कुरिलो खेती प्रविधि

0
533

कुरिलो खेती प्रविधि

परिचय

कलिलो टुसाको लागी खेती गरिने बहुवर्षिय तरकारी बाली हो कुरिलो । Aspargaceae परिवार अन्र्तगत पर्ने यो बालीको वैज्ञानिक नाम Asparagus officialis हो । पौष्टिक तत्वले  भरिपूर्ण हुने भयको हुँदा यसबाट हामिहरुले विभिन्न स्वास्थय लाभ लिन सक्छौँ । यसको कलिलो टुसाको तरकारी अतीनै स्वादिष्ट हुने र सलादको रुपमा समेत प्रयोग गर्न सकिने भयको हुँदा अहिले शहरी क्षेत्रमा यसको माग बढिरहेको छ । माग बढे संगै अहिले यसको काभ्रे, ललीतपूर, काठमाडौँ, धादिङ, मोरङ,कास्की आदि जिल्लामा व्यवसायिक खेती सूरु गरिएको छ।

कुरिलोको वृद्धि र विकास

कुरिलो लगाइयको जमीन मुनि नरम, चिल्लो र रेसादार जराहरुको भाग हुन्छ जसलाई हामि क्राउन भन्दछौँ । यो कुरिलोको बहुबर्षिय अङ्ग हो । कुरिलाको जराहरुमा एक प्रकारको डाँठ विकास भएर क्राउन तयार हुने गर्दछ । एक वर्ष पुरानो क्राउनहरु बालि बिस्तारको रुपमा प्रयोग गर्न सकिन्छ ।

साथै फलमा लागेको गेडाबाट पनि यसको प्रसारण गर्न सकिन्छ । एक हेक्टर जमिनमा खेती गर्नको लागी ३–४ केजी बिजको आवश्यकपर्दछ । पहाडमा खेती गर्नूपरेमा चैत–वैशाख र तराईमा खेती गर्नू परेमा भदौ – कार्तिक महिना उचित मानिन्छ । यसलाई नर्सरीमा बिरुवा तयार गरेर पनि रोप्न सक्छौ । यसको लागी बिरुवा २–३ महिना नर्सरीमा हु्र्केको हुनु पर्दछ । क्राउनको हकमा भने एक बर्ष पुरानो क्राउन रोप्नु पर्दछ । क्राउन खन्दा २० से.मी गहिराई बाट खन्नुपर्दछ र रोपिसकेपछि २–३ से.मी माटोेले पूर्ण रुपमा ढाक्नु पर्दछ ।

रोप्ने दुरी

१. सिधै बिउ छर्नको लागी :

  • बोट देखि बोटको दुरी ४–५ से.मीे हुनुपर्दछ ।
  • लाईन देखी लाईनको दुरी ३० से.मी हुनुपर्दछ ।

२. नर्सरीदेखी सारेको बिरुवाको लागी :

  • बोट देखि बोटको दुरी  ५० से.मीे हुनुपर्दछ ।
  • लाईन देखी लाईनको दुरी ६०–७५ से.मी हुनुपर्दछ ।

३. क्राउनको लागी :

  • क्राउनलाई १५–२० से.मी गहिराईमा रोप्नुपर्दछ ।
  • क्राउन देखी क्राउनको दुरी ६० से.मीे हुनुपर्दछ ।
  • कुलेसो देखी कुलेसो १.५–२ मीटर हुनुपर्दछ ।

हावापानी र माटो

कुरिलो खेतीको लागी न्यानो र समसीतोष्ण हावापानी राम्रो मानिन्छ । यसको कलिलो टुसा उत्पादनको लागी १५–१८ डिग्री सेल्सियस तापक्रम उचित हुन्छ । सुषुप्त अबस्थामा रहन १० डिग्री सेल्सियस भन्दा तलको तापक्रम २–३ महिनाको लागी आवश्यक पर्दछ । आर्थिक लाभका लागी यसको खेती समून्द्र सतह देखी १००० मिटर उचाई माथी प्रभावकारी मानिन्छ । प्रशस्त मात्रामा प्राङ्गारीक मल भएको खुकुलो बलौटे दोमट माटो यसको लागी राम्रो हुन्छ । माटोको पिएच मान ६ देखी ७.५ हुनुपर्दछ ।

मलखाद व्यवस्थापन

कुरिलो रोप्नुभन्दा पहिले जमिनलाई राम्रो सँग ३–४ पटक खनजोत गरी झारपात हटाउनूपर्छ र ३०–४० टन कम्पोस्ट मल प्रती हेक्टरका दरले हाल्नुपर्छ । माटोको उर्बर शक्ती हेरेर प्रती हेक्टर ८० कीलो नाई्रट्रोजन, ६० कीलो फस्फोरस र ४० कीलो पोटास हाल्नुपर्छ । पोटास र फसफोरस पुरा मात्रा बाली लगाँउदा प्रयोग गर्न सकिन्छ भने नाईट्रोजनलाई तपसील बमोजीम ४–५ पटक सम्म टुक्रायर प्रयोग गर्नूपर्दछ ।

  • पहिलो मात्राः बाली लगाँउदा
  • दोस्रो मात्राः बाली लगाको २०–२५ दिन पछि
  • तेस्रो, चौथो र पाचौँ : लगातार बाली लगिसकेपछि

सिँचाई

पहिलो सिँचाई बाली लगाँदा दिनुपर्छ र त्यसपछि १०–१५ दिनको फरकमा माटोको चीसो पन हेरेर दिनुपर्दछ । चिम्टाईलो माटो छ भने थोरै पानी आवश्यक पर्दछ ।

बाली लिने अवस्था

क्राउन अथवा बेर्ना रोपेको ६ महिनामै टुसाहरु पलाउन थाल्छन् तर एक बर्ष नहुँदा सम्म भने उत्पादन लिन हुदैन । यसरी छाडियका टुसाहरुबाट बोटको राम्रो झाङ फैलिन्छ र बिरुवा स्वस्थ पनि हुन्छ । पहिले पलायको टुसाहरु हुर्कन दिएमा क्राउनको खाद्य पर्दाथमा वृद्धि हुने र आउने बर्ष देखी धेरै टुसा पलाउने गर्दछ । त्यसैेले यसको उत्पादन दोस्रो बर्षबाट लिन सुरु गर्नुपर्दछ । यसको औसत उत्पादन ४–१७ टन प्रती हेक्टर हुने गर्दछ ।

रोग र किराको नियन्त्रण

१. किरा

क. कुरिलाको खपटे किरा

  • यसले टुसा र पातहरुमा हानी गर्दछ ।

रोकथाम

  • किराले नष्ट गरेको पातहरु हटाउने ।
  • मालाथियन (०.१ %) बालीमा छरकने ।

ख. सुनौलो खजूरो

  • यसले जमिन मुनी रहेको टुसामा सानो गोलो प्वाल पारी त्यसलाई खान अयोग्य गराउँछ ।

रोकथाम

  • नष्ट भएको भाग हटाउने ।
  • जमिनलाई पानीले भिजाउने ।
२. रोग

क. सिन्दुरे ढुसि

यो रोग लागेमा बिरुवाको पात, डाँठ र हाँगामा साना साना रातो–पहेलो धब्बाहरु देखिन्छ र पछि गएर यी धब्बाहरु

रातो–खैरो धब्बामा परिनत हुन्छन् । यो रोग लागेमो बिरुवाको माथिल्लो भाग मरेर जान्छ ।

रोकथाम

  • रोग प्रतिरोधात्मक शक्ति बडि भएको जातको बिरुवा(जर्सी नाईट, जर्सी सुपरिम) रोप्नुपर्दछ ।
  • रोग लागेको बोट जराबाटै उखेलेर जलाउनुपर्दछ ÷नष्ट गनूपर्दछ ।
  • ०.२ % डाइथेन एम–४५ अथवा ०.२ % डाइथेन जेट–७८ प्रयोग गर्नूपर्दछ ।

लेखक:

गोकर्ण शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here