साइलेज (Silage): के हो , कसरी बनाउने र फाइदाहरु

साइलेज (Silage): के हो , कसरी बनाउने र फाइदाहरु

हरियो घाँसबाट साइलेज बनाउँदा मूलावाट गुन्द्रुक अथवा सिन्की तयार गरे जस्तै गरी बनाइन्छ । यसका लागि हरियो घाँसलाई काटेर हावा र पानी पस्न नदीई उचित प्रविधिवाट राख्दा ब्याक्टेरियाको उपस्थितिमा अम्लपैदा भई रासायनिक परिवर्तन हुन्छ । यही रासायनिक परिवर्तनको माध्यमवाट घाँसको पौष्टिक तत्त्व लामो समयसम्म संरक्षण गर्न सकिन्छ । यस्तो उचित प्रविधिवाट संरक्षित गरिएको घाँसलाई साइलेज भनिन्छ । साइलेज बनाएको २८ देखि ३० दिनमा नै तयार हुन्छ र यसलाई सामान्यतया २-३ महिनापछि अथवा हरियो घाँसको उपलब्धता कम हुने िहउँदको सुक्खा समयमा खुवाउन सकिन्छ । यसलाई हावापानी पस्नवट बचाउन सकेमा १२ देखि १८ महिनासम्म संरक्षित रूपमा राख्न सकिन्छ । एक घन मिटर खाल्डो मा ४००–७०० के.जी. हरियो घाँस साइलेजको रूपमा संरक्षण गर्न सकिन्छ ।

साइलेजवाट हुने फाइदाहरूः

– साइलेज घाममा सुकाउनु नपर्ने भएकाले वर्षा याममा पनि बनाउन सकिन्छ ।
– मकैको टुप्पो , उखुको टुप्पा े जस्ता मोटो डाँठ भएका घाँसपातवाट साइलेज बनाउन सकिन्छ ।
– साइलेज हरियो घाँसको बढी उपलब्धता हुने समय खासगरी वर्षा याममा बनाइन्छ र १ महिनामा तयार हुने भए
पनि उक्त समयमा प्रशस्त ताजा हरियो घाँस नै पाइने हुनाले िहउँदको समयमा साइलेज खुवाउँदा यसको
उपयोगिता बढ्छ ।
– हरियो घाँसलाई संरक्षण गर्दा कम ठाउँको आवश्यकता पर्दछ ।
– झारपातलाई पनि साइलेजको रूपमा उपयोगमा ल्याउन सकिन्छ साथै धेरैजसो झारपातको बीउ सडेपछि
उमारशक्ति नष्ट हुन्छ र झारपात नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।
– भिटामिन ए बन्ने तत्त्व क्यारोटिन साइलेज बनाउँदा कम मात्रामा नष्ट हुन्छ ।

साइलेज बनाउन प्रयोग हुने घाँसको गुण:

राम्रो साइलेज बन्न सजि लैसँग घुलनशील गुलि यो प्रशस्त मात्रामा हुनुपर्दछ । मकै, जुनेलो, उखुको टुप्पो , बाजरा, टि यासेन्टी जस्ता घाँसहरू जसको डाँठको गुलि योपना हुन्छ त्यस्ता घाँसहरू साइलेज बनाउन उपयुक्त हुन्छन् । साइलेज बनाउने खाडल वा भाँडा वा संरचनालाई साइलो वा साइलोपिट भनिन्छ ।

साइलेज बनाउने तरिका:

– साइलेजका लागि बाला पसाउने समयमा प्रायः घाँसहरूलाई काट्नु उपयुक्त हुन्छ ।
– साइलेजका लागि घाँसलाई २–४ इन्चको टुक्रा पार्नुपर्दछ र ६० देखि ६५ प्रति शत मात्र चिस्यान भएको घाँस
साइलेज बनाउनका लागि उपयुक्त हुने भएकाले घाँस धेरै भिजेको भए ओइल्याएर मात्र साइलेज बनाउनु राम्रो हुन्छ ।
– खाडलको पि ँधमा प्लाष्टिक वा केराको पात विछाउनुपर्छ ।
– टुक्रा टुक्रा काटेका घाँसहरू खाडलमा राख्ने र सकभर छिटो छिटो कसिलो हुने गरी खाँदद् ै काम गर्दा तहतह परेर
बस्दछ र हावा बाहिर निस्कन्छ । यसरी दिन दिनै काटेको घाँसलाई सकेसम्म कम समयमा खाडलमा पुर्ने काम
गर्नुपर्दछ ।
– साइलो भरिसकेपछि माथिवट पानी तथा हावा नछिर्ने गरी मुख प्लाष्टिक वा केराका पातहरूले नै राम्ररी छोपी
१२–१५ सेमि सम्म माटोले चारैतिर छोपेर माटोले लिपी दिनुपर्छ । माथिव ाट ढुङ्गा, मुढा इँटा आदिले थिच्नु
पर्दछ । राम्रो साइलेज बन्नका लागि ३० देखि ३८ डि ग्री सेन्टि ग्रेडसम्म तापक्रमको आवश्यकता पर्ने हुन्छ र हावा
तथा पानी छिर्यो भने साइलेजको गुण विग्रन सक्छ ।

साइलेज बनाउने खाडल :

खाडल बनाउनका लागि जमिन अलि भिरालो परेको र पानी नजम्ने खालको हुनुपर्छ । आफनो गाई-भैंसीको संख्या हेरी ५ फिट जति गहिरो मुखमा ६ देखि ७ फिट व्यास र पि ँधमा ४ देखि ५ फिट व्यास भएको गोलो आकारको हुनुपर्छ, अथवा पशुको संख्या केही धेरै नै भएमा फराकिलो खाल्डो पनि बनाउन सकिन्छ ।

राम्रो साइलेजमा हुनुपर्ने गुणहरूः

राम्रो खालको साइलेज समाउँदा नरम, रसिलो अमिलो मिठो बास्ना आउने, हेर्दा हरियो पहेंलो रङको र ३.८ देखि ४.२ सम्म पि .एच. हुनपर्छ र कुहिएको गन्हाउने, ढुसी परेको र समाउँदा च्यापच्याप भएको हुनु हुँदैन ।

श्रोत: कृषि तथा पशुपंक्षी डायरी २०७७

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles