वेमौसमी वर्षादको क्षतिवाट धानवाली कसरी जोगाउने ?

वेमौसमी वर्षादको क्षतिवाट धानवाली कसरी जोगाउने ?

धान नेपालको प्रमुख खाख्यान्न वाली हो । तराई देखि उच्च पहाड सम्म धान खेती गरिन्छ । नेपालमा आ.व.२०७७/०७८ मा करिव १४ लाख ७० हजार क्षेत्रफलमा धान खेति गरि ५६लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको पाइन्छ । मौसमी परिवर्तनको कारण विगत ३ दिन देखि नेपालका अधिकांस जिल्लाहरुमा लगातार रात दिन पानी परिरहेको छ । पुर्वको तुलनामा पश्चिमी क्षेत्रमा पानीको प्रभाव अझवढि देखिन्छ । पहाडको तुलनामा तराईमा धान छिटो पाक्ने र तराईका अधिकांश कृषकहरुले छोटो अवधि (४ महिना भित्र) मा पाक्ने उन्नत जातका धान लगाएको पाइन्छ । ति अधिकाँश जातहरु असोज महिनाको अन्तिम सातामा पाकेर काटने चलन छ । यस वर्ष धान काटने वेलामा लगातारको मुसलधारे पानीले काटेका वा काटन तयार भएका धानमा ठुलो क्षति पुर्याएको छ ।

वर्षाले पाकेको धानवालीमा कस्तो खालको क्षति गर्छ ?

धान खेतमा धान काटनु भन्दा करिव २ हप्ता अघि देखि पानी लगाउन वन्द गर्नुपर्छ जसको कारण धान एकै समयमा पाकोस र हिउदे वाली लगाउन जमिन छिट्टै तयार होस भन्ने हो । पाकेको धानवालीमा लगातार ४-५ दिन सम्म परेको पानी र हावाको वहावले धान ढल्न सक्छ र धान वालामै उम्रन सक्छ । यदि काटेको धानमा पानी पर्नाले धानका निहिन नै वगाएर क्षति पुर्याउन सक्छ भने नवगाए पनि अधिकांश धान वालामै उम्रने सम्भावना रहन्छ । धानका धेरै उन्नत जातका दानाहरुमा नउम्रने निस्कृयता अवधि (डरमेन्सी पिरियड) धेरै कम हुने हुनाले, लगातार पानीले भिज्नाले र वायूमण्डलको तापक्रम २०-२५डिग्री सेल्सीयस हुँदा तराईमा निहिनमा नै धान उम्रने सम्भावना अधिक रहन्छ । यसरी गह्रामा नै धान उमे्रमा धान र पराल उपयोग गर्न लायक हुदैन । कृषकहरुको वर्षभरिको लगानी र मेहनत त्यसै खेर जान सक्छ ।

वर्षावाट हुने क्षति कसरी कम गर्ने ?

१. धान यदि काटिएको छैन भने यो समयमा धान काटने प्रयास नगर्ने । काटेको धानमा नकाटेको तुलनामा वढि क्षति हुन्छ । नकाटेको धानका वालामा उम्रने सम्भावना कम हुन्छ ।
२. खेतका गह्रामा यदि पानी जम्मा भएको भए पानी काटेर तुरुन्त निकासको ब्यवस्था गर्ने ।
३. काटेर निहिन लगाएको धान पानीले वुढेको छ भने सम्भव भएमा पानी नतालिने स्थान डील, कन्ला वा अग्लो स्थानमा धानका निहिन सार्ने र पानी तर्कने वातावरण वनाउने ।
४. तराईका सम्म जमिनमा पानी तर्काउन सम्भव भएन भने काटेको धानका निहिनहरु उठाउने र संकलन गरि खलामा लगेर झाँटने ब्यवस्था गर्ने वा अग्लो स्थानमा त्रिपाल लगि खेतमै झाँटेर धान पराल छुट्याउने ।
५. यसरी तुरुन्त धान पराल छुट्याउन सकेमा धान पराललाई छुट्टा छुट्टै सुकाउने ब्यवस्था गर्न सकिन्छ । धानलाई ओभानो ठाँउमा फिजाउने, पंखा (फेन) लगाएर वा तातो हिटर लगाएर कोठामा तापक्रम वढाएर धानको चिसो उडाउने प्रयास गने र दिनमा ४-५ पटक धानलाई चलाई दिने ।
६. यसरी पानीले डुवेको वा भिजेको घानको निहिनलाई उठाएर तुरुन्त झाँटनाले धान परालको आयतन कम भै ब्यवस्थापन गर्न सजिलो हुन्छ र धान उम्रनवाट जोगाउन सकिन्छ । झारेको धानलाई सितल र सुख्खा स्थानमा सुकाई, वारंवार चलाएर उम्रनवाट जोगाउनु पर्छ । कोठाको तापक्रम हिटर लगाएर ४०-५० डीग्री सेल्सीयस पुर्याउन सकेमा धान सुक्न गई उम्रनवाट जोगाउन सकिन्छ ।
७. यदि थोरै परिमाणमा धान भिजेको छ भने सो धानलाई चिउरा मिलमा लगेर वेच्न सकिन्छ वा उसिना चामल (स्टिम राईस) वनाएर वजारमा वेच्न सकिन्छ ।
८. पानी वन्द भए पछि धानलाई राम्रो सँग सुकाएर धानमा १२ देखि १४ प्रतिसत चिस्यान कायम गरि भण्डारण गर्न सकिन्छ ।

Author:
Bishnu Adhikari

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles