बधिया भाले के हो र बनाउँने तरीका
लोकल भाले भन्दा दोब्बर मूल्य, खानको लागी एकदम स्वादिष्ठ, स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक र मासु पनि छिटो बढ्ने भएका कारण पछिल्लो समयमा लोकल भालेलाई बदिया बनाउने प्रचलन बढेको पाइन्छ| विशेषगरी दाङको प्रसिद्ध मानिने बधिया भालेको व्यवसायिक पालनतर्फ अन्य जिल्लाका कृषकहरु पनि आकर्षित भएको पाइन्छ| स्थानीय जातका लोकल कुखुरा, गिरिराज,नयाँ ह्याम्पशायर, जस्ता कुखुराका भाले हरुलाई बधिया बनाउन सकिन्छ भने धेरैजसो लोकल कुखुराको भालेलाई बधिया बनाउने गरिन्छ|
के हो त बधिया ?
विशेषगरी स्थानीय जातका लोकल कुखुराका भालेहरु चारदेखि पाँच महिना पुगेपछि वास्न सुरु गर्दछन् र उक्त अवस्थामा भालेको अण्डकोष निकाली हुर्काइएका/ पालिएका भालेलाई नै बधिया भाले भनिन्छ| यसरी उत्पादन गरिएको कुखुरा निकै नै स्वादिष्ट र स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिन्छ|
बधिया बनाउँदा चाहिने आवश्यक सामग्रीहरू:
- Blade
- सियो र धागो
- तेल र बेसार
- हातको पखाल्न को लागि साबुन् र सफा पानी
यसरी बनाइन्छ बधिया भाले?
बधिया भाले बनाउँदा भाले बास्न सुरु गरेको 8-10 दिनको समयलाई एकदमै उत्तम समय मानिन्छ| धेरै सानो र धेरै छिप्पिएको बाले लाई बधिया बनाउन गाह्रो हुने र मासुको स्वाद पनि भनेजस्तो नआउने हुँदा समयको छनोट गर्नु आवश्यक रहन्छ| सर्वप्रथम भालेको खुट्टा भन्दा पछाडि पट्टिको भुत्ला तथा रौंहरू हटाउनु पर्दछ जसले गर्दा अण्डकोष निकाल्नको लागि सजिलो हुने गर्दछ| यसरी रौहरु हटाइसकेको पछि उक्त भागमा धर्सा जस्तो लाइन परेको देख्न सकिन्छ , र केही ठाउँको बिचबाट एउटा सफा ब्लेडको साहायताले चिर्नु पर्दछ| यसरी कात्दा दायाँबायाँ को नशा काटिने डर हुने हुँदा पूर्ण साबधानी भई गर्नुपर्दछ अन्यथा अत्याधिक रगत बगी कुखुराको मृत्युसमेत हुनसक्छ| त्यसैले बदिया बनाउँदा दक्ष प्राविधिक सहयोग लिएर मात्रै गर्नुपर्दछ र एकपटक हेरिसकेपछि आफैंले पनि गर्न सकिन्छ|कुखुराको अण्डकोश दुबै साइटको करङमा टाँसिएको हुनेहुँदा चिरीसकेपछि बिस्तारै साइडबाट एउटा औंला घुसाई आन्द्रा पन्छ्याउँदै अण्डकोष यहाँनेर छ भनी यकिन गर्नुपर्दछ| यसरी अण्डकोष झिक्दा जबर्जस्ती नतानि बिस्तारै खेलाई खेलाई झिक्नु पर्दछ| यदि जोड लगाएर तान्दा नसाले ठाउँ छोडेको अवस्थामा कुखुरा नै मर्ने सम्भावना हुन्छ| यसरी पालैपालो एउटा औंला हालेर दुवैतर्फको अण्डकोष निकालिन्छ| अण्डकोष झिकेपछि सियो र धागो को मद्दतले चिरेको भागलाई सिलाई दिनुपर्छ जसले गर्दा कुखुरामा कुनै पनि संक्रमण हुने डर कम हुन्छ| यसरी टाका लगाइएपछि तेल र बेसार मोलेर उक्त चिरेको भागमा सबै ठाउँमा पर्नेगरी लगाइदिनुपर्छ| यसरी लोकल भाले लाई बदिया भाले बनाउन सकिन्छ| यतिमात्र नभई यो बधिया भाले नै हो भनी चीनको लागि कतिपयले भालेको शिर पनि काट्ने गर्दछन्| यसरी बधिया बनाई पाल्दा मासु छिटो बढ्छ भने खानको लागि पनि एकदमै स्वादिष्ट मानिन्छ| यसका साथै आर्थिक हिसाबले पनि बदिया भाले लोकल भाले भन्दा दुइटै की तीन गुना महंगो पर्ने भएकाले पछिल्लो समयमा बदिया भाले व्यवसायिक रुपमा पालन गर्ने किसानको संख्या बढ्दै गएको छ|
बधिया भाले कसरी चिन्ने त?
सामान्यतया बदिया भाले लोकल कुखुरा भन्दा हेर्दा मयुरको प्वाँख जस्तो चिल्लो, सोझो स्वाभावका , शिर काटिएको साथै अन्य कुखुराहरु तथा पोथी तिर आकर्षित नहुने खालको हुन्छ जसले गर्दा आफूले खाएका खानेकुराहरु बाट प्राप्त धेरै जस्तो पौष्टिक तत्वहरु मासु को वृद्धि विकासमा मात्र लाग्ने हुँदा लोकल कुखुरा भन्दा मासुको उत्पादन पनि छिटो हुने गर्दछ| तर शिर काटिएको भालेलाई मात्रै बदिया भाले नै हो भनी ढुक्क हुनु चाहिँ हुँदैन किनभने कतिपय किसानले बदिया नै नबनाई शिर मात्र काटी बदिया भाले हो भनी बिक्री गर्ने गरेको पाइन्छ| यसरी बदिया बनाइएको दुई महिनामा भाले खानको लागि तयार हुनुको साथै मीठो स्वाद निस्कन्छ|