गाई-भैंसीहरूमा लाग्ने खोरेंत (Foot and mouth disease) रोग

गाई-भैंसीहरूमा लाग्ने खोरेंत (Foot and mouth disease) रोग

 परिचय

यो विषाणुबाट हुने सरुवा रोग हो।कोक्सस्याकी भाईरसले (Coxackie virus) यो रोग लगाउँछ।यो रोगले पशुको मुख र खुट्टामा घाउ बनाउँछ।यो रोग एक पशुबाट अर्को पशुमा सजिलैसँग सर्ने सक्दछ।

लक्षणहरू

यो रोग लाग्दा एकदम बढी ज्वरो (१०४-१०६ डिग्री फरेनहाइट) आउँछ।बिस्तारै घाँसपात नखाने, झोक्राउने हुन्छ।मुख वरिपरि विशषे गरी गिजा र जिब्रोमा स-साना फोकाहरू आउँदछन्।यस सँगसँगै खुट्टाको खुररको कापमा पनि फोकाहरू आउँछन् र पशु खुट्टा खोच्याएर हिडँछ र पछि लङ्गडो हुनसक्छ।मखु वरिपरि घाउ आउने भएको कारण र्याल चुहाउँछ।यस रोगले ठूला माउहरूभन्दा पाठापाठीलाई बढी असर पुर्याउँछ। कहिलेकाहिँ खोरेंत रोगका कारण थुनेलोको समस्या पनि दखिेन्छ। ब्याउने माउहरूमा गर्भ तुहिने समस्या देखिन सक्छ।

उपचार विधि

  • मखुको घाउलाई १ प्रतशित पोटासको पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गरिदिने।
  • खुरका घाउलाई पोटास पानीले धोएर हिमकै्स वा लोरेक्जेन मलहम लगाउनपर्छ वा २ प्रति शत निलोतुथोले घाउ सफा गर्न सकिन्छ ।
  • खुट्टाको घाउमा फिनेल प्रयोग गर्न पनि सकिन्छ ।
  • घाउहरूमा अन्य जीवाणु प्रवेश गरी संक्रमण नगरुन् भन्नका लागि पशलुाई एन्टिबायोटिक सुई लगाउन सकिन्छ ।
  • खोरेंत दखिेइ रहने ठाउँमा रोकथामका लागि खोरेंत विरूद्ध खोप लगाउनु पर्दछ ।
  • ६ महिनाको उमरे पुगेपछि पहिलोपटक खोप लगाउने र प्रत्येक वर्ष दोहोर्याउने। बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउने।

स्रोत: कृषि तथा पशुपन्छि डायरी २०७८

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles