व्यवसायिक कागती खेती
१. परिचय:
Rutaceae वनस्पति परिवारको Citreae समूह भित्र पर्ने र फलको बोक्रा मा तेल भरिएका छिद्रहरु हुने विभिन्न प्रजातिका वनस्पतिलाई कागती भनिन्छ।सुन्तला जातका वनस्पतिको बोक्रा काँचोमा हरियो र पाकेपछि पहेलो हुन्छ।
२.हावापानी:
नेपालको भौगोलिक दृष्टिकोणले उच्च पहाडी जिल्ला बाहेक अन्य जिल्लाहरूमा यसको सफलतापूर्वक व्यवसायिक खेती गर्न सकिन्छ । नेपालमा कागति को जात अनुसार गुणस्तरीय फल उत्पादन को लागि १०० मिटर देखि १४०० मिटर सम्म हावापानी उपयुक्त पाइएको छ । दैनिक ८-१० घण्टा घाम लाग्ने र १०-३५ डिग्री सेल्सियस बीचको तापक्रम भएका स्थानहरू व्यवसायिक कागती खेतीका लागि अति उपयुक्त मान्न सकिन्छ ।
३. माटो:
हलुका खालको माटो, जमिनमुनि र सतही पानीको समस्या नभएको, एकै खालको माटो गहिराई धेरै तलसम्म भएको माटो व्यवसायिक कागती खेतीका लागि उपयुक्त हुन्छ।चिम्ट्याइलो पदार्थ बढी भएको माटोमा पानी जम्ने हुँदा यस्तो माटो कागती खेती लाई राम्रो मानिँदैन।चिम्ट्याइलो माटो को लागि प्राङगारिक मलको बढी प्रयोग गरी हलुका बनाउन सकिन्छ भने बलौटे माटोमा पानी र मलखाद अड्याउन प्राङ्गरिक मलखादको प्रयोग गरी गुणस्तरमा सुधार गर्न सकिन्छ।
४. जातहरु:
सुन कागती -१
सुनकागती-२,
तेह्रथुम ।
५. बिरुवाको छनौट:
नेपालमा हालसम्म बिजू बिरुवाको प्रयोगगरी कागती खेती गरिने गरेको छ तर विजु विरुवा को तुलनामा कलमी बिरुवा को प्रयोग गर्नु धेरै दृष्टिकोणले उपयुक्त हुन्छ| रोग किरा नलागेको बोटबाट बीउ संकलन गरी उत्पादन गरेका विरुवा राम्रो हुन्छ ।कागतीका बिरुवा कलमी गर्न सुन्तला जुनार मा जस्तै तिनपाते सुन्तला वा Citrange का rootstock प्रयोग गर्न सकिन्छ| कलमी बिरुवा चाँडो( तीन वर्षमा) फल्न सुरु गर्दछन्, जरा कुहिने रोग सहन्न सक्दछन् र छनौट गरिएका माउबोट जस्तै हुन्छन् ।
६. बगैंचा स्थलको छनोट:
जमिनको छनौट गर्दा जमिनको मोहडा, सिंचाई ,जमिनको उचाइ, सूर्यको प्रकाश, तापक्रम ,यातायात, बजार आदिलाई विचार गर्नुपर्दछ।
७.कलमी बाट बेर्ना तयार गर्ने प्रविधि:
राम्रो रोग रहित शुद्ध जातको कागतीको बोट छनौट गरी त्यसैबाट कलमी गर्नुपर्दछ| जथाभावी बेर्ना बाट बोटहरु रोगी हुन सक्छन् यो प्रविधिबाट तयार गरिने बेर्ना हरु चाँडै फल्ने, बोट सानो हुने र फल माउ बोट सरह हुन्छन् भने गेडा बाट तयार गरिएका बेर्ना हरु अग्लो हुने र फुल्न कोलागी धेरै समय लाग्ने हुन्छन् भने कलमी गर्नको लागि १-२ वर्षे बोटको हाँगा बाट गर्दा धेरै राम्रो र सजिलो हुन्छ| कलमी गर्ने हाँगाको छनौट गरिसकेपछि बोटमै १५ सी.मि.( सेन्टिमिटरको) लम्बाईमा बोक्रा निकाली त्यसपछि बोक्रा निकालेको ठाउँमा माटो बालुवा र गोबर मिलाएको माटो वा रुखका झ्याउ हरु बाक्लो संग चारैतिर राखी बाहिरबाट प्लाष्टिकले छोपी दुवैतिरको छेउछाउमा सुतलीले बाँधी दिने गर्नुपर्दछ| चाडै जरा निकाल्नु छ भने जरा निकाल्ने हर्मन काटेको ठाउँमा चारैतर्फ दलिदिएर माटो राखी बाँधि दिनु पर्दछ| यस्तो कलमी वर्षायाममा नै गर्नु धेरै राम्रो हुन्छ| तर अन्य समयमा पनि गर्न सकिन्छ तर त्यत्ति सफल भने हुँदैन । यसरी तयार गरेका बेर्ना हरु १.५ देखि २ महिनामा जराहरू देखिन थाल्छन्| जरा देखिन थालेपछि कलमी गरेको तलबाट सावधानी सँग काटी माटो मिसाइएको थैलामा वा सोझै व्याडमा लगि राख्न सकिन्छ| यसरी तयार गरिएका बेर्नाहरु लगाउँदा १-२ वर्षमा नै फल्न सुरु गर्दछन्| कहिलेकाहीँ बेर्ना हरुमा रोग, किराहरुले नोक्सान पुर्याउन सक्छन्| त्यस्तो अवस्थामा सकेसम्म गाउँघरमा पाइने जडिबुटी बाटै नियन्त्रण गर्ने र सम्भव नभएमा मात्रै विषादी प्रयोग गर्नुपर्दछ । यसरी तयार पारिएका बेर्नाहरु प्रशस्त मात्रामा बिक्री गर्न सके बेर्ना बिक्रीबाट पनि राम्रो फाइदा लिन सकिन्छ।
८.खाडल खन्ने र खाडल भर्ने:
जग्गाको रेखांकन गरिसकेपछि खाडल खन्नका लागि बाँसका किल्लाहरू को चिन्ह लगाइएका स्थानहरुलाई आधारमानी बैशाख महिनाभित्र २-३ फिट चौडा र २-३ फिट गहिरो खाडल खन्नु पर्दछ| खाडल खन्दा खाडलको १.१५ फिट माथिल्लो भागको मलिलो माटोलाई एकातिर र खाडलको १.१५ फिट तल्लो भागको खैरो माटोलाई अर्कापट्टि छुट्टाछुट्टै थुपार्नु पर्दछ|बगैंचामा बिरुवा रोप्नु भन्दा एक महिना अगाडि( जेठ महिनाभित्र) खाडल खन्दा माथिल्लो सतह बाट निस्किएको माटो र राम्ररी पाकेको गोबर कम्पोष्ट मलको मिश्रणले खाँदि खादि खाडल भर्नु पर्दछ ।
९. बगैचामा सिंचाई व्यवस्थापन:
बगैचामा काँटछाँट गरी मलखाद प्रयोग गरिसके पछि पौष देखी माघ महिनासम्म माटोमा चिस्यानको कमी भए सिंचाई गर्नुपर्दछ।यसरी गरिएको सिंचाईले त्यस वर्ष फल्ने फलको उत्पादनलाई समेत निर्धारण गर्दछ।
१0.फल टिप्ने उपयुक्त समय:
फलमा चिप्लोपना आइसकेपछि टिप्नका लागि तयार भएको बुझ्नुपर्दछ| परिपक्क फलहरु हरियो तर चिल्लोअवस्थामा टिप्नु पर्दछ|फल टिप्दा बोटलाई असर नगर्ने गरी कैची वा सिकेचर्को सहायताले फल टिप्नु पर्दछ| पानी र शित परेको बेला फल टिप्नु हुँदैन भने फल बिहान ९-१०बजे र साँझ ३-६ बजेसम्म टिप्नु राम्रो मानिन्छ । फल टिपिसकेपछि फलहरुलाई कार्टुन ,डालो र डोका आदिमा राखेर ४-५ दिनसम्म काम नलाग्ने स्थानमा भण्डारण गरेमा फलहरु आफै पहेंला हुन सुरु गर्दछन् ।
लेखक: अर्जुन न्यौपाने