Array

बेमौसमी टमाटर खेती प्रविधि

                           बेमौसमी टमाटर खेती प्रविधि          

                                                                                                                   लेखक: अर्जुन न्यौपाने

प्रतिकूल मौसममा  पनि विरुवालाई  अनुकूल वातावरण सिर्जना गरी तरकारी उत्पादन  गर्ने तथा टमाटर उत्पादन गर्ने  प्रविधिलाई बेमौसमी टमाटर खेती प्रविधि भनिन्छ |  विशेषगरी बेमौसमी टमाटर   खेती गर्दा नेपालमा वर्षायाम(  जेठ देखि भदौ महिनासम्म) वर्षाबाट जोगाउन र हिउँद आयाम (मंसिरदेखि फागुन सम्म) चिसोबाट विरुवालाई जोगाउन तराई तथा मध्य पहाडी भागमा प्लास्टिक घर को प्रयोग गरिँदै आएको छ भने उच्च हिमाली भागमा तापक्रम वृद्धि गरी गोलभेडा उत्पादनका लागि चाहिने प्लस्तिक  गुमोज   प्रयोग गरिँदै आएको छ  |

परिचय: टमाटर सोलानेसी  परिवारमा पर्ने र गर्मीयाममा हुने  एक महत्वपूर्ण तरकारी   बालि  हो | यसलाई पकाएर, सलाद बनाएर वा प्रशोधन गरेर खान को लागि विभिन्न परिकार तयार  पार्न सकिन्छ | यसलाई खुल्ला जमिन र प्लास्टिक टनेल भित्र दुवै अवस्थामा खेती गर्न सकिन्छ भने बर्खा याममा अत्यधिक वर्षाबाट जोगाउन र हिउँदमा चिसो तथा ढुसी जन्य रोगहरु बाट बचाउनको लागि पछिल्लो समय प्लास्टिक टनेल भित्र टमाटर खेती गर्ने   किसानहरूको संख्या बर्दो क्रममा देखिन्छ| |

हावापानी माटो: यसलाई चाहिने उचित तापक्रम  दिउँसो 30 डिग्री र राति  20 डिग्री सेल्सियस  हो | नेपालमा यो तराइका लागि  हिउंदे र मध्य पहाडका लागि गर्मीयाममा हुने   बालि   हो | टमाटर  प्राय सबै किसिमको माटोमा खेती गरिन्छ तर पानी नजम्ने, हलु|का मलिलो, खालको माटो अति उत्तम हुन्छ| टमाटरले धेरै चिसो र तातो  दुबइ खप्न सक्दैन |

प्लास्टिक घर निर्माणको लागि जग्गा छनौट प्लास्टिक को प्रयोग: कम्तिमा 6 घन्टाभन्दा  बढी दैनिक घामलाग्ने खेल्ने तर हुरीबतास  नचल्ने  जग्गा  उपयुक्त मानिन्छ कम्तीमा पनि 5 मिटरभन्दा बढी चौडाई भएको जमिन राम्रो मानिन्छ प्लास्टिक टनेलमा सामान्यतया प्लास्टिकको प्रयोग गर्दा 45 देखि 90 जीएसएम साम्माको पारदर्शी सिल्पौलिन प्लास्टिक   प्रयोग गर्ने गरिन्छ भने बढी हावा चल्ने र असिना पर्ने ठाउँमा 120  जीएसएम  साम्माको प्लास्टिक प्रयोग गर्दै आइएको छ|

 प्रचलित जातहरु: सिर्जना, सम्झना,  gaurav555, doctor – 3,  sarita, मनिसा, CL 1131 आदि

 नर्सरी राख्ने समय:

तराई– जेठ देखि   श्रावण सम्म

मध्य पहाड –  माघ देखि वैशाख सम्म

उच्च पहाड –   मंसिरदेखि  फाल्गुन सम्म 

बीउ दर:  20 देखि 25 ग्राम/ रोपनी |

यसको दर बिरुवा देखि बिरुवा र  हार  देखि हारको दुरी  कती राख्ने  भन्ने कुरामा निर्भर गर्दछ |

 रोप्ने दूरी: सामान्यतया  टमाटरको बिरुवा  कति टाढा  वा कति नजिक    रोप्ने भन्नेकुरा  उक्त विरुवामा कतिवटा   हाँगा राख्ने भन्ने कुरामा भरपर्दछ |

बेर्ना सार्ने समय तरिका: बेर्ना राखेको 25 देखि 28 दिनपछि नर्सरीबाट  बेर्ना सार्नु अघि  बेर्ना  सजिलै आओस् भनी 1 घण्टा पहिले  नर्सरी बेडमा सिंचाई गर्नुपर्दछ   बेर्ना लाई घाम लागेको दिन साँझमा वा बादल लागेको दिन जतिबेला पनि सार्न सकिन्छ बेर्ना सार्दा  काण्डलाई  कहिले पनि नर्सरीमा भएको भाग भन्दा  माथि पुर्नु हुँदैन |

मलखाद व्यवस्थापन: 100 देखि 120 डोका राम्रोसँग पाकेको प्राङ्गारिक मल  प्रतिरोपनी का दरले प्रयोग गर्नुपर्दछ यदि रासायनिक  मलको प्रयोग गर्ने भएमा 10 के. जी. डीएपी र  6 केजी पोटास प्रतिरोपनी का दरले जग्गाको अन्तिम तयारी गर्दा हाल्नु पर्दछ र प्रत्येकपटक धेरै फल टिपे पछि गहुँत पानीको झोल प्रतिबोट 250 एम एल करिबआधा माना) विरुवाको  जरा भन्दा अलि पर पार्नेगरी हाल्नु पर्दछ बेर्ना सारेको 3-4 हप्तामा पहिलो र  6-7 हप्तामा दोस्रो |

काँटछाँट  तथा व्यवस्थापन: बिरुवा 10 देखि 20 सेन्टि मिटर  अग्लो भएपछि मुन्टा चिमतेर  दुईवटा मात्र हाँगा आउन दिनुपर्दछ फेरि 35 देखि 40 सेन्टि मिटर  माथि  तुप्पा चुडेर  एक बोटमा जम्मा  चारवटा हागा राख्नु राम्रो   मानिन्छ गोलभेडाको प्रत्येक आँख्ला बाट  हागा छोड्ने भएकोले चार वटाभन्दा बढी हागा आउन नदिन नियमितरुपमा मुना चुदानु पर्छ।

सिंचाई: टमाटरमा कतिपटक सिंचाई गर्नुपर्छ भन्ने कुरा माटोको किसिम र मौसममा भरपर्छ सामान्यतया सबै प्रकारको माटोको लागि गर्मीयाममा 7 देखि  10 दिनको फरकमा र चिसो याममा 15 देखि 20 दिनको फरकमा  सिंचाई गर्नु उपयुक्त मानिन्छ तर फल लागिसकेपछि लामो सुख्खा समयपछि तुरुन्तै सिंचाई गरिएमा फलको दाना   फुट्ने समस्या आउने भएकाले सिंचाई गर्दा   बिरुवा कस्तो अवस्थामा छ  र  सिंचाईको आवश्यकता छ कि छैन   एकिन गरेर मात्रै  सिंचाई गर्नुपर्दछ |

फल  टिप्नेअवस्था: टमाटरको  फल टिप्ने अवस्था बजारको दुरीमा भरपर्छ यदि टमाटर टाढाको बजारमा पठाउनु छ भने  फलहरु राम्ररी    छिपी सकेपछि  भर्खर पाक्न सुरुभएको समयमा टिप्नु पर्छ तर  यदि टमाटर  नजिकैको बजारमा बिक्री गर्ने हो भने रातो हुनेगरी अथवा राम्ररी  पाकिसकेपछि मात्रै  टिप्नु पर्छ |

उत्पादन: जात र लगाउने यामको आधारमा प्रतिरोपनी  हजारदेखि 15 सय केजी उत्पादन हुन्छ भने प्लास्टिक टनेल भित्र बेमौसमी टमाटर खेती गर्दा उत्पादन कम भएता पनि लामो समयसम्म फल्ने र बढी मूल्य पाउने भएकाले बेमौसमी टमाटर खेती गर्दा प्रशस्त मात्रामा आम्दानी गर्न सकिन्छ |

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles