ब्यबसायिक कालिज पालनका चुनौती र ध्यान दिनु पर्ने कुराहरु

ब्यबसायिक कालिज पालनका चुनौती र ध्यान दिनु पर्ने कुराहरु

कालिज पहाडी तथा हिमाली भेगमा पाइने एक प्रकारको जंगली चरा हो। कालिज नेपाल को राष्ट्रिय चरा डाँफेको परिवारमा पर्ने चरा हो। भाले कालिज पोथीको तुलनामा अलिक रंगीचंगी हुन्छ र प्रजाति अनुसार रंग फरक फरक हुने गर्दछ । हाल नेपालमा पालिने कालिज यूरोपेली जातको Ring Neck pheasant हो।
अहिले नेपालमा कालिज पालनमा युवाको बढ्दो आकर्षण देख्न सकिन्छ। धेरैले यो चराको राम्रो बजार मूल्य र आकर्षक रुपको कारणले एसको ब्यबसायिक पालन सुरु गरेको पनि पाइन्छ तर विभिन्न फाइदाका बाबजुद विभिन्न चुनौतीहरु पनि छन्। जसलाई ध्यानमा राखेर ब्यबसाय गर्दा पक्कै पनि सफल हुन सकिन्छ ।

१. ठाउको छनोट:

कालिज पालन गर्दा सम्भव भए सम्म चिसो हावापानी भएको भिरालो र जंगलको नजिक भएको जग्गा छनोट गर्दा राम्रो हुन्छ।  उचतम तापक्रम ३० डिग्री से भन्दा कम हुने ठाउँ छान्नु पर्दछ। तराइ आथवा गर्मि ठाउ छ भने छाहारी को व्यवस्था गर्नु उचित हुन्छ।

२. खोर ब्यबस्थापन:

ठाउको छनोट पश्चायत खोर बनाउन आबस्यक हुन्छ। त्यो भन्दा पहिला तारबार गर्नु पर्दछ वरिपरी सानो पोवाल भएको जी आइ जाली ले तारबार गर्ने र माथि बाट नाएलोन को जाली प्रयोग गर्न सकिन्छ। कालिजलाई ३ किसिमको खोर को आब्यसकता पर्दछ।
  • Brooding खोर: यस खोरमा एकदिने चल्लालाइ उचित तापक्रम ३५ – ३७ डिग्री से मा करिब दुइ हप्ता सम्म हुर्काउने गरिन्छ।
  • चल्ला हुर्काउने खोर: यस खोरमा दुइ हप्ता को चल्लालाइ लाएर ४ देखि ५ हप्ता सम्म हुर्काउने गरिन्छ।
  • प्रजनन खोर: यस खोरमा बैसक चल्ला ४ देखि ६ हप्ता को चल्ला लाइ आबस्यक ठाउ र चरण को ब्यबस्थापन गरि भाले र पोथी को अनुपात १:१० मिलाएर राखीन्छ। करिब ७ देखि ८ महिना सम्म कालिजलाइ यस खोरमा राखिन्छ र बजार ब्यबस्थापन गरिन्छ।

३. दाना तथा पानि ब्यबस्थापन :

कालिजलाइ सकेसम्म प्राकृतिक दाना खुवाउन राम्रो हुन्छ जस्तै घास, किरा आदि तर बयाबसिक पालनमा दैनिक ५०-६० ग्राम प्रोटिन युक्त दाना दिनु पर्दछ। गाउघरमा उत्पादन हुने घास दिने थावा चरणको ब्यबस्था गर्नु पर्दछ साथै सधैं सफा र खानयोग्य पनि दिनु पर्दछ।

४. प्रजनन ब्यबस्थापन :

बैस्यक कालिजको प्रजनन गर्दा हाडनाता नपर्ने गरि गर्नु पर्ने हुन्छ। अन्यथा उत्पादन र उत्पादकत्वमा कमि आउने, छिटो नबढ्ने, अण्डा सानो हुने, स्वास्थ्य कम्जोड हुने जस्ता समस्या हरु आउन सक्दछन्। त्येसैले सके सम्म भाले र पोथी एकै ठाउ बाट नल्याउने, भाले परिबर्तन गरि राख्ने गर्नु पर्दछ।

५. बजार ब्यबस्थापन :

हाल हेर्ने हो  भने एउटा १.५ केजी कालिजको मूल्य करिब ३५०० देखि ४००० भएको र एक दिने चल्ला को मूल्य १००० देखि १५०० अथवा अण्डा को मूल्य ७०० देखि ७५० लिएको पाइन्छ। तर बढ्दो उत्पादन संगै यसको मूल्य पनि घट्ने निश्चित नै छ त्यसैले ब्यबसायिक उत्पादन गर्नु भन्दा पहिले बजार ब्यबस्थापन कहाँ र कसरि गर्ने भनेर सोच्नु आबस्यक छ। दिगो उत्पादनका लागि आफुले बजार राम्रो संग चिनेर गर्दा पक्कै पनि सफल हुन सकिन्छ।
Youtube र साथीभाईले भनेको भरमा ब्यबसायिक उत्पादन नगर्नु होला उत्पादन गर्नु अघि अध्यन र कम्तिमा पनि २ वटा फार्म हेर्ने र बजार ब्यबस्थापनको बारेमा सोचेर मात्र लगानी गर्नुपर्दछ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles