गाइभैँसीको थुनेलो रोग र टिट डिपिङ्ग प्रविधी

0
471

गाइभैँसीको थुनेलो रोग र टिट डिपिङ्ग प्रविधी

 

सामान्यतया थुनेलो भन्नाले थुन तथा कल्चौडो को संक्रमणलाई जनाउँछ,भने टिट डिपिङ्गको  अर्थ थुन चोप्नु वा थुन डुबाउनु भन्ने बुझिन्छ ।थुनेलो रोगबाट आर्थिक क्षति धेरै हुने भएकोले यो गाईभैंसीको लागि सबैभन्दा महँगो रोगको रुपमा लिइन्छ । स्तनधारी सबैमा यो रोग लाग्ने भएपनि दुधालु गाई भैंसीमा यस रोगको प्रकोप बढी देखिन्छ ।

थुनेलो रोगले गाईभैंसीको थुन तथा कल्चौडो सुन्निने , रातो, तातोर दुख्ने हुन्छ ।दूध आउन बन्द हुन्छ, दूध उत्पादन घट्छ,दूधमा पिप , रगत , छोक्रा आउने गर्नुका साथै कुनैकुनै थुनमा घाउ भएर खस्ने समेत हुन्छ । यसरी दुध दिने अवस्थाको गाईभैंसीमा यो रोग लाग्दा आर्थिक नोक्सानी धेरै हुने र अन्य गाई भैसिमा पनि सर्न सक्ने भएकोले डेरी फार्मलाई घरायसी बनाउनको साथै यसको असर दुग्ध उद्योगलाई समेत पर्न जान्छ भने अर्कोतर्फ थुनेलो रोग लागेको पशुको दुध मानव स्वास्थ्यको लागि हानिकारक हुन्छ।

गाईभैंसी पालक कृषकहरूको लागि थुनेलो एकदमै समस्याको रुपमा देखा परेको रोग हो ।यसको मुख्य कारक जीवाणु र ढुसी भए पनि दुधालु पशुको उचित व्यवस्थापन गर्न नसक्दा यसको समस्या हुने भएकोले यसलाई व्यवस्थापकीय रोगको नामले पनि परिचित छ ।यो रोगले दुधालु भैँसी पालक कृषकहरुलाई भन्दा गाई पालक कृषकलाई बढी हैरानी पारेको हुन्छ|

किनभने भैंसीको पुरै थुन  काम नलाग्ने अवस्थामा पुगे पनि दूध उत्पादनको लागि अनुपयुक्त भएतापनि मासुका लागि बिक्री गर्न सकिन्छ र केही पैसा आउँछ तर गाईपालक कृषकको लागि कुनै उपाय छैन बरु थप बोझ मात्र थपिन्छ ।यसरी यस्तो भयानक आर्थिक हानी नोक्सानी बाट बच्नको लागि यस रोगको रोकथाम गर्नु नै उपयुक्त हुन्छ। यसको लागि टिटि डिपिङ्ग र थुन चोप्ने र थुन डुबाउने प्रबिधि उपयुक्त तथा उपयोगी साबित भइसकेको छ l

नेपाल कृषि अनुसन्धान परिषद्ले टिट डिपिङ्ग प्रविधि सिफारिस गरिसकेको निकै समय भएपनि यसको व्यापक रुपमा प्रचार प्रचार भइसकेको भने पाइँदैन ।यसका लागि पोभिडीन आयोडिन ९ भाग र ग्लिसिरिन १ भाग (१०: १ अनुपात) झोल तयारी गरी यस झोलमा थुनहरु डुबाउने गर्दा थुनेलो रोकथाम हुन्छ । टिट डिपिङ्ग प्रविधीको प्रयोगले थुनेलो रोकथाम हुनुको साथै स्वच्छ दूध उत्पादनमा समेत सहयोग पुग्न जान्छ ।

यो प्रविधि सस्तो,सुलभ ,सरल किफायती र प्रभावकारी हुँदाहुँदै पनि व्यापक रुपमा गाईभैंसी पालक कृषकहरुमा सूचना प्रवाह हुन नसक्दा प्रभावकारी रुपमा प्रयोग भएको पाइँदैन ।यसको ब्यापक प्रचार प्रसार गर्ने मुख्य जिम्मेवारी पशु  सेवामा संलग्न सम्पुर्ण  प्रविधिकहरुको हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here