माटोमुनी बसी बिरुवालाई क्षति गर्ने किराहरु
बिरुवाहरूको वृद्धि विकाससँगै उत्पादनमा कमी ल्याउने तत्त्वहरूमध्ये रोग तथा किराहरु नै प्रमुख तत्व मानिन्छ| अझ त्यसमा पनि 70-80% रोगहरु सार्ने भनेको किराहरुले नै हो| यसरी बिरुवाहरूको वृद्धि विकाससँगै उत्पादनमा कमी ल्याउने किराहरुले माटो देखि माथि रहेका बिरुवाका विभिन्न भागहरुमा मात्र नभई माटो मुनि बसेर विरुवाको जरालाई नै नोक्सानी पुर्याउने गर्दछन्|
नोक्सानी पुर्याउने बाली बिरुवाहरु: आलु ,मकै, टमाटर ,खुर्सानी, काउली समूहका तरकारीहरु आदि|
1. खुम्रे किरा(White grub)
-
-
- यो किराले माटोमुनि बसी बिरुवाको जरालाई नोक्सानी पुर्याउनुका साथै माटोको सतह भन्दा माथिको काण्डलाई पनि नोक्सानी पुर्याउँछ|
- अण्डा पारेको 2-3 हप्तामा बिरुवामा लार्भाको बिकास भई उक्त लार्भाले बिरुवाको जराहरु खान थाल्दछ, जसले गर्दा बिरुवा ओइलाएर मर्दछ|
- यसको वयस्क खैरो तथा कालो हुन्छ भने लार्भा बोसो जस्तै सेतो शरीर, खैरो रातो ठूलाठूला तिनजोडा खुट्टा भएको र हेर्दा अंग्रेजी “C” आकारको हुन्छ |
-
व्यवस्थापन विधि:
-
-
- यो किरा विशेषगरी काँचो गोबर मलको प्रयोग गर्दा खेत तथा बारीमा बढी देखिने हुँदा काँचो गोबर मलको प्रयोग नगरी राम्रोसँग पाकेको मल मात्रै प्रयोग गर्नुपर्दछ|
- यसले बारिको वरिपरि भएक झारपातहरूमा बसी फुल पार्ने हुँदा बिरुवाको वरिपरि भएका झारपातहरू नष्ट गर्नुपर्दछ|
- खपटे माउलाई बिजुली बत्तीको पासोमा आकर्षण गरी मार्न सकिन्छ|
- आलु, मकै जस्ता बालीहरु रोप्नु अगाडी एक केजी प्रतिरोपनी का दरले दानामा उत्पादित हरियो दूसी (Metarhizium anisopliae) बाली रोप्ने समयमा लाइनमा छर्ने|
-
- फेद कटुवा किरा:
-
-
- यो किरा हेर्दा ध्वाँसे वा खैरो रङको, शरीर चिल्लो र ढाडमा अस्पष्ट धर्साहरु भएको र छोएपछि बटारिने गर्दछ|
- यो किरा रातीमा बढी सक्रिय हुने हुँदा रातको समयमा माटो भन्दा मुनिका साथै माटो भन्दा माथिको सतह नेरको बिरुवा को काण्ड नष्ट गरी मानिसले नै काटेको जस्तो देखिन्छ| त्यसैले यसलाई गालपारुवा किरा पनि भन्ने गरिन्छ |
- यसले आलुबारीमा नोक्सानी पुर्याएको अवस्थामा काटिएको बोटको फेद र आलु मा प्वाल हुन्छ|
-
व्यवस्थापन विधि:
-
-
- काटेको बिरुवाको जरा नजिक माटोमा कोट्याएर लार्भाहरु खोजी नष्ट गर्ने|
- माटोमा बिरुवा लगाउनु भन्दा अगाडि क्लोरपायरिफोस (Chloropyriphos / dursban 10%) वा म्यालेथियन (Malathion) धूलो एक केजी प्रतिरोपनी का दरले माटोमा उपचार गर्ने|
- बिरुवा लगाउनु भन्दा अगाडी खेतबारीमा मज्जाले 2-4 दिनसम्म पानीले भिजाउन सकिन्छ|
-
3. रातो कमिला(Red ant)
-
-
- भाले कमिलाको शारीरिक ब
नोट अरिङ्गालको जस्तो हुन्छ भने पारदर्शक पखेटाहरूका नसाहरु काला खैरा देखिन्छन्|
- जरा वरिपरि मसिना खैरा राता किराहरूको समूह देख्न सकिन्छ|
- पोथी कमिला लामो बनावटका हुन्छन् भने यिनका पखेटा हुँदैनन्|
- बिरुवा ओइलाउने र मर्ने हुन्छ|
- भाले कमिलाको शारीरिक ब
-
व्यवस्थापन विधि:
-
-
- गहुँतको झोल बनाई माटो भिजाउन सकिन्छ|
- रातो कमिला को प्रकोप बढी भएको अवस्थामा डुबने गरी सिंचाई गरेको अवस्थामा यसको प्रकोप कम गर्न सकिन्छ|
- प्रत्येक वर्ष रातो कमिलाको आक्रमण हुने खेतबारीमा बिरुवा लगाउनु भन्दा अगाडी क्लोरपायरिफोस
(Chloropyriphos 20% EC) नामक कीटनाशक विषादी 1 ml प्रति लीटर पानीको दरले माटोमा छर्न सकिन्छ|
-