सुन्तलाजात फलफूलमा नर्सरी स्थापना, माउबोट उत्पादन तथा रेखदेख
नेपालको पहाडि ५५ जिल्लामा ८०० मिटर देखि १४०० मिटर सम्मको उचाइमा व्यवसायिकरुपमा सुन्तलाजात फलफूलको (स्थानीय जात) खेती गरिदै आएको छ र हालका केही बर्ष यता तराई र भित्री मदेशमा पानी नजम्ने उच्च जमिनमा कागतीको व्यवसायिक खेती शुरु भईसकेको छ ।नेपालमा सुुन्तलाजात फलफूलको उत्पादकत्व १०.७ मे.टन/हे. रहेको छ र संसारको सरदर उत्पादकत्व १४.४५ मे.टन/ हे. रहेको छ।
नेपालमा सुन्तलाजात फलफूलको विरुवाले ५ बर्षको उमेर र कलमी बिरुवाले ३ बर्षको उमेरपछि मात्र फल दिन थाल्दछ । कलमी (सुन्तला, जुनार) बोटले २५ देखि ३० बर्षसम्म व्यवसायिक उत्पादन दिन्छ । सुन्तला र जुनारका कलमी बिरुवा प्रति हेक्टर (२० रोपनी /३० कट्ठामा ) ३०० विरुवा रोेप्न सकिन्छ भने कागती ६२५ कलमी बिरुवा रोप्न सकिन्छ ।सुन्तलाजात फलफूलले प्रति इकाई जमिनमा अन्न बालीको तुलनामा प्रति वर्ष ४ देखि ५ गुना बढि आम्दानी दिन्छ ।
कागती नेपालको मध्य पहाडी तथा तराईका जिल्लाहरुका किसानको आर्थिक बिकास गर्न महत्वपूर्ण भूमिका राख्ने बाली हो । बिगत केही बर्ष यता तराईमा पनि कागतीको खेती सफलताका साथ गरीदै आएको छ। तराईमा यस खेतीको प्रशस्त सम्भावना भएको हुदा बिरुवाको माग पनि बढिरहेको देखिन्छ ।
नर्सरी स्थापना
नर्सरी स्थापना गर्दा ध्यानदिनु पर्ने कुराहरु
उपयक्त हावापानी र माटो भएको तथा कुहिरो र हुस्सु नलाग्नेस्थान।
सिचाई सुबिधा भएको तथा पानी नजम्ने र पानीको निकास भएको स्थान।
यातायात सुबिधा भएको तथा ज्ांगल नजिक भएको ।
असिना नपर्ने स्थान ।
सिंचाई
नर्सरी बिरुवालाई प्रशस्तै पानीको आबश्यकता पर्दछ ।अतःपानीको श्रोत नजिकै भएका र चैत्र बैशाखमा पनि मुहान नसुक्ने स्थानमा नर्सरीको स्थापना गर्नुपर्दछ। खसगरी बिरुवाहरुलाई कलमी गरेपछि जेठ सम्म सिचाई चाहिन्छ ।
माटो
प्रशस्त मात्रामा प्रांगारीक पदार्थ भएको दुमट खालको माटो र पि.एच. ६ देखि ६.५ भएको माटा राम्रो हुन्छ ।
जलबायु
समुद्रसतहबाट १००० मीटर माथि राख्दा Citrus Psylla को क्रियाकलाप नपाईने हुदा ग्रिनिड. रोगबlट बचाउन सकिन्छ ।
औषत तापक्रम १८ देखि २०°C राम्रो हुन्छ
घमाइलो (दैनिक ८ देखि १० घण्टा घाम लाग्ने)
तुसारो नपर्ने तथा असिना नपर्ने
यदि बिरुवा जालीघरभित्र उत्पादन गर्ने हो भने १००० मीटर भन्दा कम उचाईमा पनि गर्न सकिन्छ ।
नर्सरीको लागि आबश्यक सामाग्रीहरु
सिकेचर, ग्रफ्टिङ नाइफ, प्लाटिक रोल (सेतो), जुट चट्टी , नाप्ने टेप, ट्याग, खुपा, बास, कुटो, कोदालो, बेल्चा,रस्प्रेयरंं।
माउबोट व्यवस्थापन
बिरुवा उत्पादनका लागि सर्बप्रथम् सायन (Scion) तथा रुटस्टकको (Rootstock) आवश्यकता पर्दछ । सायन जाहाँपायो त्याहाँबाट ल्याउदा ग्रिनिङ्ग तथा सिट्रस ट्रिसटेजा (Citrus tristenza) भाईरस तथा अन्य रोगहरु सर्ने भएकोले जालीघरमा लगाएका माउबोटबाट मात्र सायन लिई कलमी गर्नुपर्दछ । कलमी बिरुवाका २ भाग मध्ये जोडाई भन्दा माथिको भाग जसबाट हाँगा बिंगा निस्की फलहरु लाग्दछन यसलाई सायन भनिन्छ । अतः कलमी गर्न जुन बिरुवाबाट सायन प्राप्त गरीन्छ त्यसै बिरुवालाई नै माउबोट भनिन्छ ।
माउबोटमा हुनुपर्ने गुणहरु
सुन्तलाजात फलफूल अनुसन्धान गर्ने निकायले सिफारीस गरेको
फल लाग्न थालेको ३ वा ४ बर्ष उमेर भएकाको बिरुवा तथा ग्रिनिड. तथा भाइरस रोग नलागेका बिरुवाहरु
कत्ले कीरा, लाही, सिला जस्त किरा पुर्ण रुपमा नियन्त्रण गरी हुर्काईएको । यदि किराको प्रकोप भएको क्षेत्र भए जालीघर भित्र लगाईएको बिरुवा ।
व्यवशायीक बगैंचा भन्दा करीब १ देखी २ किलो मिटर टाढा रोपेको ।
माउबोटको हेरचाह
माउबोटका लागि स्वस्थ बिरुवा अनुसन्धान केन्द्रबाट ल्याउने
माउबोट व्यवसायिक बगैचा भन्दा करीब १ देखी २ कि.मी टाढा राख्ने । यदि बगैचाको नजीक भए जालीघर भित्र राखी हुर्काउने ।
स्केल नियन्त्रण गर्न सर्भो १० एम.एल. र रोगर २ एम.एल प्रति लिटर पानीका दरले मिलाएर १० देखी १५ दिनको फरकमा छर्ने ।
लाही र सिल्ला पूर्ण रुपमा नियन्त्रण गर्ने ।
जरा कुहिने रोगबाट बचाउन एन्टीरट १० एम.एल प्रति लिटर पानीका दरले असार साउनमा छर्ने । वा बोेर्डो मिक्चर पातमा छर्ने वा जरामा डेन्चिड. गर्ने ।
सुख्खा मौसममा सिचाईको व्यवस्था गर्ने ।
बढिमा १० बर्षमा माउबोटका पुराना बिरुवा हटाई नयाँ बिरुवा रोप्न र तीनबर्ष भन्दा कम उमेरका बिरुवाबाट सायन नलिने ।
रोगी माउबोट तरुन्तै हटाउने ।
मलदिने तालिका
महिना |
कम्पोष्ट | डिएपी | पोटास | मल्टिप्लेक्स |
पौष |
२५–७५ के.जी.
