बेमौसमी तरकारी उत्पादनको लागि प्लास्टिक घर

बेमौसमी तरकारी उत्पादनको लागि प्लास्टिक घर

प्रतिकुल मौसममा पनि बिरुवालाई अनुकूल वातावरण सुजना  गरी बेमौसमी तरकारी उत्पादन गर्न प्लास्टिकको प्रयोग गर्न सकिन्छ | नेपालमा बर्षा याम (ज्येष्ठ महिना देखि भदौ महिनासम्म) वर्षाबाट जोगाउन र हिउँद याममा (मङ्सिर देखि फागुनसम्म) चिसोबाट बिरुवालाई जोगाउन तराई तथा मध्य पहाडी भागमा प्लास्टिक घरको प्रयोग गरिँदै आएको छ भने उच्च हिमाली भागमा तापक्रम वृद्धि गरी गोलभेडा काँक्रा जस्ता बढी तापक्रम चाहिने तरकारीको उत्पादनका लागि प्लास्टिक गुमोज प्रयोग गरिंदै आएको छ |  हाल नेपालमा silpaulin प्लास्टिक प्रयोग गरि बाँसबाट निर्मित प्लास्टिक घरहरू प्रसस्त रुपमा देख्न सकिन्छ|

प्लास्टिक घरको निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू:

  •  घरको निर्माण गर्दा समुद्री सतहबाट उचाइ, तापक्रम, आद्रता, हावा  बहावको दिशा तथा लगाउने जातको विचार  गर्नुपर्दछ |  साथै प्लस्टिक घर बनाउँदा लगाउने बिरुवाको लागि आवश्यक तापक्रम, आद्रता, हावाको सञ्चार जस्ता कुरामा ध्यान दिन आवश्यक  पर्दछ l
  •   समुद्री सतहबाट उचाई कम भएको ठाउँ छ भने सामान्यतया तापक्रम बढी हुने हुँदा घर अग्लो साथै ventilation भएको बनाउनुपर्दछ l  बढी उचाई भएको ठाउँमा तापक्रम कम हुने हुँदा तापक्रम वढाउन  प्लास्टिक घर होचो बनाउनुपर्दछ | 
  •   बढी गर्मी हुने ठाउँमा प्लास्टिक घर निर्माण गर्दा  हावा ओहोर दोहोर गर्ने ठाउँ ventilation भएको बनाउन पर्दछ | यसो गर्दा तापक्रम र आर्द्रता नियन्त्रण गर्न सहज  हुन्छ र रोग तथा किराको प्रकोप लाइ न्यूनीकरण गर्न सकिन्छ | अत्यधिक चिसो हुने क्षेत्रमा प्लास्टिक घर निर्माण गर्दा  तापक्रम बढाउन गुमोज आकारको प्लाष्टिक घर   निर्माण गर्नुपर्दछ | 
  •  तापक्रम र आर्द्रता नियन्त्रण गर्न प्लाष्टिक घरको आकार धेरै ठूलो बनाउन हुँदैन र  यदि ठूलो घर बनाउन परेमा हावा सञ्चार गर्न  पङ्खाहरूको व्यवस्था गर्न जरुरी हुन्छ साथै नियमित रुपमा तापक्रम र   आर्द्रता अनुगमन गर्न जरुरी हुन्छ | 
  • प्लास्टिक घर बनाउँदा छानाको slope मिलाउन आवश्यक हुन्छ अन्यथा  प्लाष्टिकमा पानी तथा असिनाले क्षति पुर्याउने सम्भावना हुन्छ | 

तरकारी बालीको खेती गर्दा ध्यान दिनुपर्ने कुरा:

लगातार प्लास्टिक घरभित्र एउटै तरकारी बालीको खेती गर्दा रोग तथा कीराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि   बिग्रदै जाने हुँदा एउटा तरकारी बाली लगाएपछि भटमास,  बोडी लगायतको कोसेबाली परिवारको बाली   लगाई फुल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिनु राम्रो हुन्छ |  एकचोटी तरकारी लगाइसकेपछि चैत्र देखि जेष्ठ महिनाको पानी नपर्ने तथा बढी गर्मी हुने सिजनमा प्लाष्टिक  घरको प्लाष्टिक   हटाएर सयपत्री फूल वा  तोरी लगाएर 1-1.5  महिनाको भएपछि माटोमा मिलाई पारदर्शी प्लाष्टिकले  30 देखि 42 दिनसम्म हावा नछिर्ने गरि ढकेमा nematode तथा अन्य माटोमा रहेका किरा तथा रोगका जीवाणु लाई नियन्त्रण गर्न सहयोग गर्दछ |  प्लाष्टिक घरमा तरकारी लगाउँदा बजारको माग तथा मूल्यको  विचार गर्नको साथै बाली विशेष तापक्रम तथा आद्रता अावश्यकता, परागसेचन को आवश्यकता र संरचनाको प्रकारलाई ध्यानमा पुर्याई सस्तोमा उत्पादन गर्न सकिने बाली रोज्न जरुरी हुन्छ|

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles