गानोडर्मा च्याउ र औषधीय उपयोग

0
343

गानोडर्मा च्याउ र औषधीय उपयोग

रातोच्याउ सानो, गानोडर्मा, Ganoderma lucidium :

विभिन्न प्रकारका राता च्याउहरू हिमाल देखि तराईका वनमा सर्वत्र पाइन्छ। पृथ्वीमा प्रकृतिको बगैंचा भित्र अनगिन्ती राता च्याउहरू भरिपूर्ण छन् । तितो र टर्रो रूखमा लागेका राता च्याउ अत्यन्त उपयोगी हुन्छन् । सिद्धभूमि र स्वस्थ माटोमा उम्रेका ताजा राता च्याउले अमृत औषधीय कार्य गर्दछ । पारखीहरूले हजारौं स्वास्थ्यवर्द्धक च्याउ छनोट गरी खान्छन् र खुवाउँछन् । जङ्गली जीवन जिउनेहरूले च्याउका प्राकृतिक खेती भेट्टाउँछन् । जब उनीहरूलाई आवश्यक पर्छ, उम्रिदिएका हुन्छन् । भोका रोगीलाई भनेर उम्रेको च्याउ समयमै नटिपिएपछि धेरै च्याउहरू रिसाएर विष भर्छन् । सड्ने समयमा अनियन्त्रित अज्ञात राता च्याउहरूले मृत्युको बासमा पनि पाउँछन। पक्ष नाघेको, महिना पुगका, आकस्मिक ऋतु परिवर्तन भएका, आसपासमा जडीबटीले हेला गरेका रोगको कीटाणहरूका घर बनका इत्यादि दूषित च्याउ नखानुहोस् । हिमालय क्षेत्रमा योगी घमक्कडहरूले अनुसन्धान गरी विशषज्ञ वैज्ञानिकहरूले ल्याब परीक्षण गरेर गुणै-गुण देखा परेको अमृत प्रमाणित भनिएका च्याउहरूल ज्यान जान सक्छ । किनभने हेर्दा-देख्दा राम्रा रङका. खाँदा स्वाद छैदा र बास्ना उस्तै समान पनि विषावण हुन सक्छन् । यसर्थ सावधानीका साथ ध्यानीहरूले ताजा राता च्याउका सेवन गरी सयौँ रोगहरूबाट मुक्त हुनुपर्छ । ताजा पकाएर खाने, सुकाएर धूलो पारी प्रयोग बढाउनपर्छ । निर्दोषवर्गका औषधि चूर्णको साथमा मिसाएर खाँदा सबै रोगमा उपयोगी उपचार हुन्छ । शरीरमा कुनै दोष आउँदैन । स्वस्थ मनल शुद्धता प्रयोग गरिएको अमृत च्याउले विकार वस्तुलाई निष्कासन गर्छ, शरीरलाई सुदृढ र प्रतिरक्षक बनाउँछ, शरीरलाई प्राकतिक तवरले पुनः संरचना गर्न शक्ति प्रदान गर्छ, रातो रक्तसेलले अक्सिजनवाहका बढाउँछ, शरीरलाई चाहिने आवश्यक तत्त्वको आपूर्ति गर्दछ र भिटामिन, प्रोटिन, फाइबर, खनिज पदार्थ दिन्छ, शरीरको विद्युतीय शक्तिलाई सन्तुलनमा राख्छ, अनावश्यक बोसो र रगतको कोलेस्ट्रोल स्तरलाई घटाउँछ, दिमागलाई शान्ति, पुनर्योवन कायम र शक्ति बढाउने काम गर्छ, असामान्य मुटु, कलेजो र मृगौलालाई यसले फाइदा पुयाउँछ । यो च्याउ पकाएर खाँदा कडा नै हुन्छ अर्थात् बल गरी चपाउनैपर्छ । यो च्याउलाई धेरै वर्ष भण्डारण गरेर राख्दा बिग्रँदैन ।

रातोच्याउ गर्मीको, Root Fungus, Ganoderma species :

यो उष्ण क्षेत्र गरम हावापानीका जङ्गलमा पाइन्छ । सुकेको वृक्ष, पुरानो रूख, आक्रामक जलवायु परिवर्तनमा रातो च्याउ उम्रन्छ । यो केही कडा खालको भए पनि पकाएर वा धूलो बनाएर काच्चै खाँदा शक्ति दिन्छ, शरीरलाई पुष्ट पार्छ, रगतशोधन गरी वृद्धि गर्छ, मुटु र मृगौलालाई हित पुऱ्याउँछ, चर्मरोग र अर्बुदलाई फाइदा गर्छ ।

मात्रा : धूलो ५-७ ग्राम ५-७ पटक, ताजा : ३०-५० ग्राम, काँढापानी १/१ माना २ पटक ।

 

रातोच्याउ ठूलो, Root Fungus, Ganoderma applatum:

यो उष्ण तथा समशीतोष्ण जलवायुमा पाइन्छ । यो ३०-५० से.मि. अग्लो छत्री आकारको हुन्छ । यो सुरुमा सेतो र पछि रातो हुँदै सुकेर बस्छ । प्रायः यो पुराना र सुकेका रूखहरूको फेदतिर पाइन्छ । यो धेरै पछि सम्म सुरक्षित राख्न सकिन्छ र पकाएर खाँदा चपाउनु पर्छ अर्थात् कडा हुन्छ ।

औषधीय उपयोग : यसले पेटको घाउ, समस्त रक्तविकार, छालाका रोग, आन्तरिक गतिशील अङ्गहरूको सक्खापन र गाँठा-गिर्खा रहेको साथै संकुचन, विजातीय द्रव्य दोष, जीर्ण कष्टकर अवस्थाको असाध्य रोग, विषादि सेवन र रासायनिक औषधिहरूको कुप्रभाव इत्यादिमा अचुक उपचार गरी सन्चो बनाउँछ ।

मात्रा: ३-५ ग्राम लेदो धूलो, बफाएको २०-३० ग्राम, मिश्रण गरी पकाएको ३०-५० ग्राम ३-५ पटक।

श्रोत: आयुर्वेदिक-जडीबुटी विज्ञान 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here