अम्लीय र क्षारिय माटोको सुधार किन र कसरी?

0
503

अम्लीय र क्षारिय माटोको सुधार किन र कसरी?

परिचय:

वैज्ञानिक शब्दमा भन्नुपर्दा अम्लीयपना भन्नाले माटोमा हाइड्रोजन आयन को सक्रियता भन्ने बुझिन्छ| सामान्य भाषामा माटोमा हाइड्रोजन आयन बढ्दै गएपछि माटोको pH घट्छ जसलाई हामी अम्लीय माटो भन्दछौं| पि .एच मान 1 देखि 14 सम्म हुन्छ| तर साधारणतया खेतीयोग्य जमिनमा  माटोको पी .एच 4 देखि 9 सम्म हुन्छ| pH  मान 6.5 पाँचदेखि 7.5  सम्म भएको माटोलाई हामी  तटस्थ माटो भन्दछौं, भने 6.5 भन्दा तलको माटोलाई अम्लीय र 7.5 भन्दा माथिको माटोलाई क्षारीय माटो भन्दछौं|  अम्लीयपनले माटोको रासायनिक र जैविक गुणमा प्रभाव पार्दछ| यसले बिरुवाको जराबाट विभिन्न खाद्य तथा अखाद्य तत्त्वहरूको उपलब्धतामा असर गर्नुका साथै माटोमा रहेका सुष्म जीवहरूको क्रियाकलापमा समेत अन्तर ल्याउँछ| जुनसुकै ठाउँमा पनि कुनै बोटविरुवा हुने वा नहुने मा माटोको पी. एच. नै प्रमुख निर्धारक बन्दछ|

माटोको अम्लीयपनाले पार्ने प्रभावहरु:

  1. सूक्ष्म जीवको क्रियाकलापमा अवरोध:

धेरैजसो उपयोगी सुष्मजीवहरु  तटस्थ माटोमा क्रियाशील हुन्छन्| यदि माटोको पीएच बढि अम्लीय भएमा ती सुष्म जीवहरूको क्रियाकलाप घट्छ भने ,कुनै हानिकारक सुष्म जीवहरूको क्रियाकलाप बढ्न  सक्छ| जस्तै माटो अम्लीय भएमा Cruciferae जातका काउली, बन्दा तथा रायो जस्ता बालीमा जरामा  गाँठे  रोग(Club Root Disease) गराउने सुष्मजीवहरु बढावा मिल्छ र यसले प्रकोपको रुप लिन्छ|

  1. खाद्य तत्वको उपलब्धतामा असर:

माटोको पी.एच ले बाली बिरुवाको वृद्धिमा प्रत्यक्ष असर नपरे तापनि यसले खाद्य तत्वको उपलब्धतामा ठूलो असर गर्छ| 6 देखि 7.5 सम्म हुँदा बोटबिरुवाका सबैजसो खाध्य तत्वहरु राम्ररी प्राप्त हुन्छन्| तर पि.एच  घट्दै जाँदा वा अम्लीयपना बढ्दै जाँदा क्याल्सियम, म्याग्नेसियम को उपलब्धता घट्दै जान्छ  र pH  अझै घट्दा मुख्य खाद्य तत्व हरु नाइट्रोजन फस्फोरस र पोटास पनि कम उपलब्ध हुने हुन्छ|

 अम्लीय माटो व्यवस्थापनका उपायहरु:

माटो अम्लीय हुनु एउटा प्राकृतिक प्रक्रिया हो | मानवीय कारणले अम्लिय  हुने क्रम बढ्नु भने समस्या हो |सबै अवस्थामा अम्लीय माटो समस्याका रूपमा हुँदैन तर यसलाई त्यहीअनुसारको व्यवस्थापन आवश्यक पर्छ तसर्थ अम्लीय माटो व्यवस्थापन का निम्न उपायहरु हुन सक्छन:

 क) उपयुक्त बालीको छनोट:

माटो अम्लीय छ भने यस्तो माटोमा हावापानी सुहाउँदो र सोही pH मा उपयुक्त हुने बाली लगाउनु राम्रो उपाय हो|

अन्नबाली                उपयुक्त pH            तरकारीबाली                उपयुक्त pH

धान                    5.0-6 .5              गोलभेडा                   5.5-7.0

गहुँ                      5.5-7.5              आलु                        4.5-7.5

मकै                      5.5-7.5               काँक्रो                      6.0-7.5

कोदो                    5.5-6.5                प्याज                       6.5-7.5

जौ                      6.5-8.0              काउली                      6.5-7.5

   ख)  मलखादको सन्तुलित प्रयोग:

कृषकहरुले बाली लगाउँदा प्रयोग गर्ने मलखाद सन्तुलित हुन सकेमा अम्लीयपना को समस्या हुँदैन| विभिन्न बाली लगाउँदा नाइट्रोजन युक्त युरिया मल मात्र होइन कि विरुवालाई चाहिने सबै मुख्य( नाइट्रोजन, फस्फोरस,पोटाश) तथा सहायक तत्वहर (क्यालसियम, म्याग्नेसियम)  र अन्य सुष्म तत्वहरूको समेत प्रयोग गरेमा माटोमा सबै तत्वहरूको सन्तुलन राख्न मद्दत हुन्छ र समस्या हुँदैन|

 ग) गुणस्तरीय प्रांगारिक मलखाद मा जोड:

खेती गर्दै जाँदा रासायनिक मलको मात्र प्रयोगले माटोमा भएका प्राङ्गारिक पदार्थ विघटन भई अम्लीयपना बढ्छ| त्यसैले गुणस्तरीय प्रांगारिक मलखाद पनि अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ प्रांगारिक मलखादले माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढ्नुका साथै यो बिरुवालाई चाहिने सम्पूर्ण खाद्य तत्वको सन्तुलित स्रोत पनि हो|

 घ) कृषि चुनको प्रयोग गरी माटोको सुधार:

माटोमा बालीको लागि चाहिने pH 6 भन्दा कम भयो भने वा माटो अम्लीय भएमा सुधार गर्न कृषि चुनको प्रयोग गर्नुपर्छ| कृषि चुन, चुनढुङ्गा लाई मसिनो पारेर बनाइएको धुलो हो| बालीनालीमा कृषि चुनको प्रयोग गर्दा सिफारिस मात्रालाई काल गरेर मात्रै प्रयोग गर्नुपर्दछ|

कृषि चुन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू:

  •  कृषि चुन बाली लगाउनु भन्दा 2-3   हप्ता पहिले माटोमा चिस्यान  हुँदा नै मिलाउनुपर्छ|
  •  धेरै अम्लीय माटो (pH 5.5 भन्दा कम)  मान कृषि चुन प्रयोग एकचोटी नगरी दुई पटक गरेर प्रयोग गर्नुपर्दछ|
  •  कृषि चुनको प्रयोग माटो परीक्षण पछि  मात्रै गर्नुपर्छ|

क्षारीय  माटो व्यवस्थापनका उपायहरु :

  • माटोको पी.एच मान 7.5 भन्दामाथि भएमा त्यस्तो खालको माटोलाई क्षारीय माटो भनिन्छ|
  • यस्तो  माटोलाई राम्रो बनाउनको लागि जिप्सम को प्रयोग गर्नुपर्छ|
  •  प्रशस्त मात्रामा प्राङ्गरिक मल,  हरियो मल र कोसेबाली प्रयोग गरेर पनि यसको सुधार गर्न सकिन्छ|

                                                                                                                           लेखक :  अर्जुन न्यौपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here