सुन्तलाजात फलफूलमा नर्सरी स्थापना, माउबोट उत्पादन तथा रेखदेख

0
182

सुन्तलाजात फलफूलमा नर्सरी स्थापना, माउबोट उत्पादन तथा रेखदेख

नेपालको पहाडि ५५ जिल्लामा ८०० मिटर देखि १४०० मिटर सम्मको उचाइमा व्यवसायिकरुपमा सुन्तलाजात फलफूलको (स्थानीय जात) खेती गरिदै आएको छ र हालका केही बर्ष यता तराई र भित्री मदेशमा पानी नजम्ने उच्च जमिनमा कागतीको व्यवसायिक खेती शुरु भईसकेको छ ।नेपालमा सुुन्तलाजात फलफूलको उत्पादकत्व १०.७ मे.टन/हे. रहेको छ र संसारको सरदर उत्पादकत्व १४.४५ मे.टन/ हे. रहेको छ।
नेपालमा सुन्तलाजात फलफूलको विरुवाले ५ बर्षको उमेर र कलमी बिरुवाले ३ बर्षको उमेरपछि मात्र फल दिन थाल्दछ । कलमी (सुन्तला, जुनार) बोटले २५ देखि ३० बर्षसम्म व्यवसायिक उत्पादन दिन्छ । सुन्तला र जुनारका कलमी बिरुवा प्रति हेक्टर (२० रोपनी /३० कट्ठामा ) ३०० विरुवा रोेप्न सकिन्छ भने कागती ६२५ कलमी बिरुवा रोप्न सकिन्छ ।सुन्तलाजात फलफूलले प्रति इकाई जमिनमा अन्न बालीको तुलनामा प्रति वर्ष ४ देखि ५ गुना बढि आम्दानी दिन्छ ।
कागती नेपालको मध्य पहाडी तथा तराईका जिल्लाहरुका किसानको आर्थिक बिकास गर्न महत्वपूर्ण भूमिका राख्ने बाली हो । बिगत केही बर्ष यता तराईमा पनि कागतीको खेती सफलताका साथ गरीदै आएको छ। तराईमा यस खेतीको प्रशस्त सम्भावना भएको हुदा बिरुवाको माग पनि बढिरहेको देखिन्छ ।

नर्सरी स्थापना
नर्सरी स्थापना गर्दा ध्यानदिनु पर्ने कुराहरु

 उपयक्त हावापानी र माटो भएको तथा कुहिरो र हुस्सु नलाग्नेस्थान।
 सिचाई सुबिधा भएको तथा पानी नजम्ने र पानीको निकास भएको स्थान।
 यातायात सुबिधा भएको तथा ज्ांगल नजिक भएको ।
 असिना नपर्ने स्थान ।

सिंचाई
नर्सरी बिरुवालाई प्रशस्तै पानीको आबश्यकता पर्दछ ।अतःपानीको श्रोत नजिकै भएका र चैत्र बैशाखमा पनि मुहान नसुक्ने स्थानमा नर्सरीको स्थापना गर्नुपर्दछ। खसगरी बिरुवाहरुलाई कलमी गरेपछि जेठ सम्म सिचाई चाहिन्छ ।

माटो

प्रशस्त मात्रामा प्रांगारीक पदार्थ भएको दुमट खालको माटो र पि.एच. ६ देखि ६.५ भएको माटा राम्रो हुन्छ ।

जलबायु
 समुद्रसतहबाट १००० मीटर माथि राख्दा Citrus Psylla  को क्रियाकलाप नपाईने हुदा ग्रिनिड. रोगबlट बचाउन सकिन्छ ।
 औषत तापक्रम १८ देखि २०°C राम्रो हुन्छ
 घमाइलो (दैनिक ८ देखि १० घण्टा घाम लाग्ने)
 तुसारो नपर्ने तथा असिना नपर्ने
 यदि बिरुवा जालीघरभित्र उत्पादन गर्ने हो भने १००० मीटर भन्दा कम उचाईमा पनि गर्न सकिन्छ ।

नर्सरीको लागि आबश्यक सामाग्रीहरु
सिकेचर, ग्रफ्टिङ नाइफ, प्लाटिक रोल (सेतो), जुट चट्टी , नाप्ने टेप, ट्याग, खुपा, बास, कुटो, कोदालो, बेल्चा,रस्प्रेयरंं।

माउबोट व्यवस्थापन
बिरुवा उत्पादनका लागि सर्बप्रथम् सायन (Scion) तथा रुटस्टकको (Rootstock) आवश्यकता पर्दछ । सायन जाहाँपायो त्याहाँबाट ल्याउदा ग्रिनिङ्ग तथा सिट्रस ट्रिसटेजा (Citrus tristenza) भाईरस तथा अन्य रोगहरु सर्ने भएकोले जालीघरमा लगाएका माउबोटबाट मात्र सायन लिई कलमी गर्नुपर्दछ । कलमी बिरुवाका २ भाग मध्ये जोडाई भन्दा माथिको भाग जसबाट हाँगा बिंगा निस्की फलहरु लाग्दछन यसलाई सायन भनिन्छ । अतः कलमी गर्न जुन बिरुवाबाट सायन प्राप्त गरीन्छ त्यसै बिरुवालाई नै माउबोट भनिन्छ ।

माउबोटमा हुनुपर्ने गुणहरु
 सुन्तलाजात फलफूल अनुसन्धान गर्ने निकायले सिफारीस गरेको
 फल लाग्न थालेको ३ वा ४ बर्ष उमेर भएकाको बिरुवा तथा ग्रिनिड. तथा भाइरस रोग नलागेका बिरुवाहरु
 कत्ले कीरा, लाही, सिला जस्त किरा पुर्ण रुपमा नियन्त्रण गरी हुर्काईएको । यदि किराको प्रकोप भएको क्षेत्र भए जालीघर भित्र लगाईएको बिरुवा ।
 व्यवशायीक बगैंचा भन्दा करीब १ देखी २ किलो मिटर टाढा रोपेको ।

माउबोटको हेरचाह
 माउबोटका लागि स्वस्थ बिरुवा अनुसन्धान केन्द्रबाट ल्याउने
 माउबोट व्यवसायिक बगैचा भन्दा करीब १ देखी २ कि.मी टाढा राख्ने । यदि बगैचाको नजीक भए जालीघर भित्र राखी हुर्काउने ।
 स्केल नियन्त्रण गर्न सर्भो १० एम.एल. र रोगर २ एम.एल प्रति लिटर पानीका दरले मिलाएर १० देखी १५ दिनको फरकमा छर्ने ।
 लाही र सिल्ला पूर्ण रुपमा नियन्त्रण गर्ने ।
 जरा कुहिने रोगबाट बचाउन एन्टीरट १० एम.एल प्रति लिटर पानीका दरले असार साउनमा छर्ने । वा बोेर्डो मिक्चर पातमा छर्ने वा जरामा डेन्चिड. गर्ने ।
 सुख्खा मौसममा सिचाईको व्यवस्था गर्ने ।
 बढिमा १० बर्षमा माउबोटका पुराना बिरुवा हटाई नयाँ बिरुवा रोप्न र तीनबर्ष भन्दा कम उमेरका बिरुवाबाट सायन नलिने ।
 रोगी माउबोट तरुन्तै हटाउने ।

मलदिने तालिका

महिना

कम्पोष्ट डिएपी पोटास मल्टिप्लेक्स

पौष

२५–७५ के.जी.

(उमेर अनुसार)

चैत

१००–३०० ग्राम

(उमेर अनुसार)

१००–३०० ग्राम

(उमेर अनुसार)

५० ग्राम
जेष्ठ

१००–३०० ग्राम

(उमेर अनुसार)

१००–२०० ग्राम

(उमेर अनुसार)

भाद्र १००–३०० ग्राम

(उमेर अनुसार)

१००–२०० ग्राम

(उमेर अनुसार)

५० ग्राम

विरुवा प्रसारण विधि
सुन्तलाजात फलफूल खासगरी बीउ, वानस्पतिक (कटिड., लेयरिड., ग्रफ्टिड.,बडिड.) र टिस्युकल्चरबाट प्रसारण गरिन्छ ।

क. बीउबाट प्रसारण
परिपक्क फलबाट वीउ निकाली वेर्ना उत्पादन गरिन्छ । यो सवैभन्दा सजिलो र सस्तो तरिका हो । सुन्तलाजात फलफूलको वीउहरु विमिरो र भोगटे वाहेक अन्य जातहरु वहुभ्रुणीय हुन्छन्। यसरी उम्रिएका एक थरी विरुवा ठूला हुन्छन, एक नासका देखिन्छन्, छिटो वढ्ने, वलियो, माउवोट संग मेल खाने र भाइरस जस्ता विषाणुबाट मुक्त हुन्छन्, यस्ता विरुवालाई न्यूसेलार विरवा भनिन्छ जुन गर्भासयको भित्ताबाट विकसित हुन्छन् । यसरी क्रस भई उत्पादन भएका विरुवाहरु माउ वोटसँग मेल खाँदैन । त्यसैले वीउबाट उत्पादित वेर्नामा न्यूसेलर वेर्ना नै उत्तम हुन्छ ।

फाईदाहरु
 वोट विस्वाहरु सजिलो कम खर्च लाग्ने र धेरै वर्षसम्म बाँच्दछन्।
 वर्णसंकर जात विउबाट नै निकालिन्छ ।
 मूलवृत वनाउनु वीउबाट सजिलो हुन्छ ।

वेफाईदाहरु
 माउवोट बाट विरुवाहरु भिन्नता हुन्छन्, त्यसैले आफूलाई चाहेको गुणहरु प्रसारण गर्न मुस्किल पर्छ।
 वेर्नाहरु ढिलो फल्ने, रोग तथा कीराको प्रकोप सहन सक्ने क्षमता कम हुन्छ ।
 वोट ठूलो हुन्छ र काँडा वढि हुन्छ जसले गर्दा काँटछाँट गर्न, औषधी छर्न, फल टिप्न आदि कार्य गर्नमा अप्ठ्यारो पर्दछ ।

ख . कलमीगर्ने मुख्य विधिहरु

१. सुटटिप ग्राफ्टिङ (Shoot tip grafting)
रुटस्टकको टुप्पा हटाएर त्यसैअनुसारको सायन जोडेर बिरुवा उत्पादन गर्ने प्रविधिलाई सुटटिप ग्राफ्टीङ भनिन्छ ।
 उपयुक्त समय पुष देखि माघ महिना
 रुटस्टकको टुप्पालाई सिकेचरले १५ देखि २० से.मी माथिबाट काट्ने र कम्तीमा २ आखा भएको सायन छान्ने र वडको विपरितबाट २.५ देखि ३ से.मी. लामो गरी ४५° को कोणमा ताछ्ने ।
 त्यसै गरी रुटस्टकको टुप्पामा पनि सायनसँग मिल्ने गरी ताछ्नु पर्दछ ।
 ताछिएको सतहहरु क्याम्वीयम लेयर राम्रोसँग मिल्ने गरी राखेर प्लाष्टीक वा टेपले तलबाट वाँध्दै ल्याउनुपर्दछ। फिता वेर्दै ल्याउँदा हरके फन्कामा तल्लो फन्को खप्टिएको हुनु पर्दछ र अन्तिम फन्कोे बुढिऔला मुनीबाट फसाएर गाँठो पारिन्छ ।

सुटटिप तरीका

२. भिनियर ग्राफ्टीङ (Veneer grafting)
रुटस्टकको टुप्पा हटाएर र नहटाएर सायन जोडेर बिरुवा उत्पादन गर्ने प्रविधिलाई भिनियर ग्राफ्टीङ भनिन्छ ।
 उपयुक्त समय पुष देखि माघ महिना
 सायनको टुप्पातिर (उल्टा पट्टी) करिव ४५° कोणमा २ से. मी. जति छड्के पारेर ताछ्नु पर्दछ ।
 त्यसपछि रुटस्टकलाई १५ देखि २० से.मी उचाइमा काटी टुप्पो हटाउनुपर्दछ।
 व्यासको एक तीहाई भागमा चक्कु राखि तलतिर काट्ने र काटेको भाग ४५० कोणमा अर्को छड्केकाटी ूखू आकारको बनाई हटाउनु पर्देछ ।
 यसपछि सोहिअनुसारको सायन तयार गरि रुटस्टकमा सायन को क्याम्बीयम लेयर संग मिल्ने गरि जोड्नुर टेप वा प्लास्टीकको फिताले हावा नछिर्ने गरि बलीयो संग बांधिदिनुे पर्देछ। एउटा हांगामा ३, ४ वटा जातको सायन जोड्न पनि सकिन्छ ।

