Array

पशुपन्छी फार्ममा जैविक सुरक्षा/बायोसेक्युरिट ी तथा यसको महत्त्व

जैविक सुरक्षा

रोगको संक्रमणबाट बचाउने वा रोक्ने उपाय वा क्रियाकलापहरुको एकीकृत व्यवस्थापनलाई जैविक सुरक्षा
(Biosecurity) भनिन्छ । जैविक सुरक्षालाई रोग नियन्त्रणको सस्तो र प्रभावकारी विधि मानिन्छ । जैविक सुरक्षा
विना कुनै पनि रोग नियन्त्रण कार्यक्रम सफल हुन सक्दैन ।

जैविक सुरक्षाका फाइदाहरूः

• बाह्य रोगहरू (Exotic Diseases) लाई फार्ममा प्रवेश नदीनु ।
• Zoonotic रोगको खतरालाई कम गर्नु ।
• रोगको फैलावटलाई कम गर्नु ।
• रोगबाट जनस्वा स्थ्य मा पर्ने असरलाई कम गर्नु ।
• उपचार खर्चमा कमी ल्याउनु ।
• कृषकहरुलाई आर्थिक रूपमा फाइदा पुर्याउनु ।

रोग सर्ने विधिः

• फार्म भित्रै वा विभिन्न फार्म बीचमा पशुपन्छी, सवारी साधन, मानिस वा फार्म का सरसमानहरूको
आवतजावतले ।
• अन्य फार्म वा पशुपन्छीको लसफसबाट
• जङ्गली जनावर, चरा, मुसा आदि बाट
• दूषित दाना, पानी तथा अन्य सामग्रीहरूबाट

रोग नियन्त्रण विधिः

• रोगी पशुपन्छीलाई स्वस्थ पशुपन्छीसँग नमिसाई अलग्गै राख्ने,
• रोगी पशुपन्छीलाई स्वस्थसँग मिसिन नदीन आवतजावतमा नियन्त्रण गर्ने
• पशुपन्छी पालन गरिएको क्षेत्रमा नियमित रूपमा सरसफाइ तथा निः संक्रमण गर्न

जैविक सुरक्षामा अपनाइने प्रावध ानहरूः

• आफूले पालेका पशुपन्छीलाई खुला रूपमा नछोडी थुनेर मात्र पाल्ने ।
• घरपालुवा पशुपन्छीलाई जङ्गली जनावरको सम्पर्कमा आउन नदीने ।
• संक्रमण स्थलबाट बग्ने नदी तथा खोलामा संक्रमि त वस्तुहरू मिसिएर पानी संक्रमित हुन सक्ने हुँदा त्यस्ता स्थानबाट ल्याएको पानी उमालेर मात्र खाने र खुवाउने ।
• पशुपन्छीहरूलाई दाना, पानी दिने भाँडा नियमित रूपमा सफा गर्ने ।
• पशुपन्छीलाई राखेको स्थानमा समेत नि यमि त रूपमा निः संक्रमण गर्ने ।
• हाँस, कुखुरा लगायतका पन्छीहरूलाई एकै ठाउँमा वा खोरमा मिसाएर नराखी छुट्याएर राख्ने पाल्ने ।
• बजारमा बिक्री वितरणका लागि लगि एको पशुपन्छीहरू भरसक हाट वा बजारबाट फिर्ता नल्याउने । हाटमा अन्य ठाउँबाट ल्याइएको पशुपन्छीहरूसँग नमिसाउने ।
• आफूले पालेका पशुपन्छीहरू एक्कासि धेरै संख्यामा बिरामी परेमा वा मरेमा तुरुन्त नजिकको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र वा पशुसेवासँग सम्बन्धित निकायमा तुरुन्त जानकारी गराउने ।
• कुनै पनि स्थानबाट पशुपन्छी खरिद गरी ल्याउँदा स्रोतको बिषयमा राम्रोसँग जानकारी लिई रोग नभएको स्थानबाट मात्र खरिद गरी ल्याउने र त्यसरी खरिद गरी ल्याएको पन्छीहरूलाई खोरमा भएका अन्य पशुपन्छीहरूसँगं नमिसाई कम्तीमा पनि ७ दिन छुट्टै खोरमा राख्ने व्यवस्था मिलाउने ।
• पन्छीपालन गरिएको क्षेत्र नजिक जङ्गली पन्छीहरू आकर्षित हुने वातावरण नबनाउने ।
• पशुपन्छी पालन गरिएको गोठ तथा खोरहरूमा भरसक बाहिरका मानिसहरूलाई आवत-जावत गर्न नदीने ।
• पन्छीहरूलाई दाना पानी दिने भाँडाकँुडा, सुली आदि चीजहरु नाङ्गो हातले नछुने, यदि नाङ्गो हातले छोएमा तुरुन्त साबुन पानीले राम्रोसँग हातखुट्टा धुने ।
• पन्छी राख्ने खोर समय-समयमा सफा गर्ने, निः सक्रमण गर्ने (भिरकोन, चुना छकर्ने र खोर सफा गरे पश्चात् सुलीलाई कम्तीमा एक महिनासम्म राम्रोसँग कुहिन दिएर मात्र खेतबारीमा प्रयोग गर्ने ।
• व्यक्तिगत सरसफाइमा बिशेष ध्यान दिने ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles