा अमृतका रूपमा नियमित सेवन गर्दा विशेष लाभ पुऱ्याउँछ ।

मात्रा : लेदो/धूलो : ३-५ ग्राम, काँढापानी १/१ माना, अर्क ३०-५० ग्राम ३-५ पटक।

गुच्छी च्याउ ठूलो, कोयाच्याउ, Morel, Morchella vulgaris :

यो विश्वभरि नै पाइने च्याउ १०-१५ से.मि. अग्लो हुन्छ । यसको खाल्टा परेको कोया हुन्छ र यसलाई पौष्टिकका रूपमा प्रयोग गरिन्छ । बफाएर/उसिनेर /मिश्रण पाक गरी अथवा धूलोपारी औषधीय प्रयोजन हुन्छ । गुण-धर्म-प्रभाव : मीठो र स्वभाव : शामक । उपयोग : यसले गतिशील अङ्गका संकचन-कडापन-घार समस्त रक्तविकार वीर्यविकार, आन्द्राको अल्सर, कब्ज, अर्श, सङ्ग्रहणी, विषादि कअसर, केमिकल कप्रभाव विजातीयदोष, त्रिदोषजविकार इत्यादिमा अचक उपचार गरी सन्चो बनाउँछ । यसले जीवनीयतत्त्वरक्षा गरी प्राणशक्ति वृद्धि भई पुनौवन गराउँछ ।

मात्रा : ३-५ ग्राम लेदो/ चूर्ण : ३-५ पटक ।

गुच्छी-छोहराच्याउ, खोया च्याउ, Morchella esculanta :

यो वर्षातमा पानी पर्नासाथ २-३ महिना भइँमा चिस्यान वनहरूमा भेटिन्छ। ८-१० अङ्गल अग्लो. सप्रेको मुठ्ठीभरको छोहराको समान मीठो हुन्छ । ताजा काच्चो, सुकेको चूर्ण घ्यू-महमा प्राकृतिक पाक विधिको रसायन/सब्जी इत्यादिका रूपमा खाँदा गुच्चीच्याउ स्वादिष्ठ, शीतल, पौष्टिक, कामोद्दीपक, स्नायुतन्तु-नसारोगमा लाभदायक, कमजोरीमा अत्यन्त उपयोगी, अवस्थास्थापक, रुचिकारक, पेटको घाउहरूमा अल्सरमा हितकारी, तृप्तिकारक र रगत वद्धि गर्ने गणकारी मानिन्छ। यसको छत्रमा खाल्टाखुल्टीलाई काटी सूक्ष्मदर्शक यन्त्रले हेर्दा थैलीभित्र ८ वटा अण्डाकार बीज हुन्छन् । गुच्चीच्याउमा पाइने रासायनिक तत्त्वहरू: जलांश ८९.०७ प्रतिशत, प्रोटिन ३.५९ प्रतिशत, कार्बोहाइड्रेट ५.७३ प्रतिशत, तेलीय पदार्थ ०.२७ प्रतिशत, क्याल्सियम, फलाम, फस्फोरस, भिटामिनहरू आदि ।

उसिनेर वा पकाएर २०-३० ग्राम, धूलो ३-७ ग्राम, काँढापानी १/१ माना, अर्क ३०-५० ग्राम ३-५ पटक खाँदा विशेष लाभ मिल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here