नेपालमा जैविक कृषि प्रणालीको भविष्य
विगत लामो समय देखि ओझेलमा छ,हाम्रो देशको कृषि प्रणालि। राजनीतिमा त कृषि क्रान्तिका ठूलाठूला भाषण लागि रहेका छन् तर व्यवहारमा भने खासै केही परिवर्तन आएको छैन्। कृषि प्रधान भनेर चिनिएको हाम्रो देश नेपालमा ६७% भन्दा बढि जनसंख्या कृषि पेसामा लागेको छ तर बिडम्मना देशलाई आवस्यक पर्ने खाद्य वस्तु अन्ने मुलुकबाट आयात गर्नु परेको छ।
देशले दिनहुँ दिन व्यापार घाटा बेहोर्नु परिरहेको छ। हालसालैको तथ्यांक हेर्नु हो भने पनि हाम्रो कृषि क्षेत्रको अवस्था चिन्ताजनक छ। नेपालमा भित्रिने कुल सामान मध्य २१% कृषि उत्पादनहरु पर्दछन्। हाम्रो भान्सामा पाक्ने भात दाल तरकारि देखि लिएर नुन-तेल र लसुन सम्म आयात गरि रहेका छौँ। यति मात्र नभई आयातित वस्तुहरुमा अत्यधिक विषादी भेटिएको छ,जुन मानव स्वास्थ्यका लागि निकै नै हानिकारक मानिएको छ। विषाक्त फलफूल-तरकारीको सेवनबाट तत्कालीन र दिर्गकालिन गरि विभिन्न स्वास्थ समस्या देखिएका छन्।
हाल विध्यमान अवस्थामा रहेको कोरोना भाइरसले पनि मानव स्वास्थमा थप चुनौती थपिदिएको छ। यस्तो अवस्थामा जैविक कृषि प्रणाली नेपालीको लागि बर्दान सावित पनि हुन् सक्छ। हामीले पर्मपरागत खेति प्रणालीबाट थोरै माथि उठेर सोच्नु पर्ने बेला आएको छ।
जैविक कृषि प्रणाली भन्नाले प्राकृतिक स्रोत साधनहरुकै प्रयोग गरि गरिने खेति हो। यसमा कुनै किसिमका रासायनिक र कीटनाशक विषादिहरुको प्रयोग गरिदैन। यस लाई विषादी रहित खेति प्रणाली पनि भन्न सकिन्छ। जैविक कृषि प्रणालीका आफ्नै मूल्य मान्यता र सिद्धान्तहरु छन्।
स्वास्थ ,वातावरण , निष्पक्षता र रैथानेको हेरचाहा यसका चार मुल मन्त्रहरु हुन्। यहि मन्त्रलाई आत्मसाथ गरि विश्वका विभिन्न देशहरुले जैविक कृषि प्रणालीको अभ्यास गरेका छन् र सफल पनि भएका छन्। नेपालमा पनि यसको राम्रो सम्भावना छ। प्रकृति स्रोत साधनले भरिपुर्ण भएको देश हो नेपाल। हामीकहाँ भएका स्थानीय स्रोतको उचित व्यवस्थापन गरि हामीले जैविक कृषि प्रणालीको अभ्यास गर्न सक्छौं। रैथाने जातका अन्नवालि, फलफूल तरकारी लगायत अन्य कृषि वालिको उचित संरक्षण र विकास गर्दै हामीले देशलाई आत्मनिर्भर बनाउन सक्छौ। वातावरणीय समस्यालाई हल गर्ने र माटोको उर्वराशक्तिलाई बचाउन समेत जैविक कृषि प्रणालीले उचित भुमिका खेलेको हुन्छ। नेपालको अर्गानिक चिया र कफि भनेपछि विश्व नै हुरुक्क हुनेगरेको छ। त्यसैगरी जुम्लि चामल, नेपाली अदुवा,लसुन, वेसार, सुपारि लगायत अन्य वालिहरुमा समेत नेपालको छुट्टै पहिचान स्थापित गर्न सकिन्छ।
सुन्दा र भन्दा जति सजिलो छ व्यवहारमा परिणत गर्न त्यतिनै कठिन छ। जैविक खेतिमा आवश्यक पर्ने विउविजन,जैविक मलखाद र जैविक कीटनाशक अौषधि अभाब आदि नेपालमा जैविक कृषि प्रणालीको प्रमुख समस्याहरु हुन्। त्यसैगरि जैविक प्रविधिको अभाव, बजारिकरणमा समस्या र सरकारी तवर बाट असहयोगले गर्दा पनि जैविक कृषि नेपालमा फस्टाउन सकेको छैन। यसका साथै जैविक उत्पादनको महत्त्वका विषयमा उपभोक्तलाई सचेत बनाउन आवश्यक देखिन्छ।
खस्कदो अर्थतन्त्र लाई ध्यानमा राखि देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनकै लागि भए पनि माथि उल्लेखित समस्याहरू सुल्झाउदै जैविक कृषि प्रणालीलाई आत्मसाथ गर्नुको अन्ने कुनै विकल्प छैन्। बजार तथा व्यापारमुखि कृषि उत्पादनलाई भन्दा जैविक खाद्यान्नलाई महत्त्वका साथ हेर्नु पर्दछ। जैविक प्रविधिको विकास ,उचित बजारिकरण गर्नुका साथै जैविक उत्पादनको सहज निर्यात हुने वातावरण बनाउन समेत आवश्यक रहेको देखिन्छ। व्यपार घाटा रोक्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लाई पनि नेपाल सरकारले उल्लेखनीय भुमिका खेल्नु पर्दछ।