Array

बोयर बाख्रापालन

बोयर बाख्रापालन:

बोयर बाख्रा मुख्यतया मासुको लागि पालिने बिदेशी बाख्राका जातहरु मध्ये एक उत्तम जात हो| विगत केही वर्षदेखि नेपालमा अगुवा कृषकहरुले यो बाख्रा पालन गर्दै आइरहेका छन्| खासगरी दक्षिण अफ्रिका, अष्ट्रेलिया र अमेरिकामा यसको उत्पादन व्यापक भएको पाइन्छ| अरु जातको तुलनामा यस जातको बाख्राको  पाठा-पाठिको जन्म तौल पनि बढी हुनुको साथै छिटोछिटो बढ्छ भने वयस्क बाख्राको तौल पनि बढी हुन्छ| बोयर बाख्राका पाठापाठी को जन्म तौल सालाखाला 3 देखि 4 किलो सम्म हुन्छ भने सातौं महिनामा पाठाको तौल ४० देखि ५० किलो र बाख्राका पाठीको तौल 35 देखि 45 किलो सम्म हुन्छ| बोयर बाख्राको वयस्क बोकाको तौल 110-135 किलोसम्म हुन्छ भने बाख्राका माउहरूको तौल 90 देखि 100 किलोसम्म हुन्छ| यस जातका बाख्राहरु साधारणतया सेतो रङ्गको हुन्छ भने टाउको  देखि घाँटीसम्म रातो वा खैरो हुन्छ| यस  बाख्राका  माउहरूको दूध उत्पादन पनि बढी हुनाले राम्रोसँग पाठापाठी हुर्काउने क्षमता हुन्छ| यिनीहरूको प्रजनन क्षमता राम्रो हुनुका साथै छिटो बढ्ने र शान्त स्वभावका हुन्छन् भने दुई वर्षमा तीनपटक ब्याउने र प्रतिवेदन 2 पाठापाठी पाउने यस जातका बाख्राहरु को मुख्य विशेषता हुन्| त्यसैगरी बालीजान सिजनको प्रभाव कम पर्ने भएकोले बोयर बाख्राले बाह्रैमहिना पाठापाठी जन्माउन  सक्छ|

हावापानी:

बोयर बाख्रा नेपालको तराई देखि पहाडी इलाका सम्म  पाल्न  सकिने भएतापनि  नेपालमा गरिएका अनुसन्धानहरु बाट बोयर जातको क्रस बाख्रा समुद्री सतह देखि 1200-1500 मिटरको उचाइसम्म ( दक्षिण मोहडा फर्किएको  पहाडी भेग) अझ सफलतापूर्वक पाल्न सकिने देखिएको छ|

 आहारा व्यवस्थापन:

बोयर जातको बाख्रा अन्य जातका बाख्राहरु भन्दा छिटो हुर्कने भएकोले यिनीहरूलाई दिने आहारा अन्य जातका बाख्राहरु लाई भन्दा बढाएर दिनुपर्ने हुन्छ| सामान्यतया अन्य स्थानीय जातका बाख्रा लाई शरीरको तौल को 25-35%  सम्म सुख्खा पदार्थ भए पुग्दथ्यो भने  बोयर बाख्राको लागि कम्तिमा शरीरको तौल को 45 % का दरले सुख्खा पदार्थ चाहिन्छ| विशेषगरी यो जातको बाख्रा लाई पूर्णरुपले बधुवा प्रणालीमा राखिने भएकाले आहाराको लागि मौसम अनुसारको डालेघाँस तथा भूईश्घाँस सही मात्रामा उपलब्ध गराउनसके दाना मात्र खुवाएको भन्दा थप केही मात्रामा मासुको उत्पादन  बढाउन सकिन्छ|

खोर तथा अन्य व्यवस्थापन:

चिस्यान बढी हुने तथा ओसिलो ठाउँमा बाख्रालाई निमोनिया र अन्य रोगहरु लाग्ने सम्भावना बढी हुने भएकोले खोर बनाउँदा ओभानो र घाम लाग्ने ठाउँमा  बनाउनुपर्छ| खोर बनाउँदा अन्य जातका बाख्राहरु लाई जस्तै बनाई पनि बाख्रा राख्ने कोठाहरु चाहिँ ठूलो बनाउनु पर्दछ|बोएर बाख्रा अन्य स्थानीय जातहरु भन्दा ठूलो आकार र लम्बाई पनि बढी हुने भएकाले विभिन्न अवस्थामा ठाउँ छुटाउनु पर्ने हुन्छ| यसैगरी बधुवा प्रणालीमा पालिएका  बोयर बाख्रालाई बिहान र दिनको समयमा घाम ताप्न र घाँस खानको लागि खुला ठाउँको आवश्यकता पर्दछ त्यसका लागि 100 बाख्राको लागि 20 मिटर लम्बाई र 15 मिटर चौडाई भएको ठाउँ हुनु पर्दछ|

 पाठापाठी  को हेरचाह:

भर्खरै  ब्याएको बाख्राको दुधमा बिगौती (Colestrum) को मात्रा बढी हुने भएकाले उक्त बिगौती पाठापाठी जन्मिने बित्तिकै खुवाउनुपर्ने हुन्छ जसले पाठापाठीलाई रोगसँग लड्ने क्षमता प्रदान गर्ने गर्दछ  भने उत्तिकै पोषिलो पनि हुने गर्दछ| त्यसैगरी पाठापाठीलाई  चिसोबाट बचाउनको लागि पाठापाठी  राख्ने कोठामा तातो बनाउनुका साथै बत्ती तथा सोत्तरको व्यवस्था गर्नुपर्ने हुन्छ| पाठापाठी चार महिना पुगेपछि माउबाट छुटाएर अलग्गै राख्नुपर्ने हुन्छ  |

त्यसैगरी विभिन्न उमेरका बाख्रालाई तौलअनुसार र आन्तरिक परजीवीको प्रकोप अनुसार समय समयमा आन्तरिक परजीवी विरुद्ध औषधि र बाह्य परजीवी विरुद्ध कीटनाशक (Cypermethrin) झोलमा नुहाई दिनुपर्ने हुन्छ|

मासु उत्पादन:

मासुको उत्पादन बोयर शतप्रतिशत शुद्ध हो या क्रस गराइएको हो  र कस्तो हावापानीमा पालिएको छ भन्ने कुरामा निर्भर गर्दछ| सामान्यतया 1000-1500 मिटर उचाई भएको ठाउँहरुमा पालिएको बोयर बाख्राको  मासु उत्पादन औषतमा हेर्दा प्रतिदिन 150 देखि 220 ग्रामसम्म भएको पाइएको छ भने प्रशस्त पोषिला  डाले घाँसहरुको अभाव हुने हुँदा तराईका क्षेत्रहरुमा यसको मासु  उत्पादन प्रतिदिन 100-180 ग्राम सम्म हुने गरेको पाइन्छ| उचित  व्यवस्थापन र वर्षैभरि पोसिलो आहारा उपलब्ध भएको अवस्थामा  एक वर्षमै  120-180 kg  मासु उत्पादन भएको पनि पाइन्छ|

 लेखक -अर्जुन न्यौपाने

कृषि  प्रशिक्षक

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles