बोर्डोमिश्रणको: परिचय,बनाउने तरिका तथा प्रयोग विधि

0
666

बोर्डोमिश्रणको: परिचय,बनाउने तरिका तथा प्रयोग विधि

परिचय:

बोर्डोमिश्रण (Bordeaux mixture) पानी, निलोतुथो (CuSo4) र चुन (Ca(OH)2) मिसाएर बनाइएको एक प्रकारको जैविक ढुसी नासक बिषादी  हो | यसलाई बोटबिरुवामा प्रयोग गरिने सुरक्षित दूसीनासक बिषादी को रुपमा लिइन्छ|

बोर्डोमिश्रण बनाउने आवश्यक सामग्रीहरू:

  1. निलोतुथो
  2. काँचो चुन
  3. पानी
  4. प्लास्टिकको बाल्टी
  5. चक्कु
  6. घोललाई चलाउने वस्तु

बोर्डो मिश्रण बनाउने तरिका:

बोर्डो मिश्रण बनाउँदा आफूलाई आवश्यकता परे अनुसार एक लिटर पानीका लागि 10 ग्राम निलोतुथो 10  ग्राम  चुन  लिने| चुन र निलोतुथोलाई  छुट्टा छुट्टै भाँडोमा केही पानी राखी घोलेर राखिदिने| यसरी चुन तथा निलोतुथोको पानीमा राम्रोसँग  घुलिसकेपछि अर्को बाल्टीमा खनाएर घोल तयार पार्नु पर्दछ| यसरी खन्याउँदा दुइजना मानिसले निलोतुथो चुनको घोललाई छुट्टाछुट्टै खन्याउँदै गर्ने र अर्को एकजना मानिसले त्यसलाई काठको  सहायताले राम्रोसँग चलाउने| यसरी बनाउँदा  घोल  बिग्रन पाउँदैन र बोर्डो मिश्रण गुणस्तरीय बन्छ|

ध्यान दिनुपर्ने कुराहरु:

  • बोर्डो मिश्रण बनाउँदा धातुको भाँडाहरु प्रयोग गर्नुहुँदैन|
  • तयारी  घोलको pH 7/तटस्थ हुनुपर्छ|
  • तयार गरेको 24 घण्टाभित्रै बोर्डोमिश्रण प्रयोग गर्नुपर्दछ|
  • पानी निलो तुथो र चुना को सही मात्रा मिलाई मिश्रण तयार पार्नुपर्छ|
  • धेरै काम लागेको समयमा बोर्डोमिश्रण को प्रयोग गर्नु राम्रो हुँदैन|

बोर्डो मिश्रण तयार भएको पत्ता लगाउने तरिका:

यसको लागि खिया नलागेको सफा फलामको भाँडोलाई  बोर्डो मिश्रणको घोलमा डुबाउने र हेर्ने यदि भाँडोमा खिया लागेको जस्तो खैरो रङ आएमा चुन थप्दै जाने र चेक गर्दै जाने पछि चेक गर्ने भाँडो सफा भएमा (खिया लागेजस्तो नभएमा) बोर्डो मिश्रण तयार भयो भनी बुझ्नु पर्दछ|

कुनकुन बालीमा प्रयोग गर्न सकिन्छ त ?

बोर्डो मिश्रण विशेष गरी डाउनी मिलडिउ, पाउडरी मिलडिउ र अन्य ढुसीजन्य रोगहरूको रोकथामका लागि प्रयोग गरिन्छ| जस्तै: आलु तथा टमाटरको काण्ड तथा हागामा लाग्ने डढुवा,आरुको पात खुम्चिएको अवस्थामा, तरकारी फलफूल तथा फूलहरूमा  ढुसीजन्य रोगहरु लागेको अवस्थामा बोर्डो मिश्रण प्रयोग गर्न सकिन्छ|

                                                                                                                          लेखकअर्जुन न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here