व्यवसायिक मेवा खेती प्रविधि
पौष्टिक र औषधिय महत्त्व फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार ब्यवसायिक खेती हुन नसक्दा बढ्दो बजार मागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन ।उष्ण तथा उपाेष्णमा छिटो नै बढ्न सक्ने भएकाले यसलाइ तराई देखि मध्य पहाड सम्म उत्पादन गर्न सकिन्छ।तैपनि किसानहरु यसको खेती तर्फ आकर्षण भएको पाइदैन । नेपालमा ब्यवसाहिक मेवा खेतिको प्रचुर सम्भावना भएता पनि लगानी निकै कम छ जस्ले गर्दा मेवा खेती फस्टाउन सकेको छैन। ब्यवसाहिक खेती तरिकाबाट किसानलाई आक िषत गर्न सके बाहिरी देशबाट हुने आयात कम गर्न सकिन्थ्यो र आत्मनिर्भर तर्फ अघि बढ्दै किसानको आर्थिक समस्यामा ठुलो टेवा पुग्ने छ।
१. हावापानी र माटाे
मेवा उष्ण तथा उपाेष्ण प्रदेशिय फल भयको हुदा तराइ तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ।मेवा खेतीको लागि २१ देखि ३२°c सबैभन्दा उपयुक्त तापक्रम मानिन्छ जस्ले गर्दा यसलाइ १००० मिटरसम्म उचाइ भएका स्थानमा खेती गर्न सकिन्छ।मेवा खेतीको लागि औषत वार्षिक बर्षा उपयुुक्त हुन्छ।मेवा खेती को लागि पि.एच. ६-७ सम्म भएको,पानी नजम्ने ,प्रशस्त प्रांगारिक मल भएको बलाैटे दमोट माटाे उपयुक्त मानिन्छ।
२. जातहरु
पुसा नन्हा,पुसा डेलिसियस,पुसा ड्वार्फ ,रेड लेडि आदि जातहरु नेपालको मौसमको लागि उपयुक्त छन।
३. बिरुवा उत्पादन
मेवाको प्रसारण बिउबाट गरिन्छ ब्यवसायिक रुपमा मेवाको खेती गर्न सिफारिस गरिएको मेवाका जातको बीउ भरपर्दो स्रोतबाट प्राप्त गर्नु पर्दछ। यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ जस्का लागी १ हेक्टरमा बिरुवा लगाउन करिब ४५०-५५० ग्राम बीउ चाहिन्छ। नर्सरीको लागि १ मि.चाैडाइ, आवश्यकता अनुसारको लम्बाइ र १० सेमि उचाइको ब्याड बनाउनु पर्दछ।लाइन देखि लाइन र बीउ देखि बिउको दुरि १० सेमि हुने गरि १ सेमि गहिराइमा बीउ रोपेर परालले ब्याडलाई छोपी दिनु पर्दछ र बेला बेलामा आवश्यकता अनुसार सिचाइ पनि गर्नु पर्छ।
४. जमिनको तयारी र बिरुवा रोपाइ
सबैभन्दा पहिला उपयुक्त जमिनको छ्नोट गर्नु पर्दछ।जमिनलाई एक पटक राम्रोसँग जोतेर झारपात हटाउनु पर्द्छ।सामान्यतया नेपालमा सिफारिस गरिएका जातहरुलाइ २×२ मिटरको दुरिमा लगाउदा राम्रो उत्पादन दिन्छ। बिरुवा लगाउने दुरि अनुसारका स्थानमा चिनो लगाउने।उक्त चिनो लगाएको स्थानमा केही दिन पहिला नै २-२ फिट लम्बाइ ,चौडाइ र गहिराइको खाल्डा खन्नु पर्छ। खाडल खन्दा निस्केको माथिको मलिलो माटाेलाई छुट्टै राख्ने र अन्तिमा आवश्यक मल हालेर करिब १०से.मि.अग्लो हुने गरि माटाेले खाल्डा पुर्नु पर्छ। मेवाका बिरुवा नर्सरी ब्याडमा राखेको एक महिनामा तयार हुन्छ र यसलाइ लगाउने समय असार,असोज वा फाल्गुन महिना मानिन्छ।
५. मल ब्यबस्थापन
मेवालाई रासायनिक र प्राङ्गारिक दुबै स्रोतबात मल दिनुपर्छ। २५०ग्राम नाइट्राेजन, २५० ग्राम फोस्फोरस र ४०० पाेटास प्रति बोटलाई दिनु पर्छ। मल हाल्दा पहिलो पटक बिरुवा सारेको ४ महिनापछि र त्यसपछि हरेक ४-४ महिनामा रसायनिक मल दिनु पर्छ। राम्रोसङ कुहेको गोबर मल प्रति बोट १५ के.जि.का दरले दिनु पर्छ।
६. सिंचाइ र बगैंचाको हेरचाह
राम्रो उत्पादनको लागि मंसिर देखि जेठसम्मको सुक्खा मौसममा महिनाको एक पटक मेवाको बगैचामा सिंचाइ गर्नु पर्छ। सम्मन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्छन र ती फूलहरु झुन्डिएका तथा समुहमा आउने गर्दछ्न भने पोथी फूलहरु छुट्टाछुट्टै आउदछ्न। यसरी पहिचान गरि जब मेवा फुल्न थाल्छ उक्त समयमा भाले तथा पोथी मेवा पहिचान गरि १० बोट पोथी मेवामा १ बोट भाले मेवा राखी अरु भाले मेवा फालिदिनु पर्द्छ ।
७. रोग तथा किरा ब्यवस्थापन
कोत्रे रोग, बेर्ना कुहिने रोग, फेद कुहिने रोग, तथा अन्य विभिन्न भाइरल रोगहरु मेवामा लाग्ने मुख्य रोगहरु हुन। कोत्रे रोगको ब्यवस्थापन तातो पानी र ढुसिनासक बिसादीको प्रयोगबाट गर्न सकिन्छ। बेर्ना कुहिएमा नर्सरीको ब्याडलाई २% फर्मालिनले उपचार गरि सिंचाइ कम गर्ने एस्तै फेद कुहिनेको लागि ढुसिनासक बिषादिको प्रयोग गर्न सकिन्छ। यदि लाही किरा को समस्या देखा परेमा प्राकृतिक शत्रुबाट नि यसको रोकथाम गर्न सकिन्छ। जराको जुका नि बेला बेला समस्या निम्त्याउन सक्ने हुदा यसको रोकथामको लागि निमको पिना ५०ग्राम प्रति बोटका दरले बोटको फेदको माटाेमा प्रयोग गर्नु पर्दछ।