(उमेर अनुसार) |
– |
– |
– |
चैत |
– |
१००–३०० ग्राम
(उमेर अनुसार) |
१००–३०० ग्राम
(उमेर अनुसार) |
५० ग्राम |
जेष्ठ |
– |
१००–३०० ग्राम
(उमेर अनुसार) |
१००–२०० ग्राम
(उमेर अनुसार) |
– |
भाद्र | – | १००–३०० ग्राम
(उमेर अनुसार) |
१००–२०० ग्राम
(उमेर अनुसार) |
५० ग्राम |
विरुवा प्रसारण विधि
सुन्तलाजात फलफूल खासगरी बीउ, वानस्पतिक (कटिड., लेयरिड., ग्रफ्टिड.,बडिड.) र टिस्युकल्चरबाट प्रसारण गरिन्छ ।
क. बीउबाट प्रसारण
परिपक्क फलबाट वीउ निकाली वेर्ना उत्पादन गरिन्छ । यो सवैभन्दा सजिलो र सस्तो तरिका हो । सुन्तलाजात फलफूलको वीउहरु विमिरो र भोगटे वाहेक अन्य जातहरु वहुभ्रुणीय हुन्छन्। यसरी उम्रिएका एक थरी विरुवा ठूला हुन्छन, एक नासका देखिन्छन्, छिटो वढ्ने, वलियो, माउवोट संग मेल खाने र भाइरस जस्ता विषाणुबाट मुक्त हुन्छन्, यस्ता विरुवालाई न्यूसेलार विरवा भनिन्छ जुन गर्भासयको भित्ताबाट विकसित हुन्छन् । यसरी क्रस भई उत्पादन भएका विरुवाहरु माउ वोटसँग मेल खाँदैन । त्यसैले वीउबाट उत्पादित वेर्नामा न्यूसेलर वेर्ना नै उत्तम हुन्छ ।
फाईदाहरु
वोट विस्वाहरु सजिलो कम खर्च लाग्ने र धेरै वर्षसम्म बाँच्दछन्।
वर्णसंकर जात विउबाट नै निकालिन्छ ।
मूलवृत वनाउनु वीउबाट सजिलो हुन्छ ।
वेफाईदाहरु
माउवोट बाट विरुवाहरु भिन्नता हुन्छन्, त्यसैले आफूलाई चाहेको गुणहरु प्रसारण गर्न मुस्किल पर्छ।
वेर्नाहरु ढिलो फल्ने, रोग तथा कीराको प्रकोप सहन सक्ने क्षमता कम हुन्छ ।
वोट ठूलो हुन्छ र काँडा वढि हुन्छ जसले गर्दा काँटछाँट गर्न, औषधी छर्न, फल टिप्न आदि कार्य गर्नमा अप्ठ्यारो पर्दछ ।
ख . कलमीगर्ने मुख्य विधिहरु
१. सुटटिप ग्राफ्टिङ (Shoot tip grafting)
रुटस्टकको टुप्पा हटाएर त्यसैअनुसारको सायन जोडेर बिरुवा उत्पादन गर्ने प्रविधिलाई सुटटिप ग्राफ्टीङ भनिन्छ ।
उपयुक्त समय पुष देखि माघ महिना
रुटस्टकको टुप्पालाई सिकेचरले १५ देखि २० से.मी माथिबाट काट्ने र कम्तीमा २ आखा भएको सायन छान्ने र वडको विपरितबाट २.५ देखि ३ से.मी. लामो गरी ४५° को कोणमा ताछ्ने ।
त्यसै गरी रुटस्टकको टुप्पामा पनि सायनसँग मिल्ने गरी ताछ्नु पर्दछ ।
ताछिएको सतहहरु क्याम्वीयम लेयर राम्रोसँग मिल्ने गरी राखेर प्लाष्टीक वा टेपले तलबाट वाँध्दै ल्याउनुपर्दछ। फिता वेर्दै ल्याउँदा हरके फन्कामा तल्लो फन्को खप्टिएको हुनु पर्दछ र अन्तिम फन्कोे बुढिऔला मुनीबाट फसाएर गाँठो पारिन्छ ।
सुटटिप तरीका
२. भिनियर ग्राफ्टीङ (Veneer grafting)
रुटस्टकको टुप्पा हटाएर र नहटाएर सायन जोडेर बिरुवा उत्पादन गर्ने प्रविधिलाई भिनियर ग्राफ्टीङ भनिन्छ ।
उपयुक्त समय पुष देखि माघ महिना
सायनको टुप्पातिर (उल्टा पट्टी) करिव ४५° कोणमा २ से. मी. जति छड्के पारेर ताछ्नु पर्दछ ।
त्यसपछि रुटस्टकलाई १५ देखि २० से.मी उचाइमा काटी टुप्पो हटाउनुपर्दछ।
