बट्टाई पालन

परिचय:

नेपालमा अहिले मासु र अण्डाको लागि बट्टाई पालन व्यवसाय निकै लोकप्रिय हुँदै गइरहेको छ| विशेषगरी प्राङगारिक मासुको चाहना राख्ने उपभोक्ताको लागि पछिल्लो समय बट्टाई धेरैजसोको रोजाइमा पर्न सफल भएको छ| नेपालमा बट्टाई पालनको सुरुवात बालकोट भक्तपुर बाट भएको मानिन्छ| यसको वैज्ञानिक नाम Coturnix japonica  हो| नेपालमा पनि धेरै प्रजातिका बट्टाई पालन गरिँदै आइएको छ तापनि  प्रायजसो किसानले local बट्टाई पालन गरेको पाइन्छ| 150 देखि 300 ग्राम सम्म तौल हुने यो चरा 45 देखि 60 दिनसम्म मा वयस्क हुने गर्छ भने छ देखि सात हप्तासम्म मा अण्डा दिन शुरु गर्दछ| बट्टाईको अण्डा केही छिर्केमिर्के रङको हुने गर्दछ| एउटा पोथीले एक वर्षमा 250-300  वटासम्म अण्डा पार्ने गर्दछ|  पोथी बट्टाई ले  सुरुमा अण्डाको तौल 4-5 ग्राम सम्मको पनि पार्ने गर्दछ| तर तेस्तो कम तौल भएको अण्डा hatching   को लागि भन्दा पनि खानको लागि प्रयोग गरिन्छ भने राम्रो गुणस्तर भएको 10 देखि 15 ग्राम तौलको सम्मकोअन्डा hatching को लागि प्रयोग गरिन्छ|बट्टाईले थोरै थोरै खाने तर समय समयमा खाने गर्दछ भने एउटा बट्टाई ले एक दिनमा 20 देखि 25 ग्राम दाना खाने  गर्दछ|

बट्टाई पालनको व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु:

व्यवसायिक पन्छी जस्तै कुखुरा, कालिज , सुतुर्मुर्ग , टर्की ,परेवा पालन को तुलनामा बट्टाई को लागि चाहिने खोरको बनावट ,आहारा निकै सजिलो छ| वरिपरि जालीले छोपेको प्रत्येक 5 चल्लालाई एक वर्ग फुट बराबर को  क्षेत्रफल आवश्यक पर्दछ| एकदिने चल्लालाई ब्रोइलर चल्ला जसरी नै ब्रुडिङ गर्ने भएपनि  यिनीहरु एकदमै साना हुने कारणले पानीको भाँडाहरू गहिरो हुनुहुँदैन र यसका लागि गिट्टीको प्रयोग गर्न सकिन्छ| बट्टाई ले धेरै अण्डा दिने र यसको मासुमा धेरै मात्रामा प्रोटिन पाइने हुँदा यसको आहारामा पनि बढी प्रोटिन हुनुपर्दछ| त्यसको लागि पहिलो चार हप्तासम्म 0 नम्बरको ब्रोइलर दाना प्रयोग गर्न सकिन्छ भने 28 दिनदेखि अण्डा पार्ने भएकाले उक्त समयमा हामीले 2 number लेयर्स दाना खुवाउन सक्छौं| आहाराको अतिरिक्त रुपमा घरमा पाइने तरकारी र फलफूलको पनि प्रयोग गर्न सकिन्छ|  उचित तापक्रम को व्यवस्थापन हुन नसकेको अवस्थामा जन्मेको दिनदेखि 21  दिन सम्मको अवधीमा बच्चाको मृत्यु हुन सक्ने सम्भावना बढी हुन्छ भने 21  दिन सम्म थोरै थोरै गरि मार्ने क्रम  रहन्छ| तर 21  दिन कटिसकेपछि  बट्टाई को शरीरमा पूर्णरूपमा   पखेटा अथवा भुत्ला को बिकास भई सक्ने भएकाले त्यसपछि भने खासै समस्या देखिँदैन|

बट्टाई पालन बाट के के फाइदा लिन सकिन्छ  ?

बट्टाइ पालन आर्थिक र स्वास्थ्यका हिसाबले निकै नै उपयोगी  पालन  हो| यिनीहरुसँग रोग प्रतिरोधात्मक क्षमता धेरै नै हुने भएकाले औषधि खर्च पनि न्यून हुन्छ| अन्य पन्छी पालनमा 70  प्रतिशत लगानी   दानामा लागे तापनि यसमा दानामा लागत खर्च पनि निकै नै कम रहेको छ| जिउँदो चराको एक रुपैयाँ प्रति ग्राम पाइने यो चरा 28 दिनदेखि बेच्ने योग्य हुन्छ र औसत तौल 150 देखि 200 ग्रामसम्म हुन्छ| पोथी बट्टाईले 35 देखि 40 दिन पुगेपछि नै अण्डा दिन   सुरु  गर्छ| यस  अण्डाहरु सानासाना भएतापनि पौष्टिक तत्वले भरिपूर्ण रहेका हुन्छन् बजारमा एउटा अण्डालाई प्रतिगोटा  रु 10 सम्म बिक्री गरिन्छ| प्रति बट्टाई बाट कम्तिमा पनि 50 देखि 100 रुपैयाँसम्म नाफा लिन सकिन्छ| यसको मासु स्वास्थ्यका आधारमा हेर्ने हो भने बाथ रोग र मुटुरोगको लागि उत्तम मानिन्छ| यसको मासुमा कम चिल्लो पदार्थ, भिटामिन A,D,E,K  र शरीरका लागि चाहिने आवश्यक खनिज पदार्थ पाइन्छ| जापान र भारतमा सानासाना हुर्किदै गरेका बच्चाहरुलाई यसको अण्डा खुवाएमा बच्चाहरू मानसिक र शारीरिक तरिकाले बलियो हुने कुराको प्रमाणित भइसकेको छ|

नेपालमा बट्टाई पालन गर्दा  आउन सक्ने समस्या  के के हुन सक्छन्?

नेपाल एक विकासशील मुलुक  हो, नेपालीले अझै पनि आफ्नो खानामा पौष्टिक तत्वको खोजेको पाइन्न जसले गर्दा बजारमा मेहेनत अलि बढी नै गर्नुपर्ने हुन्छ| यसको मासुको स्वाद फरक हुने कारणले कसैलाई मन नपर्ने र कसैलाई अतिनै मन पर्ने हुन्छ| ठाउँ हेरी बट्टाइ को चल्ला को मुल्यमा आकाश पातलको फरक भएको पाइन्छ| काठमाडौंमा 20 देखि 25 रुपैया प्रति चल्ला पाइएपनि स्थानीयले 65 रुपैया प्रति चल्ला सम्म तिर्नुपरेको  हुन्छ| बट्टाई जंगलमा बस्ने उड्ने जातको चरा भएकाले भाग्ने समस्या र बढी घाइते हुने समस्या देखा पर्न सक्छ| तसर्थ खोर बनाउँदा अनुभवी विज्ञको निगरानीमा बनाउनु उत्तम हुन्छ| यसको मासुको माग ठूला ठूला होटलहरुमा हुने भएकाले सामान्य किसानका लागि सजिलै पहुँच नहुनसक्छ| साथै भाले र पोथीको अनुपात मिलाउनु पनि अपरिहार्य हुन्छ, नमिलेको खण्डमा  भालेले पोथीलाई घाइते बनाई मार्ने सम्भावना हुन्छ| यद्यपि यी सबै समस्याहरू समाधान गर्न सकिने खालको भएकाले ठूला समस्याको रुपमा लिनुहुँदैन|

 

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X