हाइब्रिड मकै खेति प्रबिधि

हाइब्रिड मकै खेति प्रबिधि

परिचय 

मकै पहाडि भेगको मुख्य खाधान्न बालिको स्रोत हो। मकैको खेती नेपालको प्राय सबै प्रदेशमा हुँदै आएको छ। कुल मकै खेति गरिने क्षेत्रफलको ७० प्रतिशत पहाडमा ,२० प्रतिशत तराइ र १० प्रतिशत उच्च पहाडमा रहेको छ भने उन्नत मकैले ढाकेको क्षेत्रफल करिब ८६ प्रतिशत छ भने १० प्रतिशत क्षेत्रफल स्थानीय रैथाने जात ले र हाइब्रिड जातले करिब ४/५ प्रतिशत ढाकेको अनुमान गरिएको छ। नेपालमा उत्पादित मकैको ८७ प्रतिशत खाधान्नमा र १२ प्रतिशत दानामा प्रयोग गरिन्छ। यसै गरि नेपालको कृषि क्षेत्रको कुल ग्रायस्थ उत्पादन मा ६ .८८ प्रतिशत हिस्सा ओगटेको छ।

हावापानी

मकैलाई अलि बढि न्यानो हावापानी चाहिन्छ तर वैज्ञानिकहरुका अनुसार मकै जुनसुकै हावापानी पनि गर्न सकिने दावि गरेका छन्। यध्यपी मकैको लागि उपयुक्त तापक्रम २१ देखि ३२ डिग्री सेल्सियस उपयुक्त मानिन्छ भने बर्षा यामको हकमा भने १५ देखि से.मी उपयुक्त मानिन्छ। मकै न्युनतम् १० डिग्री सेल्सियस तापक्रममा उम्रन सक्छ तर एकनास उम्रन को लागि १६ देखि १८ डिग्री सेल्सियस उपयुक्त हुन्छ कुइरो र तुसारोले मकैलाई जुनसुकै अवस्थामा पनि हानि नोक्सान पुर्याउन सक्छ। विशेष गरि जाडो मौसममा पातलाइ असर पार्छ त्यसै गरि दाना लाग्ने समय मा पनि नराम्रो संग असर पार्छ।

माटो 

राम्रो गहिराइ भएको, उपयुक्त निकास भएको , चिस्यान राम्रो भएको, राम्ररी गोबर मल प्रयोग गरेको , रसायनिक एवम भौतिक गुण भएको र ब्यवसायीक खेति गर्नका लागि पागो माटो राम्रो मानिन्छ र १०/३० प्रतिशत वालुवा मिसिएको माटोमा पनि मकै खेति गर्न सकिन्छ।

जग्गा तयारी 

टयाक्टर,हलो ,कुटो कोदालो आदि प्रयोग गरि राम्ररी डल्ला फुटने गरि माटो धुलो बनाउने , खेतको झारपात राम्रो सग खुर्केर ,काटेर सफा गर्ने र अघिल्लो बालिको फोहोर ,ठुटा सबै राम्ररी सफा गर्ने अथवा कुहुवाउने यस्तो गर्दा माटोको पानि सोस्ने छमता बढ्छ।

रोप्ने दुरि तथा बिउदर 

बिउ रोप्दा लाइनमा रोप्नु पर्दछ। दुरि मुख्यतः लगाउने सिजन माटोको उर्वराशक्ति सिँचाइको अवस्थामा निर्भर रहन्छ यसरि लाइनमा रोप्दा अगौटे मकैको हकमा लाइन देखि लाइनको दुरि ६० सेमि र बोट देखि बोटको दुरि २० से मि हुनुपर्छ भने पछौटे जातको हकमा ७५×२५ से मि मा रोपिन्छ।

मलखाद व्यवस्थापन 

साधारणतया प्रति कठ्ठा ५०० केजि राम्रो सग पाकेको गोबर मल वा कम्पोस्ट मल र ८०० ग्राम जिङ्क सलफेट रोपाइको १५ देखि २० दिन अगावै खेतमा हाल्नु पर्छ। रसायनिक मल को हकमा भने माटोको उर्वराशक्ति,सिँचाइ, मकैको उत्पादन छमता आदिमा भर पर्दछ। यसको लागि माटोको जाचको आधारमा रसायनिक मल खाद प्रयोग गर्नु ऊचित हुन्छ। बिभिन्न अनुसन्धान बाट प्राप्त जानकारी अनुसार १८०:६०:४० केजि NPK प्रति हेक्टर का दरले प्रयोग गर्नुपर्दछ सिफारिस मात्राको पुरै भाग डि ए पि, पोटास र २० प्रतिशत युरिया बालि लगाउने समयमा २० प्रतिशत ४/६ पाते विरुवा को अवस्थामा ३० प्रतिशत ८ पाते अवस्थामा र बाँकि रहेको ३० प्रतिशत युरिया मल धान चमरा आउने बेलामा प्रयोग गर्दा ऊचित हुन्छ।

लगाउने समय 

हाइब्रिड मकै खेति हिउदमा गर्दा ऊचित हुन्छ। तराइमा असोज अन्तिम देखि कार्तिक सम्म र भित्री मधेसमा भदौ देखि कार्तिक सम्ममा यसको खेति गर्न सकिन्छ। यस बाहेक माघको तेस्रो हप्ता देखि फागुनको दोस्रो हप्ता सम्म पनि अगौटे जातको हाइब्रिड मकै खेति गर्न सकिन्छ।

सिचाई 

हिउद र बसन्त ऋतुको समयमा लगाईने मकैलाइ रोपाई पुर्ब सिँचाइ दिनु पर्दछ। माटो सुख्खा भएको अवस्थामा सिचाईको आवस्यकता पर्दछ र सिँचाइ गरि खनजोत गरेर मकै रोप्नु ऊचित हुन्छ। सिचाईको मात्रा माटोमा चिस्यानको अवस्था, विरुवाको अवस्था आदिमा निर्भर रहन्छ ड्याङ बनाएर लगाएको बालिमा पानि लगाउदा दुई तिहाइ भाग भिज्ने गरि सिँचाइ गर्नु पर्दछ। समान्यतया मकै बालिमा घुँडा सम्म अग्लो भएको अवस्थामा, जुङ्गा निस्कने अवस्थामा, दाना लाग्ने अवस्थमा सिचाई गर्नु अति आवश्यक हुन्छ र यि अवस्थामा सिचाइ दिनु पर्दछ।

गोडमेल तथा झारपात ब्यवस्थापन 

हाइब्रिड मकै बाट राम्रो उत्पादन लिनको लागि २ पटक गोडमेल गर्नु उपयुक्त हुन्छ बिरुवा उम्रेको २०/२५ दिनको पछाडि पहिलो गोडाइ र दोस्रो गोडाइ पहिलो गोडाईको ३ हप्ता पछि गर्नुपर्छ। दोस्रो गोडाई पछि उक्केरा दिनु उपयुक्त हुन्छ। झारपातका कारण ३५ प्रतिशत सम्म उत्पादन कम हुने गर्दछ। मकै बिउ उम्रनु भन्दा पहिलेनै वा रोपेको ३ दिन भित्र एट्राजिन वा सिमाजिन १/१.५ केजि प्रति हेक्टरका दरले ६०० लिटर पानीमा मिसाएर छर्नु उपयुक्त हुन्छ र यसलाई बारिमा स्प्रे गर्दा अगाडि बढेर नभई पछाडि हटेर छर्नु पर्दछ।