भेनियर तरीका

३. टि वडिङ (T- Budding)
 उपयुक्त सायनबाट आँख्ला निकालेर रुटस्टकमा जमीनको सतहबाट करिब २० से.मी. माथि बाट टुप्पा हटाई जोडिन्छ ।
 उपयुक्त समय भाद्र महिना
 लाग्ने चक्कुले रुटस्कमा १.५ से.मी. जती तेर्साे काट्ने (वोक्रा) । त्यस पछि चक्कुको टुप्पोले ३ से.मी. जती ठाडो चिरा लगाउने र वोक्रालाई विस्तारेै दायाँ र वायाँ उप्काउने (क्यम्वीयम कोषलाई नोक्सान नगरी)।
 त्यसपछि सायनबाट आँखा झिकि पातको भेट्नुमा समातेर आँखा वाहिर प्रष्ट देखिने गरी रुटस्टकको वोक्रा मुनी घुसाउनु पर्दछ । त्यस पछि प्लाष्टिकको फिताले वा टेपले आँख्ला नचेपिने गरी तल्लो भागबाट वाँध्दे लैजानु पर्दछ । कलमी भागलाई कसेर वाँध्नु पर्दछ तर आँख्ला थिच्नु हुनुहुदैन। यसरी वाँधिसके पछि करिव १ महिना पछि आँख्ला पलाएर पात आउँछ र सायनको टुप्पा हटाउनु पर्दछ।

३ तन्तु प्रसारण (Tissue culture)
यसलाई टिस्यु कल्चर (Tissue culture) पनि भनिन्छ । यस बिधिमा बिरुवाको पात, हाँगाको टुप्पो, जरा, प्रयोग गरी पूर्ण बिरुवा तयार हुन्छ । यो बिधि भाडोभित्र बिरुवालाई खाद्यतत्व दिई हुर्काईन्छ ।जरा, काण्ड तथा हाँगाबिगा भएपछिबिरुवालाई बिस्तारै माटोमा रोपी बाहिरी बातावरणमा धुलमेल गराईन्छ ।
फाईदा
 छोटो समयमा धेरै बिरुवा उत्पादन गर्न सकिन्छ रप्रतिकुल मौसमले असर गर्दैन ।
 स्वस्थर भाईरसमुक्त बिरुवा उत्पादन गर्ने सकिन्छ ।
बेफाईदा
 प्रविधि महंगो छ र धेरै ज्ञानको आवश्यकता पर्दछ ।

कलमी बिरुवाको रोपाई

बिरुवा रोप्नु भन्दा करीब १ महिना अगाडि राम्रोसंग खनजोत गरी २० देखि २५ टन कम्पोष्ट मल प्रति हेक्टरको दरले रार्खी जमिनबाट १० से.मी माथि उठार्ई तयार गर्नु पर्दछ ।

नर्सरी बेडको चौडाई ६० देखि ७५ से.मी हुनु पर्दछ भने लम्बाई गरा हेरी राख्नु पर्दछ र दुई बेडको बीचमा करीब ५० से.मी. खाली ठाउँ राख्न पर्दछ (गोडमेल गर्न) ।

बिरुवा रोप्ने राम्रोसंग तयार गरेका बेडमा कलमी गरेपछि बिरुवा तुरुन्तै रोप्नु पर्दछ । बिरुवा करीब ८ देखि १० से.मी दुरीमा रोप्नु राम्रो हुन्छ । रोपेपछि तुरुन्तै सिंचाई गर्नु पर्दछ रबेडमा टनेल बनाई जुटले कभर गर्नु पर्दछ । त्यसपछि जुटलाई भिज्ने गरी फेरी पानी दिनु पर्दछ रजुट भिजेपछि तुरुन्त सेतो प्लाष्टिकले चारैतिरबाट भित्र हावा नपस्ने गरी छोप्नु पर्दछ ।

बिरुवा रोपेको करीब १हप्तासम्म दिनदिनै जुट जुटलाई भिज्ने गरी, त्यसपछि१ महिनासम्म २ वा ३ दिनको फरकमा पानी दिनु पर्दछ र करीब डेढ महिना पछि जोडाई लगभग पुरा हुने हुदा १ महिना पछि ५देखि७ दिनको फरकमा चिस्यान हेरी पानी दिनु पर्दछ रटनेलको आद्रता ८५ प्रतिशत भन्दा माथि राख्नु पर्दछ ।

बिरुवाको रेखदेख
सकर (Sucker) र झारपात हटाउने
सकरले बिरुवाको संचित खाना खाईदिने हुदा शुरुमा ४ देखि ५ दिनको फरकमा भने बिरुवाको उमेर बढ्दै जादा १० देखि १५ दिनको फरकमा हटाउनु पर्दछ ।कलमी सफल भैसकेपछि पनि सकरहटाउनु पर्दछ , नहटाएमा सायन मर्न जान्छ ।
१ हप्ताको फरकमा गोडमेल गर्नु पर्दछ भने चैत्रमा टनेल हटाएपछि १५ देखि २० दिनमा झरपात हटाउनु पर्दछ ।

टपड्रेस (top dressing) गर्ने
करीब ४ महिनाका बिरुवा भएपछि राम्रोसंग कुहिएको कम्पोष्टमल १ के.जी प्रति ३० बोटका दरले टपड्रेस गर्नुपर्दछ ।

बन्धन हटाउने
कलमी बिरुवाको बृद्धि छिटो हुदा बन्धन नहटाएमा भित्र गाडिन गई सायन भाँचिन सक्दछ ।करीब ४ महिना पछि वा अवस्था हेरी सायन र रुटस्टक बाधेको बन्धन हटाउनु पर्दछ।

टनेलको मुख खोल्ने र कभर हटाउन
टनेलको तापक्रम चैत्रपछि बढेर बिरुवाको पात डढ्ने वा पुरै बिरुवा मर्न जान्छ, त्यसैले दिउसो टनेलको २ साईड खोलीदिनु पर्दछ ।बैशाख, जेठमा पुरै कभर हटाउनु पर्दछ रबैशाख र जेठमा असिनाको सम्भावना टरेपछि जुट चट्टि हटाउनु पर्दछ।

किरा नियन्त्रण

लिफ माईनर (leaf miner): चैत्र देखि असोजसम्म बढि देखिन्छ । यसले पातमा बाड्गोटिड.गो सुरुड.बानाई पात खाने गर्दछ । नियन्त्रणः मालाथियन २ एम.एल प्रति लिटर पानीमा मिलाएर पातमा एक हप्ताको फरकमा छर्ने ।

खपटे पात खाने किराः यो चैत्र बैशाखबाट देखा पर्दछ । यसले पात प्वाल प्वाल पारी खाने गर्दछ । नियन्त्रणः रोगर १.५ एम.एल प्रति लिटर पानीमा मिलाएर पातमा एक हप्ताको फरकमा छर्ने ।

सुन्तलाको पुतलीको लार्भाः चैत्र देखि असोजसम्म बढि देखिन्छ । यसले पात पुरै खाई नोक्सान गर्छ । नियन्त्रणः मालाथियन २ एम.एल प्रति लिटर पानीमा मिलाएर लार्भा देखिनासाथ पातमा छर्ने ।

लाहीः यो किराले पात तथा डाढ चसेर खान्छ । नियन्त्रणः रोगर १.५ एम.एल प्रति लिटर पानीमा मिलाएर पातमा किरा देखिएपछि छर्ने ।

रोग नियन्त्रण

डेम्पिड. अफ(Damping off): यो बिउ उपचार गरी रोपेमा नयाँ बेर्नामा यो रोग लाग्दैन ।

सुन्तलाको ब्लाईटः असार साउनमा कलमी बिरुवाको पात तथा हाँगामा लाग्दछ ।

नियन्त्रणः रोको, बेभिष्टीन वा डईथिनयम ४५वा डाईथेन जेड ७८ २ एम.एल प्रति लिटर पानीमा मिलाएर रोग देखा पर्नु भन्दा अगाडि छर्ने ।

पउडरी मिल्ड्यः बार्षा शुरु भएपछि कलिला पात तथा डाँढमा देखा पर्दछ।

नियन्त्रणः सल्फेक्स वा ईन्सफ २ ग्राम प्रति लिटमलाईर पानीमा मिलाई १० दिनको फरकमा पात तथा डाँढमा छर्ने ।

नर्सरी स्थापनाको केही तस्बिरहरु

   रुटस्टकमा राम्रोसंग मिल्नेगरि सायन राखेको

सायन र रुटस्टकलाई प्लाष्किको बन्धनले बाँधेका

बिरुवारोपाइ

असिनाबाट बचाउन जुटले छोपेका

लेखक
बसन्तराज श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here