झोलमल बनाउने तरिका र यसको प्रयोग

झोलमल बनाउने तरिका र बाली बिरुवामा यसको प्रयोग

पछिल्लो समयमा बढ्दो जनसंख्या सँगसँगै  कृषियोग्य जमिनको अभाव भएका कारण कृषिजन्य वस्तुहरूको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले रासायनिक मलका साथै हानिकारक विषादीहरूको अत्यधिक प्रयोग भएको पाइन्छ| तर त्यस्ता किसिमका मानवीय कृयाकलापले गर्दा क्षणिक को लागि उत्पादनमा बृद्धि भएता पनि   दीर्घकालीन रुपमा उत्पादनमा कमी आई झनै खाद्य संकट  निम्तिने कुरा निश्चित छ| त्यसैले वर्तमान सँगसँगै दीर्घकालीन रूपमा पनि कृषिजन्य उत्पादनहरूमा स्थिरता ल्याउनको लागिरासायनिक मात्र नभई जैविक विधिउन्मुख उत्पादन लाई प्राथमिकतामा राखी अगाडि बढ्नुको विकल्प  देखिँदैन|  त्यस्ता किसिमका जैविक विधिअन्तर्गत  विरुवालाई आवश्यक पर्ने खाद्य तत्वको  साथै रोगकिराको नियन्त्रणका लागि गाईभैंसीको गोठेमल, कुखुराको सुली, गड्यौले मल, तोरी ,तील तथा निमको पिना,झोल मल आदि प्रयोग गर्न सकिन्छ|

के हो त झोलमल?

सामान्यतया: विभिन्न किसिमका अमिलो ,तितो ,टर्रो स्वाद भएका बोटबिरुवाहरु जस्तै बकाइनो, नीम, तितेपाति,असुरो ,बोझो, सुर्ती, केतुके, बनमारा लहरे तरकारीका पातहरु तथा गाईभैंसीको पिसाब साथै गोबर मलको प्रयोग गरि बनाइएको मललाई झोलमल भनिन्छ|झोलमल वा जैविक विषादीले खाद्यतत्व दिनुका साथै रोग र किराको प्रकोपबाट बचाउने हुँदा स्वस्थ बिरुवा उत्पादन गर्न मद्दत पुर्याउँछ| यस्तो प्रकारको जैविक विषादीको प्रयोगले स्वास्थ्यका साथै वातावरणीय स्वास्थ्य र माटोको उर्वराशक्ति मा पनि सुधार ल्याउन मद्दत गर्दछ|

 आबस्यक सामग्रीहरु:

झोल मल तयार गर्न चाहिने आवश्यक सामग्रीहरु हाम्रो गाउँठाउँमा उपलब्ध हुन्छ| जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ| स्थानीयस्तरमा पाइने तीतो, टर्रो ,पिरो ,अमिलो इत्यादि स्वाद आउने हरियो बोटबिरुवा जस्तै तितेपाती, निम, बकाइनो असुरो , प्याज, लसुन ,सिस्नो ,मेवाको पात, वनमारा, अदुवा, खिर्रो ,साथै काँचो गोबर, खरानी, गाईवस्तुको गहुँत तथा पानी आदि झोलमल बनाउनका लागि आवश्यक पर्ने सामग्रीहरु हुन् |

झोलमलको प्रकार र बनाउने बिधि:

आवश्यक र उपलब्ध भएका सामग्रीका आधारमा तीन तरिकाले झोल मल बनाउन सकिन्छ:

झोलमल 1:  गोबर ,गाईभैंसीको मुत्र र पानी 1:1:1 को अनुपातमा मिसाएर दुई हप्ताभित्र प्रयोगका लागि तयार हुन्छ| उक्त घोललाई पानीको साथ 1:3  को अनुपातमा मिसाइन्छ, विषादी किराहरुलाई नियन्त्रण गर्न मल र किटनाशक दुवैको रुपमा तयार गरेको यो घरेलु मल बोटबिरुवाको फेदमा  प्रयोग गरिन्छ|

झोलमल 2: गाइभैँसीको मुत्र  र  पानी  गरी 1:1 को अनुपातमा मिसाइन्छ|  मिश्रण  दुई हप्तामा प्रयोगका लागि तयार हुन्छ| र उक्त मिश्रणलाई 1:3  को अनुपातमा पानीसँग मिसाइन्छ र बोटबिरुवा पातमा स्प्रे गर्दा विभिन्न रोग किराको नियन्त्रण गर्दछ|

झोलमल 3:  तितेपाती ,बनमारा, मेवाको पात जस्ता पिरो, टर्रो खालका बिरुवाको पात तथा डाँठ हरु 1 लिटर जीवाणुको  घोल , 10 केजी बोटबिरुवाको मिश्रण ,1 केजी गोबर साथै गाई भैसीको पिसाबमा 5 लिटर जतिको  घोल बनाउने , यो झोल मल तिन लाई किरा, झुसिलकिरा,  पात खाने किरा जस्तालाई नियन्त्रण गर्न प्रयोग गरिन्छ | यस विधिबाट झोलमल बनाउँदा प्रयोग गरिएका बिरुवाका पातहरूको  नजिकिएको हरियोपना नदेखिएको अवस्थामा झोल मल तयार भयो भनी एकीन गर्न सकिन्छ|

 ध्यान दिनुपर्ने कुराहरु:

झोलमल बनाउने बेलामा हामीले  स – साना कुराहरुमा ध्यान दिनुपर्दछ|  जस्तै मसिनो पारेर भाँडामा राखिएका टुक्रा हरु लाई राम्रो सँग चलाउने, भाँडोमा बिर्को लगाएर बिहानदेखि बेलुकासम्म घाममा राखिदिने गर्नुपर्दछ| यदि बिर्को राम्रोसँग नलागेर हावा पस्न पुग्यो भने ढुसी लागेर बन्दै गरेको मल पनि बिग्रिन्छ र ढुसीनासक रोगहरु लाग्न सक्छ|  यसरी बनाएको झोलमल  गर्मीयाममा एक हप्तामा प्रयोग गर्नको लागि तयार हुन्छ भने जाडो याममा दुई हप्तामा तयार हुन्छ|

 प्रयोग गर्ने विधि:

माटोमा चिस्यान कायम राख्ने र किराबाट समेत बचाउने भएकाले यसलाई किरा लाग्ने समयमा पटकपटक  छर्कनु पर्दछ| झोलमल कलिलो एवं हुर्किसकेको बिरुवा दुवैमा छर्न सकिन्छ यसरी तयार गरिएको विषादी निकै कडा हुने भएकाले यसलाई प्रयोग गर्दा पानीमा मिसाएर मात्र प्रयोग गर्दा उत्तम हुन्छ| नर्सरीमा भएका र भर्खरै रोपेका स-साना बिरुवा हरुमा हाल्न 1 लिटर विषादीमा 19 लिटर पानी हाल्नुपर्छ भने हुर्किसकेको बिरुवामा 1 लिटर विषादीमा चार लिटर  पानी हाल्नु पर्दछ| विषादी हाल्दा रोग लागेका बालीमा मात्र हाल्नु पर्दछ भने यदि फल लागिसकेको छ भने जरामा र फेदमा हाल्नु पर्दछ|तयार गरिएको घरेलु झोलमल हप्तामा एकचोटी नियमितरुपमा हाल्यौं भने बालीमा लाग्ने रोग र शत्रु किरा सजिलै नाश हुन सक्छ भने मित्र किरा लाइ पनि कुनै असर पर्दैन|

झोल मल प्रयोग गर्नुका फाईदाहरु:

  •  झोलमल आर्थिक दृष्टिकोणले सस्तो, सर्वसुलभ पाइने हुनाले यसमा कुनैपनि समस्या आउँदैन|
  • यसले जैविक मल, जैविक विषादी दुवैको काम गर्दछ र स्थानीय बिरुवा तथा गाई भैसीको पिसाब प्रयोग गर्न मिल्ने भएकाले कृषकहरुलाई टाढा टाढा धाउनु पर्दैन जसले गर्दा समयको पनि बचत हुन्छ|
  •  झोल मल प्रयोग गर्दा उत्साही र मेहनती कृषकहरुले स्थानीय सामग्रीका साथै ज्ञान सीपको उपयोग गर्ने मौका पाउँछन्|
  • रासायनिक मलको प्रयोग गर्दा माटोलाई, वातावरणलाई तथा मानव स्वास्थ्यलाई हानिकारक गर्दथ्यो भने झोल मल प्रयोग गर्दा मानव स्वास्थ्यमा तथा वातावरणमा कुनै प्रकारको नकारात्मक असर नदेखाई मानव स्वास्थ्यमा होस् या वातावरणमा निकै नै फाइदाजनक परीणाम देखाउँछ|
  • EM(सुष्म जीवाणुको) प्रयोग गरिने हुँदा मलाई छिट्टै कुहाउन मद्दत गर्दछ|

                                                                                                            लेखक: अर्जुन न्यौपाने

कृषि प्रशिक्षक

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X