व्यासको एक तीहाई भागमा चक्कु राखि तलतिर काट्ने र काटेको भाग ४५० कोणमा अर्को छड्केकाटी ूखू आकारको बनाई हटाउनु पर्देछ ।
यसपछि सोहिअनुसारको सायन तयार गरि रुटस्टकमा सायन को क्याम्बीयम लेयर संग मिल्ने गरि जोड्नुर टेप वा प्लास्टीकको फिताले हावा नछिर्ने गरि बलीयो संग बांधिदिनुे पर्देछ। एउटा हांगामा ३, ४ वटा जातको सायन जोड्न पनि सकिन्छ ।
भेनियर तरीका
३. टि वडिङ (T- Budding)
उपयुक्त सायनबाट आँख्ला निकालेर रुटस्टकमा जमीनको सतहबाट करिब २० से.मी. माथि बाट टुप्पा हटाई जोडिन्छ ।
उपयुक्त समय भाद्र महिना
लाग्ने चक्कुले रुटस्कमा १.५ से.मी. जती तेर्साे काट्ने (वोक्रा) । त्यस पछि चक्कुको टुप्पोले ३ से.मी. जती ठाडो चिरा लगाउने र वोक्रालाई विस्तारेै दायाँ र वायाँ उप्काउने (क्यम्वीयम कोषलाई नोक्सान नगरी)।
त्यसपछि सायनबाट आँखा झिकि पातको भेट्नुमा समातेर आँखा वाहिर प्रष्ट देखिने गरी रुटस्टकको वोक्रा मुनी घुसाउनु पर्दछ । त्यस पछि प्लाष्टिकको फिताले वा टेपले आँख्ला नचेपिने गरी तल्लो भागबाट वाँध्दे लैजानु पर्दछ । कलमी भागलाई कसेर वाँध्नु पर्दछ तर आँख्ला थिच्नु हुनुहुदैन। यसरी वाँधिसके पछि करिव १ महिना पछि आँख्ला पलाएर पात आउँछ र सायनको टुप्पा हटाउनु पर्दछ।
३ तन्तु प्रसारण (Tissue culture)
यसलाई टिस्यु कल्चर (Tissue culture) पनि भनिन्छ । यस बिधिमा बिरुवाको पात, हाँगाको टुप्पो, जरा, प्रयोग गरी पूर्ण बिरुवा तयार हुन्छ । यो बिधि भाडोभित्र बिरुवालाई खाद्यतत्व दिई हुर्काईन्छ ।जरा, काण्ड तथा हाँगाबिगा भएपछिबिरुवालाई बिस्तारै माटोमा रोपी बाहिरी बातावरणमा धुलमेल गराईन्छ ।
फाईदा
छोटो समयमा धेरै बिरुवा उत्पादन गर्न सकिन्छ रप्रतिकुल मौसमले असर गर्दैन ।
स्वस्थर भाईरसमुक्त बिरुवा उत्पादन गर्ने सकिन्छ ।
बेफाईदा
प्रविधि महंगो छ र धेरै ज्ञानको आवश्यकता पर्दछ ।
कलमी बिरुवाको रोपाई
बिरुवा रोप्नु भन्दा करीब १ महिना अगाडि राम्रोसंग खनजोत गरी २० देखि २५ टन कम्पोष्ट मल प्रति हेक्टरको दरले रार्खी जमिनबाट १० से.मी माथि उठार्ई तयार गर्नु पर्दछ ।
नर्सरी बेडको चौडाई ६० देखि ७५ से.मी हुनु पर्दछ भने लम्बाई गरा हेरी राख्नु पर्दछ र दुई बेडको बीचमा करीब ५० से.मी. खाली ठाउँ राख्न पर्दछ (गोडमेल गर्न) ।
बिरुवा रोप्ने राम्रोसंग तयार गरेका बेडमा कलमी गरेपछि बिरुवा तुरुन्तै रोप्नु पर्दछ । बिरुवा करीब ८ देखि १० से.मी दुरीमा रोप्नु राम्रो हुन्छ । रोपेपछि तुरुन्तै सिंचाई गर्नु पर्दछ रबेडमा टनेल बनाई जुटले कभर गर्नु पर्दछ । त्यसपछि जुटलाई भिज्ने गरी फेरी पानी दिनु पर्दछ रजुट भिजेपछि तुरुन्त सेतो प्लाष्टिकले चारैतिरबाट भित्र हावा नपस्ने गरी छोप्नु पर्दछ ।
बिरुवा रोपेको करीब १हप्तासम्म दिनदिनै जुट जुटलाई भिज्ने गरी, त्यसपछि१ महिनासम्म २ वा ३ दिनको फरकमा पानी दिनु पर्दछ र करीब डेढ महिना पछि जोडाई लगभग पुरा हुने हुदा १ महिना पछि ५देखि७ दिनको फरकमा चिस्यान हेरी पानी दिनु पर्दछ रटनेलको आद्रता ८५ प्रतिशत भन्दा माथि राख्नु पर्दछ ।
बिरुवाको रेखदेख
सकर (Sucker) र झारपात हटाउने
सकरले बिरुवाको संचित खाना खाईदिने हुदा शुरुमा ४ देखि ५ दिनको फरकमा भने बिरुवाको उमेर बढ्दै जादा १० देखि १५ दिनको फरकमा हटाउनु पर्दछ ।कलमी सफल भैसकेपछि पनि सकरहटाउनु पर्दछ , नहटाएमा सायन मर्न जान्छ ।
१ हप्ताको फरकमा गोडमेल गर्नु पर्दछ भने चैत्रमा टनेल हटाएपछि १५ देखि २० दिनमा झरपात हटाउनु पर्दछ ।
टपड्रेस (top dressing) गर्ने
करीब ४ महिनाका बिरुवा भएपछि राम्रोसंग कुहिएको कम्पोष्टमल १ के.जी प्रति ३० बोटका दरले टपड्रेस गर्नुपर्दछ ।
बन्धन हटाउने
कलमी बिरुवाको बृद्धि छिटो हुदा बन्धन नहटाएमा भित्र गाडिन गई सायन भाँचिन सक्दछ ।करीब ४ महिना पछि वा अवस्था हेरी सायन र रुटस्टक बाधेको बन्धन हटाउनु पर्दछ।
टनेलको मुख खोल्ने र कभर हटाउन
टनेलको तापक्रम चैत्रपछि बढेर बिरुवाको पात डढ्ने वा पुरै बिरुवा मर्न जान्छ, त्यसैले दिउसो टनेलको २ साईड खोलीदिनु पर्दछ ।बैशाख, जेठमा पुरै कभर हटाउनु पर्दछ रबैशाख र जेठमा असिनाको सम्भावना टरेपछि जुट चट्टि हटाउनु पर्दछ।
किरा नियन्त्रण
लिफ माईनर (leaf miner): चैत्र देखि असोजसम्म बढि देखिन्छ । यसले पातमा बाड्गोटिड.गो सुरुड.बानाई पात खाने गर्दछ । नियन्त्रणः मालाथियन २ एम.एल प्रति लिटर पानीमा मिलाएर पातमा एक हप्ताको फरकमा छर्ने ।
खपटे पात खाने किराः यो चैत्र बैशाखबाट देखा पर्दछ । यसले पात प्वाल प्वाल पारी खाने गर्दछ । नियन्त्रणः रोगर १.५ एम.एल प्रति लिटर पानीमा मिलाएर पातमा एक हप्ताको फरकमा छर्ने ।
सुन्तलाको पुतलीको लार्भाः चैत्र देखि असोजसम्म बढि देखिन्छ । यसले पात पुरै खाई नोक्सान गर्छ । नियन्त्रणः मालाथियन २ एम.एल प्रति लिटर पानीमा मिलाएर लार्भा देखिनासाथ पातमा छर्ने ।
लाहीः यो किराले पात तथा डाढ चसेर खान्छ । नियन्त्रणः रोगर १.५ एम.एल प्रति लिटर पानीमा मिलाएर पातमा किरा देखिएपछि छर्ने ।
रोग नियन्त्रण
डेम्पिड. अफ(Damping off): यो बिउ उपचार गरी रोपेमा नयाँ बेर्नामा यो रोग लाग्दैन ।
सुन्तलाको ब्लाईटः असार साउनमा कलमी बिरुवाको पात तथा हाँगामा लाग्दछ ।
नियन्त्रणः रोको, बेभिष्टीन वा डईथिनयम ४५वा डाईथेन जेड ७८ २ एम.एल प्रति लिटर पानीमा मिलाएर रोग देखा पर्नु भन्दा अगाडि छर्ने ।
पउडरी मिल्ड्यः बार्षा शुरु भएपछि कलिला पात तथा डाँढमा देखा पर्दछ।
नियन्त्रणः सल्फेक्स वा ईन्सफ २ ग्राम प्रति लिटमलाईर पानीमा मिलाई १० दिनको फरकमा पात तथा डाँढमा छर्ने ।
नर्सरी स्थापनाको केही तस्बिरहरु
रुटस्टकमा राम्रोसंग मिल्नेगरि सायन राखेको
सायन र रुटस्टकलाई प्लाष्किको बन्धनले बाँधेका
बिरुवारोपाइ
असिनाबाट बचाउन जुटले छोपेका
लेखक
बसन्तराज श्रेष्ठ