बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

के हो बोधिचित्त ?

नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति हो बोधिचित्त। यो वनस्पति नेपालमा बाहेक संसारका कुनै ठाउंमा पनि पाईदैन । त्यसैले यसलाई अंग्रेजीमा इन्डेमिक टु नेपाल भनिन्छ । बुद्ध धर्मावलम्बिहरुका अनुसार बोधिचित्त विरुवा आठौं शताब्दी तिर गुरु पद्म सम्भम (गुरु रेम्पो छे) लुम्बिनीबाट तिब्बत फर्किने बेलामा तिमालमा तपस्या गरि जान लाग्दा तिमाल क्षेत्रमा रोपेको र स्थानीयलाई चिनाएको किम्बदन्ति रहेको छ । सम्भवतः यसको बीउ र माला गुरु पद्म शम्भवले लुम्बिनीबाट ल्याएको हुनु पर्छ । परम्परागत रुपमा यसको खेती तिमाल क्षेत्रमा मात्र गरिन्थ्यो । नातागोता, इष्टमित्र र आफन्तहरुलाई उपहारको रुपमा यस्को बिउ र बिरुवाहरु दिने गरिएकाले तिमाल आसपासका गाउंहरु जस्तै महाभारत श्र्रीड्खला, काभ्रेकै कोशी पारीका गाउहरु, रामेछाप, सिन्धुली, दोलखा आदि ठाउँहरुमा पनि केही दशक अघिदेखि अलि अलि फैलिएको थियो । यसको धार्मिक तथा आर्थिक महत्व दिन प्रतिदिन बढ्दो छ । विश्व बजारमा यसको माग धेरै बढेकाले अहिले नेपालका लगभग सबैजसो जिल्लाहरुमा यसको खेती गरिन थालिएको छ । काठमाण्डौका विभिन्न स्थानहरुमा बोधिचित्त फलिसकेकाले काठमाण्डौ उपत्यका र यस्तै हावापानि हुने अन्य स्थानमा पनि यसको खेतित हुनसक्ने देखिन्छ ।

बोधिचित्तको नामाकरण कसरी भयो?

नेपाली भाषामा बोधिचित्त वा बुद्धचित्तको नामले चिनिने यस वनस्पतिलाई तिमाल क्षेत्रमा स्थानीयहरुले बुद्धमाला, माला र फ्रड्वामाला पनि भन्दछन् । तिब्बती भाषामा ठेड्वा माला र चिनीया भाषामा फड.याड्फू थी भनिन्छ । बयर जातको वनस्पतिको वैज्ञानिक वा जेनेरिक नाम जिजिपस र सोहि जात भित्र पर्ने प्रजाती बोधिचित्त भएकाले नेपाली वैज्ञानिकहरुले यसको प्रजातिय नाम बुद्धेन्सिस नामाकरण गरेका छन् । तसर्थ यसलाई जिजिपस बुद्धेन्सिसको नामले विश्वमा चिनिन्छ ।

बोधिचित्तको धार्मिक महत्व?

बुद्धमार्गीहरुले जप गर्दा प्रयोग गरिने पवित्र माला यही बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ । यसको जोड्निमा एउटा अनि ठुलो अतिरिक्त दाना राखिएको हुन्छ, त्यसलाई गरुदाना भनिन्छ । जप र ध्यान गर्दा उच्चारण गरिने मन्त्रको गणनालाई सजिलो बनाउन बौद्ध भिक्षु, न्यासि, ध्यानी र उपासकहरुले यसको प्रयोग गर्दछन् । यसलाई भगवान बद्धसग साक्षात्कार गराउने पवित्र साधन मानिन्छ । बोधिचित्तको मालाबाट जप, ध्यान, मन्त्रोच्चारण र धारण गर्दा चिताएको पुग्ने, सिद्धि प्राप्त हुने, अन्जानमा गरेको पाप काटिने र मृत्यु पछि पनि शान्ति र मुक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसको माला सबै खाले पुजा र जपमा प्रयोग गरिन्छ । यस मालाबाट जप गर्दा परिवार र समाजलाई नै लाभ प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । बोधिचित्तको माला बुद्ध भिक्षुहरुलाई दान दिएमा ती भिक्षुहरुले जपगर्दा प्राप्त हुने पुण्य वा लाभको केहि अंश माला दान गर्ने ब्यक्तिलाई समेत प्राप्त हुने विश्वास पनि रहेको छ । घरमा राखिएका बुद्धका मूर्ति, फोटो तथा आफ्ना स्वर्गीय जनहरुको फोटोहरुमा समेत यसको माला लगाइदिने गरिएको छ । विवाह, स्वागत, बिदाइ जस्ता शुभकार्यहरुमा समेत गहना र उपहारका रुपमा यसको माला, ब्रास्लेट, लकेट आदि दिने प्रचलन बढेको छ । यस्को माला दलाई लामाले पनि प्रयोग गर्नु हुन्छ । चिन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भियतनाम, मकाउ, ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ ।

बोधिचित्त खेती प्रविधि?

नेपालको तराई देखि २२०० मिटरको उचाइसम्म पारीलो, सेप नलाग्ने, पानी नजम्ने कोरेसाबारी, बगैचा, बारी, पाखो, पखेरो लगायतका जुनसुकै जमीनमा यसको खेती गर्न सकिन्छ । यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्दछ । कुनै कुनै बिरुवामा बर्षमा दुई पटक पनि फल फल्न सक्छ । यसको वयस्क बिरुवामा २०० केजी सम्म फल फलेको पाईएको छ । २० देखि २५ फिट अग्लो झाडी भएको हुने र एक पटक रोपेपछि पचास वर्ष भन्दा बढी समयसम्म फल फलिरहन्छ ।
रातो माटो र कालो माटो, तथा बलौटे माटो अर्थात सबै खाले माटोमा राम्रो संग हुर्काउन सकिने । तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर पार्दैन ।

बोधिचित्त लगाउने विधि?

२ फीट गहिरो तथा २ फिट गोलाइको खाडल खनेर मल र माटोको मिश्रण राख्ने । त्यसपछि विरुवालाई रोप्ने र आवश्यकता अनुसार सिचाँइ दिने । हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रोसंग यसलाई लगाउन सकिन्छ । स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गरिरहन पर्दैन ।

बोधिचित्तको व्यापार?

[The Kathmandu Post on Bodhicitta]

एकै रुखको फलबाट २ लाख देखि ९० लाखसम्म आम्दानी हुने हुंदा यसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्षेत्रका किसानहरुको आय र जीवनस्तर धेरै उच्च भएको छ । काभ्रेको तिमाल क्षेत्रमा मात्र वार्षिक करिब २ अरबभन्दा बढीको कारोबार हुन्छ । यसको व्यापार र आम्दानी बढेको कारण देशै भरि यसको खेती गर्ने लहर चलेको छ । माग अनुसार बिरुवा उत्पादन हुन नसकेको र उत्पादन लागत नै महड्गो पर्ने भएकोले एउटै बिरुवा उमेर र साइज हेरेर सातसय देखि दशहजारसम्ममा बिक्रीहुने गरेका छन् । यसका दाना र मालाहरु खरिद गर्न चिन, ताइवान, मकाउ लगायतका धेरै व्यापारीहरु घर घरमा आउने गरेको किसानहरु बताउछन् । नेपालको हालको उत्पादनले बजारको माग धान्न नसकेकाले बजार मुल्य दिन प्रतिदिन बढ्दो छ । यसका दानाको सतहमा प्रष्ट देखिने कुशल कलाकारले कुंदेकाजस्ता आकषर्क विभिन्न कोणका चिन्हहरु हुन्छन् । त्यस्ता कोणलाई यसको मुख वा सुर भनिन्छ । मुख बढ्दै गएअनुसार यसको मुल्य पनि पढ्दै जान्छ । हालसम्म एकदेखि आठ मुख सम्मका दानाहरु पाइएका छन् । सात र आठ मुखे राम्रो आकार र गोलाइ भएको एउटै दाना रु.५ देखि १० लाख र आठ र नौ मि.मि गोलाइबाट बनेको दुइ मुखे दानाको एउदै मालाको ३ देखि ४ लाख भन्दा बढीमा बिक्री हुने गरेको छ । तसर्थ अहिलको पहाडि जग्गा बाझो र बन्जर बन्दै गएको अवस्थामा यसको खेती गर्दा किसान तथा राष्ट्रलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने देखिन्छ ।

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X