तीतेकरेला खेती र यसको उपयोगिता

0
575

तीतेकरेला खेती र यसको उपयोगिता

 

परिचय

तीतेकरेला लहरेबाली समुह वा फर्सीबाली समूहको तरकारी हो। यो नेपालमा नगदे बालीकालागि पनि खेती गरिन्छ। यो बाली नेपालको मध्धपहाड देखि लिएर तराईसम्म आयुर्वेदिक, खनिज, भिटामिनका रूपमा सफलतापूर्वक खेती गरिन्छ।


सामान्य नाम : तीतेकरेला

वैज्ञानिक नाम : Momordica charantia

उत्पति : एशिया


खेती कसरी गर्ने:-

मौसम र माटो:-

करेला गर्मी तथा न्यानो मौसमको बाली भएकाले तुषारी खप्न सक्दैन।तराई देखि १५०० मिटर उचाई र २० देखि ३५ डिग्री सेन्टिग्रेड तापक्रम भएको क्षेत्रमा बढी उपयुक्त हुन्छ। राम्रो सीचाई सुविधा भएको क्षेत्रहरूमा चैत्र/वैशाख अवधिमा खेती गर्न सकिन्छ।सरदर २५ डिग्री सेन्टिग्रेड देखि ३५ डिग्रीसेन्टिग्रेडको तापक्रम बोटको वृदी तथा फल लग्नको लागि उपयुक्त हुन्छ।१२ डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भएमा बिउ उम्रदैन र बोटको वृदी पनि राम्रो हुदैँन। ३८ डिग्री सेन्टिग्रेड भन्दा माथिको तापक्रममा फल लाग्दैन।

यो सबै प्रकारको माटोमा खेती गर्ने सकिन्छ तर पदार्थ सामग्री र राम्रो पानी निकास प्रणालीमा साथ बलौटे दोमट माटो यसबालीका लागि उत्तम हुन्छ। ६-७ को पी.एच. सिफारिस गरिन्छ जहाँ अम्लीय र क्षारीय माटो दुबैले यसबालीको उत्पादनमा प्रभाव पार्दछ।

जातहरू:-

      • नेपालमा खेती गरिने जातहरु मध्ये कोयम्बटोर लङग् , हरियो करेला सबैभन्दा प्रचलित जात हुन।
      • पाली, एन‌.एस ४३३ , एन.एस ४३४
      • चन्द्र, लक्ष्मी ५५५, पिपल
      • शिव, गंगा, हिरा, सेती ४४४
      • कोमल, समृदि, चमन

कसरी गर्ने जग्गा तयारी :-

जमिनलाई २-३ पटक राम्ररी खनजोत गरी माटो खुकुलो तथा बुरबुराउँदो बनाई २-५ मिटर चौडा ड्याङ र दुई ड्याङको बीचमा सीचाइ गर्ने बढी भएको पानी निकासी गर्ने र हिलडुल गर्ने ५० से.मि चौडा र १५ से.मी गहिरो कुलेसो बनाउनुपर्दछ।

रोपने समय र बिउ-दर :-

ठाउँहरू सिजन ब्सिजन
मध्येपहाड फाल्गुन- वैशाख पौष – माघ
तराई माघ – वैशाख कार्तिक – माघ

 

बिउदर प्रति रोपनी २०० ग्राम हुनुपर्छ। बिउ सीधा खेतमा छर्न पनि सकिन्छ वा पोल्थिन झोलामा बिरुवा हुर्काउन पनि सकिन्छ।सामान्यत जाडो मौसममा पोल्थिन्झोलामा तातो बनाएर बिउको बिरुवा हुर्काउनु पर्छ। पोलथिन झोलामा ४ ओटा प्वालहरु बनाई बलैटे माटो भर्ने र माटो र बालुवा २:२:१ अनुपातमा करेलाको दानालाई बोतलमा हल्का तातो पानीमा २४ घण्टा डुबाउने। २/२बिउ प्रत्येक पोलथिन्झोलामा फलाउने र सिचाई गर्ने। दिनको समयमा बीउको प्लास्टिक बाहिर निकालदिने। बिरुवा ४-५ दिन पछि तयार हुन्छ।

मलखादको व्यवस्थापन कसरी गर्ने :-

एक रोपनी क्षेत्रफलको लागि ७५०- १००० के.जी गोबर मल,  ५ के. जी यूरिया, ४ के. जी डि.ए.पी र २ के.जी पोटासको आवश्कता पर्दछ।बेर्ना सारेको २५ देखि ३० दिनपछि र फूलफुल्न सुरु भएपछि बोटको वरिपरि प्रति बोट ५ ग्राम (करिब २-२.५ चियाचम्चा) यूरिया मल दुईपटक हाल्नु पर्दछ।

