म, लकडाउन र कृषि 

म, लकडाउन र कृषि     

म एक कृषि बिषय अध्ययनरत बिद्यार्थी हुँ। कृषिको कुरा गर्दा मेरा हजुरबुवाहरु सदरमुकाम नभै, गाउँ घरका वासिन्दा जस्को मुल आय आर्जनको स्रोत कृषि नै थियो। आफुले गह्रो सारो गरि पढाएर छोरालाई केहि नोकरी गर्न लायक बनाउनुभो र सहर पठाउनु भयो जस्को उपज म गाउँ र सहर को समिस्रण। कृषि पढि टोपलिएकाले आँफुलाई गाउँ र सहरको हाईब्रिड भनुँ झैँ लाग्यो। मेरो अनुभव अनुसार अधिकांस कृषि पढ्दै गरेका बिद्यार्थीहरुको साधारण परिचय धैरै थोरै मेरो जस्तै होला।

भन्दा तितो सत्य झै होला तर माटोको गन्ध नचिनेका , हलोको फालि नदेखेका, कोदालो र कोदालिको र आलि लाउने र आलि काट्ने को फरक थाहा नभएका, मैझारो आदि जस्ता सामान्य कृषि संग जोडिएका शब्द समेत नबुझ्ने पनि हामी धेरै नै छौँ। जस जसलाई हो जस्तो लाग्यो, म म भन्नु होला। खयर यि कुरा त छदै छन्। अब आउँ मेरो कुरामा।

गाउँले परिवेशमा केहि समय बिताएको र हुर्के बढेको ठाउँ भएकाले कृषि सम्बन्धि धैरै थोरै ज्ञान थियो र अहिलेको यस माहामारी कोरोनाले गर्दा धेरै साथिहरु जस्तै म र मेरो परिवारका पनि सबै जना गाँउ जाने निर्णय गरियो। गाउँ त पुगियो तर सधै जसो साथिहरु, वाईफाई, टिभी, ल्यापटप र फोनमै अल्झिएर फुर्सद नपाउने मलाई सुरुका केहि दिन कटाउन भने सारै गाह्रो भयो। तर आफुले गर्न सक्ने केहि नभएकाले जसो तसो दिन बित्दै गए।

जे जस्तो समयमा भएता पनि कृषि पढ्ने छोरो म गाँउ आएको। जब सबै जग्गा बाँझो देखेँ मलाई कृषि पढेको सोच्दा पनि आँफैलाई खिन्न महसुस भयो। । आँफुले पढेको विषयको इज्जत जोगाउन पनि र टिन एजर्स को भाषामा टाइम पास गर्न पनि हुन्छ भनि केहि लगाउने निर्णय गरियो र मकै छर्ने मौसम भएकाले त्यो नै छर्ने भैयो। कृषि पढि टोपलिएको म के बिउ लगाउने भन्ने चर्चा हुदा आफुले घोकेका मकैका जात जस्तै मनकामना पाँच, मनकामना छ, अरुण चार, रामपुर हाईब्रिड, आदि खरर भने तर आँफुले पढेको सङ्ग उपलब्ध कुनै मेल नखाएपछि स्थानिय रातो सठीया बिउ छर्ने भैयो। छर्ने पनि बिभिन्न तरिका पढियो तर काम लाग्यो उहि पुरानो गोरु पछि हिड्ने तरिका।

जे जसो होस् छरियो। काम खासै नगर्ने मलाई लाग्यो उत्पातै गरियो। तर पन्ध्र दिन पुग्ना साथ एकोहोरो गोड्न पर्यो। फेरि मैलै स्मरण गरेँ आँफुले सुगा रटाइ गरेका बिभिन्न झारनाशक विषादी हरु जस्तै ग्लाईफोसेट, पेन्डीमिथालिन, टुफोरडी, आदि। तर नजिकै न एग्रोभेट छ न कुनै पढेका नामका विषादी नै छन्। त्यसैले जे जे पढेनी काम लाग्यो हातले तान्ने विधि जसका कारण जाबो चार वटा गह्रा मकै गोडि सक्दा धन्नै पर्यो रात। एक पटक गोडि सकिएपछि केहि दिन आनन्द भयो। फेरी आयो दोहोरो गोड्ने बेला तर मल छैन। खबर पाईयो एक घन्टा हिडेर गए मल पाइन्छ रे। गैयो तर पाइयो डि ए पि मात्र। यहाँ पनि पढेको कुरा संग आफैले गर्दा धेरै कुरा मेल खाएन।

जे जसो भएता पनि मकै खेति त गरियो फेरि आयो धान लगाउने समय र साथै आयो पुरानै समस्या कुन धान लगाउने….? कृषि पढि टोपलिएको मैले फेरि भने बिभिन्न जातका धानका नाम जस्तै साबित्री, हर्दिनाथ एक, मसिनो, अनदि, मनसुली, राधा, सुक्का धान आदि, र रोपियो साबित्री। यसमा भने आफुले पढेको मध्धे नै भएकाले मन नै फुरुङ्ग भयो। लगाउने त भनियो तर आयो कसरि ..? कोरोनाले गर्दा रोप्न तातिएको मलाई तिन वर्ष देखि बाँझो जग्गा देखेर मेरो जोस परालको आगो जस्तो भयो। पढ्न त पढ्या हो कृषिमा यन्त्रिकरन गर्नु पर्छ, पुराना तरिकाले अब हुदैन। तर बोलाई र गराइमा धेरै फरक पर्दो रहेछ।

सरकारले हरेक वर्ष कृषिमा जोड दिइ लगानि मा बृद्धि गर्ने भनेको कुरा सुनेको त धेरै भयो तर गाउँमा एउटा जाबो हाते ट्याक्टर समेत नपाउँदा मैलै सुनेका सबै कुरा मलाई मित्थ्या र झुटा लाग्यो। रोप्ने भनेर ताती सकेको हुँदा मलाई आफ्नो अडानबाट पछि हट्न पनि असहज महसुस भयो । त्यसैले बोलाउन पर्यो उहि पुराना हलि र गोरु। तर बाँझो जग्गा देखेरनै सिधै नाई भन्न नसकेर कतिले बिरामी भएको नाटक गरे र हुदा हुदा एक ले त पिलो आएको कुरा सम्म पनि भन्न भ्याए।

धेरै जनालाई हार गुहार गरेपछि खेत त जोतियो तर त्यति खेर मात्र याद यायो देशमा भएका युव विदेशिनुको पिडा। यदि कृषिमा निर्भर भएरै मात्रै बाँच्ने आधार युवाले देखेका भए सायद देशमै माटो पगाली सुन फलाउने काम गर्दा हुन् तर यो नभएकै कारण उनिहरु विदेश पलायन हुनुपर्यो जसको परिणाम स्वरुप काम गर्ने खेताला समेत पाउन गाह्रो पर्यो। खेत त जोतियो तर त्यतिले मात्र के हुन्थ्यो र.. आली खन्ने, आली लाउने जस्ता काम गर्न खेताला नपाएपछि आँफै गर्ने निणय गरियो जुन काम बाइस बर्षे मलाई आजसम्मको सबैभन्दा थकित पार्ने काम हुन पुग्यो।

कृषि अध्ययनका क्रम मा ल्यानड् फ्रर्याग्मेन्टेसन नेपालको कृषि क्षेत्रको मुख्य समस्या हो भनेर पढेको मलाई किन त्यस्तो भनिएको हो भन्ने कुराको पनि राम्रो ज्ञान भयो। हुन त नेपाल कृषि प्रधान देश हो तर नहर र कुलोको राम्रो ब्यवस्था नभएकाले सिंन्चाईका लागि भने पानिका देवता ईन्द् देवकै सरण पर्नु पर्यो।

जे जस्ता समस्या आइ परे पनि लकडाउन को समयमा आफुले अध्ययन गरेका कुरा धेरै थोरै जे होस् प्राक्टिकल रुपमा गर्न र बुझ्न पाएकोमा आफुलाई भाग्य मानिनै ठानेको छु।

म र म जस्ता गाउँले परिवेस भएका साथिहरुले त धेरै थोरै कुरा सिक्यौँ होला तर कतिपय शहरिया साथिहरुले भने घर अगाडिको रोड भन्दा बाहिर आउन सकेका छैनन्। गल्ति हो या बाध्यता त्यसको उत्तर म संग छैन तर पनि कृषि पठनपाठन गराउने सबै कलेज हरुले किताबी भन्दा प्रयोगात्मक सिक्षामा बढि जोड दिए सबै ठाउँका म र मजस्ता युवाले कृषि कर्म गर्न साँच्चैनै सिक्ने मौका पाउने थिए जसको परिणाम स्वरुप निकट भविश्यमा अहिले बिद्धयमान पढाई र गराइमा रहेको ठुलो दुरि कम हुनेछ र देश कृषि जन्य उत्पादन हरुका लागि परनिर्भर हुनु पर्नै छैन।

यसका साथ साथै सबै कृषि विषय अध्ययन गर्ने बिद्यार्थी हरुले कृषि आफ्नो डिग्रि हासिल गरि बिदेश पलायन हुननका लागि मात्र तभई सोदेशमै आफुले पढेका कुरा आफ्नो जिवनमा अपनाउने हो भने हामीले भन्दै आएको, गाउँदै आएको कृषि क्रान्तिको नारा सफल हुनेछ तर यसका लागि हामी कृषि अध्ययन गर्ने हरुले माटोलाई हिलो र फोगर मान्ने मानसिक्ता त्यागि त्यसै हिलोमा सुन फलाउने सङ्कल्प राखि त्यस बमोजिन काम गर्नु आवस्यक छ र सरकारि तवर बाट पनि कृषि क्षेत्रमा लगानि बढाई, कृषि कर्म गर्न अति आवस्यक पर्ने कुरा जस्तै राम्रा जातक बिउ, समयमा मल, नहर को ब्यवस्था, सस्तो दरमा रिण र यन्त्रिकरण गरि कृषि कर्म मा लाग्ने लाई अझै धेरै होसला र प्रोत्साहन दिनु आवस्यक छ।

लेखक
प्रवेश पण्डित
बि. एस. सी. एजी

Related Articles

Duckweed as a feed supplement

Duckweed as a feed supplement Duckweed is a native, free-floating plant that can be seen on the surface, and is a bright, vibrant green. It...

Croton Petra: Every thing you need to know!!

Croton Petra: Every thing you need to know! Croton petra also known as the Golden Petra is a popular indoor plant with bright burst of...

Principles of hay making using tropical grasses and legumes

Principles of haymaking using tropical grasses and legumes Hay Hay is a very popular form of forage preservation that provides an important source of animal...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

Duckweed as a feed supplement

Duckweed as a feed supplement Duckweed is a native, free-floating plant that can be seen on the surface, and is a bright, vibrant green. It...

Croton Petra: Every thing you need to know!!

Croton Petra: Every thing you need to know! Croton petra also known as the Golden Petra is a popular indoor plant with bright burst of...

Principles of hay making using tropical grasses and legumes

Principles of haymaking using tropical grasses and legumes Hay Hay is a very popular form of forage preservation that provides an important source of animal...

Teosinte and its cultivation practices

Teosinte and its cultivation practices INTRODUCTION The common name of Teosinte is Makaichari and botanical name is Euchlaena Mexicana. It is an excellent multi-cut fodder and...

गोलभेँडा फलको गवारो (Helicoverpa armigera)

गोलभेँडा फलको गवारो (Helicoverpa armigera) परिचय गोलभेँडा फलको गवारोले कपास चना अरहर लगायत थुप्रै बालीमा आक्रमण गर्दछ।यो कीराले गोलभेँडाको उत्पादन र गुण्स्तरमा ६०% सम्म नोक्शानी गर्दछ।यस...
en English
X