बाख्रापालनमा सन्तुलित दानाको आवश्यकता 

बाख्रापालनमा सन्तुलित दानाको आवश्यकता

बाख्रा पालन गर्दा बाख्रालाई चाहिने पौष्टिक हरियो घाँस उपलब्ध नभएमा तत्वको कमिले गर्दा  शारीरिक वृद्धिमा कमी र विभिन्न रोग पनि लाग्न  सक्ने हुँदा सन्तुलित दाना बाख्रालाई उपलब्ध गराउन अति आवश्यक पर्दछ l  त्यसैले बाख्रा पालक  कृषकहरुले उपयुक्त फाइदा लिन सन्तुलित आहारा बाख्रालाई उपलब्ध गराउने तर्फ विचार पुर्याउनु पर्दछ l

सन्तुलित दाना बनाउँदा अन्नबाली  3  भाग र दाल बाली 1भाग प्रयोग गर्नुपर्दछ l अन्नबाली का विभिन्न किसिमहरु जस्तै मकै, गहुँ, कोदो, इत्यादि र त्यस्तै विभिन्न किसिमका दाल बालीहरु वा दाल को सट्टा विभिन्न किसिमको  पिनाहरु मिसाएर बनाएमा धेरै राम्रो हुन्छ l पिना मिसाउनु भन्दा  पहिला राम्रोसँग भुट्नु पर्दछ तर पकाएर खुवाउने चलन भएको ठाउँमा आवश्यक पर्दैन l बाख्रापालनमा दाना र सन्तुलित  आहारामा बढी आधारित रही  खुवाउँदा  बाख्रापालकहरुलाई आर्थिक रुपमा त्यत्ति फाइदा नहुने हुँदा अत्याधिक डालेघाँस र चरनमा जोड दिए माथि उल्लेखित दरले घाँसको अतिरिक्त केही मात्रामा  दाना खुवाएमा  बाख्राको राम्रो शारीरिक वृद्धि हुने र उत्पादनमा समेत राम्रो  वृद्धि हुने देखिन्छ l

सन्तुलित दानाको महत्व

व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय सञ्चालनको लागि समुचित  आहाराको व्यवस्था हुनु अत्यन्तै अवश्यक हुन्छ l आहाराको कमी भयो भने व्यवसायिक बाख्रापालन पेशा बाट सफलता आशा पनि गर्न  सकिँदैन l बाख्राहरु को राम्रो शारीरिक वृद्धि र यसबाट राम्रो उत्पादन  लिनको लागि  यसको आहारामा शारीरिक वृद्धि र उत्पादनको लागि आवश्यक पर्ने तत्वहरु उचित मात्रामा समावेश हुनु आवश्यक हुन्छ l शरीरको आवश्यक पोषण तत्वमा कार्बोहाइड्रेट,  बसो, प्रोटिन, खनिज पदार्थहरु, भिटामिनहरु,  र पानी पर्दछ l

बाख्रापालनमा ध्यान दिनुपर्ने कुराहरु

  • सन्तुलित खानाको प्रयोग नगरे  पुरा उत्पादन लिन सकिँदैन l
  • शारीरिक तौल वृद्धि दर र प्रजनन कायम राख्न सन्तुलित आहारा चाहिन्छ l
  •  सन्तुलित दाना को प्रयोगले रोग सँग लड्ने क्षमता वृद्धि हुन्छ l
  • स्थानीय आवश्यकताअनुसार दानापानी तलमाथि हुनसक्छ l
  •  पाठापाठी हुर्काउने  माउका  लागि  थप  दाना दिनुपर्छ l
  •  मासुका लागि खसी पाल्दा सिफारिस दानाको मात्र भन्दा बढी दाना दिनुहुँदैन l
  •  एउटा हुर्केको बाख्रालाई निर्वाह तथा शारीरिक   वृद्धिका लागि दैनिक 20 देखि 30 ग्राम प्रोटिन चाहिन्छ l
  •  उमेर आवश्यकता अनुसार दैनिक 200 देखि 500 ग्राम सन्तुलित आहारा खुवाउन सकिन्छ l
  • बाख्राको आहारामा हरियो घाँस 70%, सुकेको घाँस 20%, र  दाना 10% दिनुपर्दछ l 

स्रोत: बाख्रापालन प्रविधि सम्बन्धि व्यवहारिक पुस्तिका,   कृषि तथा पशुपन्छी विकास मन्त्रालय

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles