थोपा सिंचाई प्रविधि र यसको महत्व

0
295

थोपा सिंचाई प्रविधि र यसको महत्व:

कुनै पनि देशको कृषि र आर्थिक विकासका लागि मुख्य आधार भनेका जग्गाजमिन र   जलस्रोतलाई  लिइन्छ| हाम्रो देश नेपाल जलस्रोतको  लागि  धनी देशका रूपमा चिनिए तापनि उपलब्ध भएका जलस्रोत हरूको उचित सदुपयोग तथा व्यवस्थापन हुन नसक्दा अझैपनि देशका विभिन्न स्थानहरुमा पिउने पानीको समेत अभाव भएको पाइन्छ, भने यस्तो अवस्थामा  कृषिजन्य उत्पादनको लागि चाहिने  न्यूनतम  सिंचाइको उपलब्धता समेत  भएको पाइँदैन| यसतो अवस्थामा  जतिसक्दो उपलब्ध भएका पानीका स्रोतहरू को  उच्चतम प्रयोग गर्नुको विकल्प देखिँदैन|सामान्यतया हामीसँग माटो छैन भने पनि hydroponics  प्रविधिमार्फत बिरुवा उत्पादन गर्न सक्छौं, त्यस्तै उपयुक्त हावापानी नभएको अवस्थामा  पनि greenhouse निर्माणगरी कृषिजन्य वस्तुहरुको उत्पादन गर्न सकिएला तर हामीसँग पानी छैन भने यो सबै कुरा सम्भव  हुँदैन|

परिचय:

पछिल्लो समयमा थोपा सिंचाई प्रविधि  एक प्रभावकारी सिंचाइ प्रविधिको रुपमा स्थापित भएको छ| यस प्रविधिमार्फत हामीले विरुवालाई चाहिने पानीका साथै पौष्टिक  तत्वहरुलाई  प्लास्टिक् pipe मार्फत  थोपाको रुपमा विरुवाको जरामा दिने गर्दछौं| यस थोपा सिंचाई प्रविधि बाट कम पानी बाट पनि धेरै बिरुवालाई सिंचाई गरी बढी उत्पादन लिन सकिन्छ | यसरी पानीट्यांकी मार्फत  plastic पाइपहरु बिछ्याई  विरुवाको जरामा पर्नेगरी  पानी तथा  आवश्यक  खाद्य तत्वहरु  दिई थोपाको रुपमा गरिने सिचाईको प्रविधिलाई थोपा सिंचाई प्रविधि भनिन्छ |थोपा सिंचाई प्रविधि प्रयोग गरी ताजा तरकारी हरु जस्तै गोलभेडा, काउली, बन्दा, खुर्सानी, को फलफूल र  फूल साथै अन्न,  कपास जस्ता  कम  दुरीमा रोपिने बिरुवामा पनि गर्न सकिन्छ|

थोपा   सिंचाइको महत्व तथा फाइदाहरु:

  • माटोमा हावा र पानीको अनुपात मिलाउँछ, फलस्वरूप जराले वृद्धिको लागि राम्रो वातावरण पाउँछ र विरुवा राम्रोसँग बढ्छ|
  • जमिनको अधिकांश क्षेत्र सुख्खा हुनेहुँदा पानी वास्पीकरण कम हुन्छ, रोग किरा तथा झारको प्रकोप कम हुन्छ|
  • थोरै पानी बाट बनी धेरै जग्गामा खेती गर्न सकिन्छ|
  • पानीको साथमा बिरुवा लाई चाहिने खाद्यतत्व (मलखाद) प्रयोग गर्न सकिन्छ( fertigation विधिबाट) जसबाट मलखादको सदुपयोग हुनुका साथै बिरुवालाई चाहिएको समयमा खाद्य तत्व उपलब्ध हुन्छ|
  • सुरुमा केही बढी लगानी लगाउनु परेर  खर्चिलो  देखिएपनि पछि सस्तो पर्न आउँछ|
  •  नयाँ प्रविधि भएका कारण युवा पिँढीलाई कृषिमा आकर्षण गर्न सहयोग पुर्याउँछ|
  •  30 -70 % सम्म पानीको बचत हुन्छ|
  • समतल क्षेत्र, पानी कम हुने क्षेत्र, बलौटे तथा  ढुङ्गा मिसिएको माटो भएको क्षेत्रमा समेत सजिलै खेती गर्न सकिन्छ|
  • नुनिलो तथा ढलको पानी समेत सजिलै प्रयोग गर्न सकिन्छ|
  • एउटै बालीबाट लामोसमय उत्पादन लिन सकिन्छ|
  • श्रम समय, पानी ,ईन्धन, खाद्य तत्वको बचत हुनुका साथै उत्पादन बढ्छ|
  • Greenhouse, खुला एवं तरकारी फलफूल, सबै बालीमा उपयुक्त हुन्छ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here