Table of Contents
सयपत्री फूल खेति प्रविधि
परिचय:
नेपालमा सयपत्री फूलप्राय तिहार भाइ टिकामा तथा अन्य चाडपर्बहरुमा मालाहरु बनाउनको लागी, घर भित्र कोठाहरु सजाउनकाृ लागी, गमलाको लागी, फुलवारी आर्कसीत गनको लागी तथा विबाहमा कारहरु सजाउन धेरै प्रयोग हुन्छ । प्राय जुनसुकै हावापानी तथा माटोमा सजीलै खेतीगर्न सकिने, लामो फूलफूल्ने समय हुने र आर्कषण फूल हुनाले सयपत्री फूलप्रति किसानहरुको आर्कषण बढ्दै गईराखेको छ ।
हावापानी:
नेपालमा सयपत्री फूलको खेती तराई तथा मध्य पहाडका जिल्लाहरुमा सफलता पुर्वक गर्न सकिन्छ र धनुषा जिल्ला यस फूल खेतीको लागी अग्र स्थानमा आंउछ । सयपत्रीको खेती समुद्री सतहबाट १५० मिटर देखि २००० मिटर सम्म सफलता पूर्वक गर्न सकिन्छ । सयपत्रीको खेतीको लागि १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा विरुवाको राम्रो वृद्धि हुने र फूल चाँडै फुल्ने गर्दछ ।
माटो:
माटोको पि.एच. ५.५—६.५ सम्म राम्रो मानिन्छ । यो खेती गर्न प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो राम्रो हुन्छ ।
नर्सरी ट्रे:
सयपत्रीको विउ कोकोपिट पर्योग गरी नर्सरी ट्रेमा जमाउन सकिन्छ । ट्रेमा जमाएको विउ १८ देखि २० दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।
नर्सरी व्याड:
सयपत्रीको विउ २० देखी २५ डिग्री सेल्सीयसको तापक्रम भएको अवस्थामा राम्रो हुन्छ । यदि बर्खाको समयमा नर्सरी व्याड बनाउने हो भने नर्सरीलाई १५ से.मी. उचाई गरेर बनाउनु पर्दछ जस्ले गर्दा धेरै भएको पानी तर्कीएर जान सकोस । विउ रोप्दा धेरै बाक्लो गरेर लगाउनु हुदैन जस्ले विरुवामा बेर्ना कुहिने रोग लाग्न सक्दछ । विउ रोपेको २० देखि २५ दिनमा बेर्ना सार्नको लागि उपयुक्त हुन्छ ।
कटिङ्ग:
सयपत्रीमा कटिङ्ग धेरै प्रकारले गर्न सकिन्छ; जस्तै हाँगाको कटिङ्ग, कमलो डाँठको, मध्यम डाँठको कटिङ्ग लिन सकिन्छ ।
पानीको निकास:
जमिनको चारै तर्फ ३० सेन्टिमिटर गहिरो, ३० सेन्टिमिटर चौंडाईको कुलेसोको व्यवस्था मिलाउनु पर्छ यदि निकासको व्यवस्था नभएमा यस फूलको जरा कुहिएर जाने हुन्छ । मलखाद सयपत्री फूल खेती गर्दा राम्रो पाकेको गोबरमल ३५ देखि ४० डोको र ६.५ किलो ग्राम नाइट्रोजन, ६ किलो ग्राम फसफोरस र ४.५ किलोग्राम पोटास प्रति कठ्ठा दरले राख्नु पर्छ । नाइट्रोजनको आधा मात्रा र फसफोरस र पोटासको पुरा मात्रा बेर्ना सार्ने समयमा प्रयोग गर्नु पर्दछ र बाकी आधा भाग नाइट्रोजनको मात्रा दुईपटक, वेर्ना सारेको ३० र ६० दिनमा प्रयोग गर्नु पर्दछ ।
बेर्नादर:
