काउलिका रोग, किरा र त्यसकाे ब्यबस्थापन

काउलिका रोग, किरा र त्यसकाे ब्यबस्थापन

१)लाही किरा: 

हरिया सेता रङ्का लाही किराले पातको र गुबोको मुनि बसेर रश चुसेर खान्छ र किराको संख्या धेरै भयमा बोट ओईलाएर जान्छ। यस्को बेबस्थापन्को लागि खरानी साबुन पानी र नीमको झोल छर्कने।१ भाग गौतमा १० भाग पानी मिसायर छर्कने।बढी छती गरेमा डाईक्लाेराेफस ,नुभान ७६ ईसि ०.५ मिलि १ लि पानीमा मिसाएर ७/७ दिनको फरकमा छर्कने।

)पात खाने लार्भाईटबुट्टे पुतलि): 

यी लार्भाहरुले पातको हरीयो भाग खाई पात जालीजस्तो वनाईदिन्छ र यसको प्रकोप बैशाख जेष्ठमा बढि हुन्छ । यसको रोकथामको लागि मार्गोसोम वा मल्टिनिम ३ मिली लीटर प्रति लिटर पानीका दरले छर्कने।नुभान १ एम.एल. प्रती लि. पानीमा घोली स्प्रे गर्ने।

)फेद कटुवा

लार्भाला माटोमा बसेर बिरुवाको फेद काटि नोक्शान पुराउदछ।येस्ले कलिला पात र गुबो खान्छ।लार्भालाइ हातले टिपेर मार्ने।मल्टिनिम २ मि.लि. प्रती लि. पानीम मिसाइ छर्कने।

 

काउलिमा देखिने रोग

 

डाठफेदवा जरा कुहिने रोग

यो रोग लागेर विरुवा ओईलाएमा डाईथेन एम–४५ एक लिटर पानीमा २ ग्राम का दरले १० दिनको फरकमा २ पटक छर्कने । गोवर पानी को झोल ४,५ पटक प्रयोग गरेमा पनि यो रोगको क्षति कम गर्न सकिन्छ ।

कालो सडन

पातको नसाहरुको बीचमा तीनकुने आकारको पहेलो खैरो धब्बा देखिन्छ र पछि डाठ पात कालो भई कुहिने र गन्हाउने हुन्छ । यसको व्यवस्थापन को लागि प्लान्टोमाइसीन वा स्ट्रेप्टोमाइसीन १–२ मि. लि. प्रति १० लि. पानीको दरले २/३ पटक छर्कने । लामो वाली चक्र अपनाएर खेती गर्ने ।

काउलीमा देखिने केहि समस्याहरु

ब्राउन रट (खैरो सडन): 

जग्गा तयार गर्दा ५००-७००ग्राम बोरेक्स प्रती रोपनीको दरले माटोमा मिलाउने।५० ग्राम बोरेक्स २५ लि.पानीमा मिसाइ काउली सारेको ३० दिन र कोपिला निस्कनुभन्दा १५ दिन अगाडी छर्केने।

)ह्पिटेल (काउलीको पात डाडुजस्तो हुने समस्या): 

पि.एच.५.५ भन्दा कममा यो समस्या देखिने हुदा चुन प्रयोग गरि पि.एच. ५.५-६.५ सम्मा ल्याउने। जग्गा तयार गर्दैमा ५० ग्राम ऐमोनियम वा साेडियम माेलिब्डेट प्रती रोपनिका दरले रासायनिक मलसँगै मिलाउने।२० ग्राम सोडियम मोलिब्डेट २५ लि. पानीमा मिश्रण गरि काउली सारेको ३० दिनमा छर्कने।

)काउलीको फुल टाँकजस्तो हुने समस्या (बटनिङ): 

यो समस्या भएमा काउलीको फुल सानो भईरहने र नबढने हुन्छ । नाईट्रोजनको कमि भएमा, अगौटे जातको काउली ढिलो लगाएमा र छिप्पीएको बेर्ना लगाएमा यो समस्या देखिन्छ । यसको रोकथामको लागि काउलीलाई ठिक मात्रामा मलखाद दिने, अगौटे जातहरुलाई ढिलो गरि नलगाउने । बेर्ना ३–४ पातको भएपछि सारीहाल्नुपर्छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles