पानी घट्ट: एक प्राचीन यन्त्र

पानी घट्ट: एक प्राचीन यन्त्र

पानी घट्ट पानीबाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र हो जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। विषेश गरी नेपालको ग्रामिण इलाकामा यसको प्रयोग हुन्छ।पानी घट्ट प्राचिनकाल देखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ। बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्छ र यही घुमाईसंगै यसले अन्नका दानाहरूलाई पिसेर धुलो बनाउनेगर्दछ।घट्ट पानीबाट चल्ने घरेलु यन्त्र हो।

पानीलाई अग्लो ठाउँबाट काठको डूँड मार्फत छाँगो बनाई त्यसले हिर्काएपछि घुम्नेगरी पानीघट्टको मदानी राखिएको हुन्छ।मदानी घुमेपछि घट्टमा जोडिएको ढुंगाको जाँतो चल्न थाल्छ र अन्न पिस्न थाल्छ।अन्न निरन्तर खस्नको लागि यसको माथि सोली अथवा कोठो राखिएको हुन्छ।सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ। सोलीबाट अन्न खस्नको लागि सोलीमा कम्पनको आवाश्यकता हुन्छ।यसको लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा कटकटे अथवा चरो जोडिएको हुन्छ।अचम्मको कुरा के छ भने घट्टमा पिस्न लिएको अन्नमा घुन छ भने अन्न पिसेर मसिनो पिठो भएर आउँछ भने घुन जिउँदै आएको छ।

गाउँघरमा मकैकोदोफापरगहूँ,चामल आदि अन्नबाली पिस्नका लागि पानीघट्टको प्रयोग अझैसम्म भैरहेको पाइन्छ।घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ।अन्न पिसेबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा लिएर जीविकोपार्जन गर्ने गर्दछ।नेपालमा अझै पनि सबै स्थानिय तहमा विद्युत्तिय पहुँच पुग्न सकेको छैन।अधिकांश गाउँवस्ति अझै पनी  विद्युतीय जडानबाट टाढा भएर अन्धकारमा बस्नु परेको छ। हामी ऊर्जा पहुँचको आधारभूत अधिकारसँग संघर्ष गरिरहेका छौं। भौगोलिक विवधता, आवस वस्ती, प्राकृतिक सुन्दरता मनोरम दृश्य मौलिक प्राविधिक ज्ञान, वन र वन्यजन्तु पर्यटकरुको प्रमुख आकर्षणको केन्द्रविन्दु हो।उपयुक्त प्रविधि भनेको स्थानीय व्यक्तिहरूको आवश्यकतालाई पहिचान गर्नु, उनीहरूको आकांक्षाहरू पूरा गर्नु र उनीहरूलाई ऊर्जा पहुँचका सामु नजिक ल्याउनु हो।आज पनि ग्रामीण क्षेत्रका धेरै मानिसहरू परम्परागत पानी मिलमा निर्भर छन्। चामल, गहुँ, मसला र तेलको रूपमा सबै आवश्यक चीजहरू पिसाउनका लागि पानी घट्टमै धाउने गर्दछन्।

पानी घट्लाई परापुर्वकालको मिलका रुपका लिन सकिन्छ। पहिले पहिले आज जस्तो आधुनिक मिलहरु हुदैन थिए। कुटाउनु-पिसाउनु पर्यो भने पानी घट्टकै प्रयोग हुन्थ्यो। आजभोलि त पानी घट्ट पहाडी एवं हिमाली क्षेत्रमा बिरैले देख्न पाईन्छ भने तराईमा त लोप नै भैसकेको छ।परम्परागत ज्ञान, सीप र प्रविधिको महत्त्व आआफ्नै छ। यिनीहरूले हाम्रो सांस्कृति र सभ्यताको  पहिचान दिन्छन् र अत्यधिक वातावरण मैत्री पनी छन्।पानी घट्टलाई न पेट्रोल, न डिजेल, न त विद्युत्तको आवश्यक पर्छ। पानी घट्ट वातावरण र पर्यावरणिय हिसाबले चाहि उपयुक्त प्रविधि हो।पहिले पहले पानी घट्टमा कुटाउन-पिसाउन पालो पर्खनु पर्न र समय पनि बढी लाग्ने समस्या हुन्थ्यो।पानी घट्ट हाम्रो प्रविधि लोप हुने अवस्थामा छ।आवश्यक कुरालाई मध्य नजर गर्दै पानी घट्टलाई परिमार्जित गर्दै राम्रो प्रविधिको रुपमा विकास गर्न सके पानीको दोस्रो धनि देश नेपाल र अन्य मुलुकलाई पनि राम्रै हुन्थ्यो की।

About the Author
Santosh Bitalu B.K.
Campus of Live Sciences
Midwest Academy and Research Institute
Tulsipur- Dang

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X