कसरी रोप्ने :-

सुख्खायाममा एक हारबाट अर्को हारको दूरी २०० से.मी र बोट बाट बोटको दूरी १०० से.मी र वर्षायाममा एक हार बाट अर्को हारको दूरी २०० से.मी र बोट बाट बोटको दूरी २०० से.मी हुने गरी तयार गरिएको खाडलमा जरा नखलबलिने गरी प्लास्टिक हटाईमा टोको ढिक्का सहितको बेर्ना खाडलमा रोप्नुपर्दछ। वर्षमा गरिने खेतीमा सोझै बिउ रोपिन्छ।

रोपाई पछिको हेरचाह :-

करेलाको बेर्ना सार्न बितिकै हजारीले हलका सिचाई दिनुपर्दछ। बेर्ना सरेपछि सिचाई गर्दा कुलेसोमा मात्र पानी दिनुपर्दछ। लहरा छुट्न थालेपछि बोटको वरिपरि अलिकति हलका माटो चढाईदिनु पर्छ। करेलालाई थाक्रा दिनुपर्छ। थाक्रा दिँदा जमिनबाट ५-७ फिट माथि मचान जस्तो बनाई लहरा दायाँ बायाँ फैलिन दिनाले फल धेरै लाग्छ र फलटिप्न सजिलो हुन्छ।बिना थाक्रा पराल वा घाँसको छापो प्रयोग गरेर पनि बढी उत्पादन दिएको पाइएको छ।

फल कसरी टिप्ने र उत्पादन :-

रोपेको ७० दिनपछि फल कटाउन तयार हुन्छ। करेलाको फल सकेसम्म घाम नलागेको बेला बेलुका वा बिहान पानी नपरेको समयमा टिप्न उपयुक्त हुन्छ। ४-५ दिनको फरकमा फल टिप्दै जानु पर्दछ। फल टिप्ने बेलामानै घाउ, चोटपटक र दागलागेका वाङ्गाटिङ्गा वा पंहेलिएका फलहरू छुट्टै राख्नुपर्दछ। छनौट गरिएका फलहरुलाई हावा छिर्ने बाँसको टोकरी, डोको, प्लास्टिक झोलामा प्याकिङ गर्नुपर्दछ।

जात, मौसम र खेती व्यवस्थापनमा आधारमा एकरोपनी जमिनबाट ५००- १००० के.जी करेलाको कलीला फल उत्पादन गर्ने सकिन्छ।

बालीसंरक्षण:-

रोग व्यवस्थापन

पाउडेरी मिहडयू/ डाउनी मिहडयू:-

      • झारपात हटाएर र बिरुवाको बोटको भागहरु नष्ट गरेर सफा राखने
      • Dinocap 48, Carbendazim 50wp छर्ने (०.५- १ मी.ली प्रति लिटर पानी )
मोसाइक भाइरस :-
      • संक्रमित बोट बिरुवाहरु उखालेर नष्ट गर्ने
      • स्वस्थ रोप्ने सामग्रीको प्रयोग गर्ने
पातमा दाग:-
      • Streptocycline (400 ppm र bordeaux mixture) मिसाएर छर्ने

 

कीट व्यवस्थापन:-

खपटेकीरा:-

यसले पातको सतहको हरियो भाग कोरेर खान्छ र पातमा जाली जस्तै नसा देखिन्छ।यसको व्यवस्थापन गर्न मेटासिष्टक्स वा रोगर वाडेसिस २मि.ली प्रति लीटर पानीमा मिसाएर फूल फुल्न भन्दा पहिले र फूलफुले र फल लाग्ने बेलामा नुभान ०.५ मी.ली प्रति लीटर पानीमा मिसाई छाड्नुपर्छ।

फल कुहाउने झिँगा :-

फेरोमन ट्रयापमा क्यूलुर नामक पदार्थ राखने जसको गन्ध वा वासना पोथीको जस्तो आउँदछ र भालेहरू आकर्षित भै त्यस ट्रयापमा पर्दछन र त्यसमा राखेको मालाथायन वा नुभान (५ – ७ थोपा) जस्ता विषादीको असरले तिनीहरू मर्दछन्।

उपयोगहरु:-

आयुर्वेदिक महत्त्व:-

        • पेट सम्बन्धित रोगको उपचारका लागि
        • भोक बढाउने
        • ज्वरो आएको बेला भोक र स्वाद बढाउनेकोलागि

भिटामिन र खनिज:-

        • प्रशस्त उपस्थितिमा भिटामिन ए र सी पाइन्छ
        • खनिज जस्तै क्याल्शियम र फस्फोरस पाउँछ
        • उच्च रक्तचापको र मधुमेह बिरामीका लागि धेरै उपयोगी छ

नोट :- कम रक्तचाप भएकाले प्रयोग नगर्नुहोला

लेखक – शिव बोहरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here