मौरी कविता

मौरी

एउटै घारमा बस्ने गर्छन कर्मी, भाले, रानी ।
कति राम्रो कीरा हजुर गुणैगुणको खानी ।।
कर्मी मौरी भुर्र उड्छिन परागसेचन गर्दै ।
खाली चाका मह अनि परागकणले भर्दै ।।

घारका सबै काम गर्छिन कति अल्छी छैन ।
सधै काम गर्ने कर्मी थाक्ने कहिल्यै हैन ।।
हुर्काउछिन सवै बच्चा, रानी, भाले पनि ।
ध्यान दिन्छिन कति धेरै केही नबिग्रोस भनी ।।

रानि हेर्नुहोस अलि ठुलो लामो पनि हुन्छ ।
पखेटाले वल्ल वल्ल पेटको आधा छुन्छ ।।
फुल पार्छिन बच्चा काड्न पुरै चाका भरि ।
सबैलाई आकर्षित गर्छिन गन्ध छरि ।।

कर्मीभन्दा थोरै ठुलो सानो रानीभन्दा ।
थोरै मोटो भालेमौरी अल्छे यसको छन्द ।।
भाले मौरी कति अल्छे खाना मात्रै खान्छ ।
रानिसगँ डुलेपछि परान यस्को जान्छ ।।

मह, पराग, मैन अनि शाही खुराक दिने ।
मौरी हाम्रो सवैकुरा आनीवानी चिने ।।
मौरीवाट सिक्नुपर्छ हाम्ले धेरै कुरा ।
प्रागंरिक खेती राम्रो हुर्काउन भुरा ।।

मौरी वाचे वचाउछु अस्तित्व नि हाम्रो ।
ख्याल गरौ जोगाऔ हाम्ले मौरीलाइ राम्रो ।।
वातावरण, पर्यावरण, फुलाइ धेरै फुल ।
रासायनिक खेति गरी नगरौ है भुल ।।

मौरीलाइ जोगाउने मेरो पनि चाहाना ।
१५ औ मह दिवस २०७७ को सवैमा शुभकामना ।।

 

सुवास वाबु घिमिरे
कृषि प्राविधिक

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles