बोर्डोमिश्रणको: परिचय,बनाउने तरिका तथा प्रयोग विधि
परिचय:
बोर्डोमिश्रण (Bordeaux mixture) पानी, निलोतुथो (CuSo4) र चुन (Ca(OH)2) मिसाएर बनाइएको एक प्रकारको जैविक ढुसी नासक बिषादी हो | यसलाई बोटबिरुवामा प्रयोग गरिने सुरक्षित दूसीनासक बिषादी को रुपमा लिइन्छ|
बोर्डोमिश्रण बनाउने आवश्यक सामग्रीहरू:
- निलोतुथो
- काँचो चुन
- पानी
- प्लास्टिकको बाल्टी
- चक्कु
- घोललाई चलाउने वस्तु
बोर्डो मिश्रण बनाउने तरिका:
बोर्डो मिश्रण बनाउँदा आफूलाई आवश्यकता परे अनुसार एक लिटर पानीका लागि 10 ग्राम निलोतुथो 10 ग्राम चुन लिने| चुन र निलोतुथोलाई छुट्टा छुट्टै भाँडोमा केही पानी राखी घोलेर राखिदिने| यसरी चुन तथा निलोतुथोको पानीमा राम्रोसँग घुलिसकेपछि अर्को बाल्टीमा खनाएर घोल तयार पार्नु पर्दछ| यसरी खन्याउँदा दुइजना मानिसले निलोतुथो चुनको घोललाई छुट्टाछुट्टै खन्याउँदै गर्ने र अर्को एकजना मानिसले त्यसलाई काठको सहायताले राम्रोसँग चलाउने| यसरी बनाउँदा घोल बिग्रन पाउँदैन र बोर्डो मिश्रण गुणस्तरीय बन्छ|
ध्यान दिनुपर्ने कुराहरु:
- बोर्डो मिश्रण बनाउँदा धातुको भाँडाहरु प्रयोग गर्नुहुँदैन|
- तयारी घोलको pH 7/तटस्थ हुनुपर्छ|
- तयार गरेको 24 घण्टाभित्रै बोर्डोमिश्रण प्रयोग गर्नुपर्दछ|
- पानी निलो तुथो र चुना को सही मात्रा मिलाई मिश्रण तयार पार्नुपर्छ|
- धेरै काम लागेको समयमा बोर्डोमिश्रण को प्रयोग गर्नु राम्रो हुँदैन|
बोर्डो मिश्रण तयार भएको पत्ता लगाउने तरिका:
यसको लागि खिया नलागेको सफा फलामको भाँडोलाई बोर्डो मिश्रणको घोलमा डुबाउने र हेर्ने यदि भाँडोमा खिया लागेको जस्तो खैरो रङ आएमा चुन थप्दै जाने र चेक गर्दै जाने पछि चेक गर्ने भाँडो सफा भएमा (खिया लागेजस्तो नभएमा) बोर्डो मिश्रण तयार भयो भनी बुझ्नु पर्दछ|
कुन–कुन बालीमा प्रयोग गर्न सकिन्छ त ?
बोर्डो मिश्रण विशेष गरी डाउनी मिलडिउ, पाउडरी मिलडिउ र अन्य ढुसीजन्य रोगहरूको रोकथामका लागि प्रयोग गरिन्छ| जस्तै: आलु तथा टमाटरको काण्ड तथा हागामा लाग्ने डढुवा,आरुको पात खुम्चिएको अवस्थामा, तरकारी फलफूल तथा फूलहरूमा ढुसीजन्य रोगहरु लागेको अवस्थामा बोर्डो मिश्रण प्रयोग गर्न सकिन्छ|
लेखक– अर्जुन न्यौपाने