सयपत्री फूलको बेर्ना करिब ५० सेन्टिमिटर ड्याङ देखी ड्याङ र ४० सेन्टिमिटर बोट देखि बोटको दूरी कायम गरी ड्याङको उचाई १०—१५ सेन्टिमिटर हुनुपर्दछ । प्रतिी कठ्ठा विरुवा १०००—१२०० अवस्यक पर्दछ । सरदर १५ देखि २० ग्राम विउ प्रति पबततजब जग्गाको लागी आवस्यक पर्दछ ।
लगाउने समय:
तिहारको लागि वर्णशङ्कर जात ३ महिन र लोकल जात ११० दिन अगाडि बिउ जमौन पर्दक्स। सयपत्री फूल वर्षै भरी लगाउन सकिन्छ । जाडोयाममा उत्पादन लिनको लागि कात्र्तिकमा बिउ रोपेर मंसिरबाट बेर्ना सार्न सकिन्छ, त्यसै गरि गर्मी समयको लागी माघमा बिउ रोपेर फाल्गुन महिनामा वेर्ना सार्न सकिन्छ र बर्खे समयको लागी असारमा विउ रोपेर साउनमा बेर्ना सार्न सकिन्छ । बढी तुषारो हुने ठाउँमा यसको खेती गर्न कठिनाई हुन्छ ।
जमिनको तयारी र बेर्ना रोपण:
जमीनलाई २—३ पटक खनजोत गरी माटो मसिनो बनाउने र बेर्ना रोप्न लाइनमा कुलेसो वा प्वाल बनाई पाकेको गोबरमल १ किलोग्रामका दरले राख्ने र बेर्ना रोप्ने ।
विशेष कार्य:
अफ्रीकन जातको सयपत्रीको बिरुवा अग्लो (९० से.मी.) हुने भएकोले हांगाबिंगाहरु कम हुन्छन, त्यसैले बिरुवा सारेको ३० दिनपछि टुप्पोलाई र्चुडेर फालीदिनु पर्दछ । यसो गर्नाले हांगाबिंगाहरु बढी हुने, बिरुवाको फैलावट बढी र होचो बिरुवा भई एकै नासका धेरै फूलहरुको उत्पादन लिन सकिन्छ । यदि माटोको अवस्था राम्म्रो छ भने दुई पटक अर्थात बेर्ना सारेको ३० र ४० दिन पछि टुप्पोलाई र्चुडेर फालीदिन सकिन्छ र यसो गर्दा अझ उत्पादन बढाउन सकिन्छ । फ्रेन्च प्रकारको सयपत्रीको बोट होचो हुने भएकोले यो कार्य गर्नु पर्दैन । उत्पादन बढाउन तथा गुणस्तरीय फूल फूलाउनको लागी हर्मोनहरु जस्तै न्ब्घ, ब्गहष्ल, न्चयधतज च्भतबचमभलतक हरुको प्रयोग गर्न सकिन्छ ।
गोडमेल:
बेर्ना रोपेको २०—२२ दिनमा खेतमा आएको झारको अवस्था हेरी गोडमेल गर्नु पर्दछ । कुनै कुनै बिरुवामा कोपिला लागेको भए उक्त कोपिला चिमटेर हटाई दिनु पर्दछ । यसरी कोपिला हटाई दिँदा बोट झ्याङ्गिएर राम्रो सँग फैलीन्छ ।
फूलको टिपाई:
फूल टिप्ने अवस्थाले फूलको गुणस्तर निर्धारण गर्ने हुनाले सयपत्रीको फूल राम्म्ररी फक्री सकेपछि टिप्नु पर्दछ । फूल टिप्दा घाँम अस्ताइसकेपछि वा घाम नलाग्दै बिहानको समयमा डाँठ सहित टिप्दा फूलको गुणस्तर लामो समय सम्म राम्रो हुन्छ । अफ्रीकन सयपत्रीको थुंगा एक साइजको फुल्ने भएकोले मालाका लागि एकदम उपयुक्त मानिन्छ र बजार मूल्य पनि राम्रो हुन्छ । सामान्यतया अफ्रीकन सयपत्रीको फूलको उत्पादन ३०० देखि ४०० किलो ग्राम प्रति कठ्ठा हुन्छ ।
(श्रोत: फ्लोरिकल्चर एशोसिएसन नेपाल)