प्याजका प्रमुख जातहरु
परिवार(Family) : एल्लीएसेया (Alliaceae)
वानस्पतिक नाम (Botanical Name): एल्लिएम सेपा (Allium cepa)
उत्पत्ति स्थान (Origin): भूमध्यसागरीय क्षेत्र (Mediterranean Region)
परिचय
प्याजको बीउ उत्पादन उपोष्ण, शीतोष्ण र सम–शीतोष्ण क्षेत्रहरुको जलवायुमा सम्भव हुन्छ । यसलाई शुरुको बृद्धि विकास र डुकुको बृद्धि विकास हुनलाई चिसो मौसम जरुरी पर्दछ । प्रचलित प्याजको गानो सामान्यतया दुई वर्षे विरुवा हो तर पनि यसलाई एकवर्षे बालीको रुपमा खेती गरिन्छ । पहिलो वर्षमा प्याजको गानो बन्दछ भने दोश्रो वर्षमा बीउ लाग्दछ ।
सन्तुलित रुपले बढी तापक्रम र सुख्खा वातावरणले गानो परिपक्व गराउन र दोश्रो वर्षमा बीउ उत्पादन गराउन मद्दत गर्छ । करीब २१.१º से. तापक्रम वानस्पतिक बृद्धि गराउन उपयुक्त हुन्छ तर करीब १२.८º से तापक्रम डुकु बन्नको लागि लाभदायक मानिन्छ ।
प्याजको त्यान्द्रोयुक्त जरा प्रणाली (Fibrous Root System) १ मीटर गहिराइसम्म फैलिन्छन् तर धेरैजसो यस्ता जराहरु ०.५ मीटरसम्म मात्रै सिमित हुन्छन् । एउटा प्याजको गानोबाट जात, माउ गानो तथा लगाउने समय अनुसार १ देखि २० वटासम्म डुकु आउँछ । प्रत्येक डुकुमा फुलको गोलो थुङ्गा बन्दछ । गोलो थुङ्गामा मसिना फुलको संख्या ५० देखि २०० भन्दा बढीसम्म पाईन्छ । यिनै मसिना फुलबाट बीउ बन्दछ । फुलको रङ्ग प्रायः सेतो हुन्छ । मसिनो फुलमा भाले–पोथी भाग एकै ठाउँमा भएपनि भालेको परागकण पोथी वयस्क हुनु अगाडी नै वयस्क भएर झर्ने हुनाले परागसेचन क्रियाबाट मात्र बीउ बन्दछ । मसिना फुलहरु खुल्ने क्रिया प्रायः २ हप्ता वा बढी अवधिसम्म जारी रहन्छ तथा प्याजका बोटहरुमा फुल फुल्ने अवधि ३० दिनभन्दा बढीसम्म निरन्तर रहीरहन सक्छ । परागसेचन मौरी र झिङ्गाहरुबाट राम्ररी हुने गर्दछ ।
प्याजका जातहरु
प्रजातीय शुद्धताको आधारमा विकास गरिएका जातहरुमा हिउँदे (रबी) को लागि रातो रङ्गको गानो भएका – पुसा रेड, पुसा रत्नर, पुसा माधवी, पञ्जाब सेलेक्सन, नासिक रेड, ( एन २–४–१ ), अर्का प्रगति, अर्का निकेतन ( एन २५७–९–१ ), रेड क्रियोल आदि जातहरु प्रमुख हुन् ।
त्यसैगरी वर्षे बालीको लागि रातो रङ्गको गानो भएका – निझाड ५३ ( एन–५३ ), एग्रीफाउण्ड डार्क रेड, अर्का कल्याण, विस्वान्ट ७८०, एग्रिफाउण्ड रोज, अर्का प्रगति आदि जातहरु प्रमुख हुन् । तथा पछौटे वर्षे बालीको लागि नासिकरेड ( एन २–४–१ ) जातलाई सिफारिस गरिएके छ ।
प्याजका प्रमुख जात
(१) अर्का निकेतन
- श्रोत : भारतीय बागवानी अनुसन्धान प्रतिष्ठान (IIHR) वैंगलोरमा विकसित जात ।
- पुर्खौली/वशंवालीः IIHR १५३, महाराष्ट राज्यको डुवेराबाट संकलन गरि मास सेलेक्सन बाट विकसित जात ।
- बालीको अवधिः १४५—१६० दिन ।
- गानोको रङ : आकर्षक गुलाबी
- गानोको आकृतिः गोलाकार, भित्रि वोक्राहरुमा एउटै केन्द्र रहेको हल्का मांसलयूक्त बोक्राहरु ।
- गानोको आकार ४—६ से.मी. ब्यास भएको मध्यम
- गानोको तौलः १०० —१८० ग्राम
- उत्पादन : ३००— ३५० क्वीन्टल/हे.
- राम्रो भण्डारण गुण भएको
२. अर्का प्रगतिः
- श्रोत : भारतीय बागवानी अनुसन्धान प्रतिष्ठान वैंगलोर
- पुर्खौली/वशंवालीः आई. आई एचं आर.—१४९(सेल—११) बाट मास सेलेक्सन गरि विकसित जात
- लगाउने समय : हिउंद र वर्षा
- बाली परिपक्व हुने : बेर्ना लगाएको १४० —१५० दिन ।
- गानोको रङ्घ : आकर्षक गुलाबी
- गानोको आकृतिः पातलो भेट्नु सहितको एक नासको आकारको गोलकार गानो
- उत्पादन : ३५० क्वीन्टल/हे
३. निफाड—५३ (एन—५३)
- श्रोतः महात्मा फूले कृषि विद्यापिठ (MFKV) राहुरी, महाराष्ट्रमा विकास गरिएको जात ।
- लगाउने समय : वर्षायाम
- बाली परिपक्व हुने : ११० — १२० दिन ।
- गानोको आकार : मध्यम ।
- गानोको आकृतिः गोलाकार ।
- गानोको रङ्घ : गाडा रातो ।
- टि.एस.एसः ११ —१८५
- उत्पादन : २५० क्वीन्टल/हे.
४. पुसा रेडः
- श्रोतः भारतीय कृषि अनुसन्धान अनुसन्धान प्रतिष्ठान (IARI), नया दिल्लि ।
- पुर्खौली/वशंवालीः स्थानीय जातबाट छनौट
- बाली परिपक्व हुन लाग्ने दिन : १४० —१५० दिन
- गानोको रङ्घ : बैजनी रातो ।
- गानोको आकृति : मध्यम आकार, हल्का च्याप्टिएको गोल ।
- टि.एस.एसः १२ —१३५
- प्रति के.जी तौलमा गानौको संख्याः १३ —१५ वटा
- उत्पादन : २५०—३०० क्वीन्टल/हे.
- यो जातलाई छोटो देखि मध्यम दिन चाहिन्छ । यसको भण्डारण गुण राम्रो छ र डुकु कम आउने स्वभावको हुन्छ ।
५. पुसा माधवी
- श्रोतः भारतीय कृषि अनुसन्धान अनुसन्धान प्रतिष्ठान(IARI), नया दिल्लि
- पुर्खौली/वशंवालीः मुजाफ्फारनगर बाट संकलीत स्थानीय जातबाट छनौट गरिएको जात
- गानोको आकृतिः मध्यम देखि ठुलो ।
- गानोको रङ्घः रातो
- टि.एस.एसः ११ —१३५ र भण्डारण क्षमता राम्रो भएको ।
- बाली परिपक्व हुने : बेर्ना सारेकोे १४० —१४५ दिन ।
- उत्पादन : ३००— ३५० क्वीन्टल/हे.
६. ब्राउन स्पानीस
- श्रोतः भारतीय कृषि अनुसन्धान अनुसन्धान प्रतिष्ठान(IARI) , क्षेत्रीय केन्द्र कटराईन, हिमान्चल प्रदेश, भारत।
- बजार योग्य गानो हुन लाग्ने दिन : बेर्ना लगाएको १६० —१८० दिन ।
- गानोको रङ्घ : हल्का खैरो बोक्राहरुमा आर्कषक रङ्घ ।
- गानोको आकृति : गोलो देखि अलिक लाम्चिएको ।
- गानोको तौलः ९०—१०० ग्राम
- उत्पादन : २८०—३०० क्वीन्टल/हे.
७. एग्रीफाउन्ड डार्क रेड
- श्रोत : राष्टिय बागवानी अनुसन्धान तथा विकास संस्था (NHRDF)
- पुर्खौली/वशंवाली : मास सेलेक्सन
- लगाउने समय : वर्षायाम
- परिपक्व हुन लाग्ने अवधिः बेर्ना लगाएको १२५—१२५
- गानोको रङ्घ : गाडा रातो ।
- गानोको आकार : मध्यम ठुलो ४—६ से.मी. ब्यास भएको ।
- उत्पादन : २५०—३०० क्वीन्टल /हे.
८. एग्रीफाउन्ड लाईट रेड
- श्रोत : राष्टिय बागवानी अनुसन्धान तथा विकास संस्था (NHRDF)
- पुर्खौली/वशंवाली : मास सेलेक्सन
- लगाउने समय : हिंउद यामको लागि उपयूक्त भएता पनि पछौटे वर्षायाममा पनि लगाउन सकिने ।
- गानो परिपक्व हुने अवधिः १६५—१७० दिन ।
- गानोको रङ्घ : हल्का रातो ।
- उत्पादन : ३००—३२५ क्वीन्टल/हे.
९. एग्रीफाउन्ड रेड
- श्रोत : राष्टिय बागवानी अनुसन्धान तथा विकास संस्था
- गानो परिपक्व हुन लाग्ने अवधि : १००—११५ दिन ।
- लगाउने समयः हिउंद र वर्षा
- गानोको आकृति : च्याप्टो ।
- उत्पादन : १५०—२५० क्वीन्टल/हे.
- बाहिर निर्यात गर्नको लागि उपयूक्त
१०. रेड क्रियल
- यसको गानो चेप्टो गोलाकार हुन्छ
- गानोको रङ गाढा रातो र पिरो हुन्छ
- पातको रङ गाढा हरियो हुन्छ
- गानो तयार हुन १६० दिन अवधि लाग्दछ
- नासिक रेड र एन ५३ को तुलनामा डुकु ढिलो निस्कन्छ
- सरदर गानोको तौल ८०—१२० ग्राम हुन्छ ।
नेपालमा यो निकै लोक प्रिय भएको जात हो ।
लेखक
बसन्त राज श्रेष्ठ
B.Sc. Ag