रोग तथा किरा ब्यवस्थापन 

किराको हकमा माटोमा बसेर छति गर्ने किरा खुम्रे र फेदकटुवा हुन। यि किरा नियन्त्रणका लागि राम्रो सँग पाकेको गोबर मल कम्पोस्ट मल प्रयोग ,किराको माउलाई बतिको पासो प्रयोग गर्ने , राम्रो सग खनजोत गर्ने गर्दा पनि केहि हदसम्म नियन्त्रणमा मद्दत गर्दछ। जैबिक बिसादि मेटारजियम एनिसोफिल एक केजि प्रति कठ्ठा दरले चिस्यान भएको माटोमा राख्ने, यसले खपटे किराको लार्भा तथा माटोमा बसेर छति गर्ने किराको लार्भा तथा बच्चा नियन्त्रण गर्न सहयोग गर्छ। रसायनिक बिसादिको हकमा भने क्लोरपाइरिफस १० इ.सि १.५/२ मिलिमिटर प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ डाँठ तथा गुबो भित्र बसेर छति गर्ने गवारो किरा जमिन माथि लाग्ने मुख्य किरा हो यसको नियन्त्रणका लागि कलोरपाइरिओस ३० इ.सि १.५/२ ML प्रति लिटर पानीमा मिसाएर छर्ने वा कार्बोफयुरान २/३ दाना गुबोमा राखिदिने रोगको हकमा पात डढुवा , ध्वासे थेग्ले रोग , घोगा कुहिने रोग डाँठ कुहिने रोग आदि हुन । प्रभाकारि रउोग ब्यावस्थापनको लागि रोग अवरोधक जात प्रयोग ,बिउ उपचार ( बेभीषटिन २.५ ग्राम प्रति केजि ) बालि चक्र अपनाउने रोगि बिरुवा का अवशेहरूलाइ गाड्ने , सन्तुलित मात्रामा रसायनिक मल खाद प्रयोग गर्ने ,पानि निकासको प्रबन्ध गर्ने।

मकै भाच्ने र थन्किाउने

मकैको घोगा नङगाएर हेर्दा दानासग जोडिएका भाग नङले कोट्याउँदा कालो देखियो भने मकै पाकेको र भाँच्ने बेला भयो भन्ने बुझिन्छ। यो अवस्थामा मकैमा चिस्यानको अवस्था ३५ % हुन्छ तर मकैको चिस्यान २० प्रतिशत हुन्छ तब मकै भाँच्द उतम हुन्छ। भाचेका घोगाहरु २/३ घाम सुकाएपछि घोगामा १३/१४ प्रतिशत चिस्यान कायम भएको घोगालाइ छोडयाउनु पर्दछ वा थनकाएर राख्न सकिन्छ।

मकै भण्डारण

घाममा राम्ररी सुकेको १२ प्रतिशत भन्दा कम चिस्यान भएको बिउलाई भण्डारण गरि राख्नु पर्छ र मकैलाइ भकारि , थैला, बोरा आदिमा राख्न सकिन्छ। भण्डारणमा छति गर्ने किराको लागि प्रति टन ट्रयाबलेट एलुमिनियम फस्फाइट चक्कि राख्न सकिन्छ र १० ग्राम बोझोको जराबाट तयार पारिएको धूलो प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिन्छ।

 

You may Like:

How to Identify Poisonous Mushroom??

Brinjal Shoot and Fruit Borer: Life cycle, Damage, Management

Related Articles

गाउँ फर्कौ युवा- कविता

गाउँ फर्कौ युवा पढीसकी गाउँ फर्कौ बाबु बुढा भए । विचराले हह माले भन्ने दिन गए ।। पसीनाले भिजाइसके खेत अनि वारी । फर्कौ युवा गाउँ अव भयो...

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS?

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS? Conventional pest management refers to the use of synthetic pesticides against pests. It is the old...

Predators in Biological Control of Pest

Predators in Biological Control of Pest Natural enemies are fundamental for the implementation of Integrated Pest Management (IPM) (Rosen D, 1985).  According to Rice Mahar...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

गाउँ फर्कौ युवा- कविता

गाउँ फर्कौ युवा पढीसकी गाउँ फर्कौ बाबु बुढा भए । विचराले हह माले भन्ने दिन गए ।। पसीनाले भिजाइसके खेत अनि वारी । फर्कौ युवा गाउँ अव भयो...

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS?

WHY DO FARMERS STILL FOLLOW CONVENTIONAL PEST MANAGEMENT METHODS? Conventional pest management refers to the use of synthetic pesticides against pests. It is the old...

Predators in Biological Control of Pest

Predators in Biological Control of Pest Natural enemies are fundamental for the implementation of Integrated Pest Management (IPM) (Rosen D, 1985).  According to Rice Mahar...

Negative Impact of Chemical Pesticide

Negative Impact of Chemical Pesticide Development of resistance in insect: Pests have the intrinsic potential to withstand pesticides and avoid lethality. Continuous exposure and...

16 Different Cultural Methods of Pest Control In IPM

16 Different Cultural Methods of Pest Control In IPM The cultural practices aim at either reducing insect population or inoculums potential of pathogens or preventing...
en English
X