नीम र यसका फाइदाहरू

नीम र यसका फाइदाहरू

परिचय:

नीमको वृक्ष नेपाल र भारतमा सर्वत्र पाइन्छ, यसको पात, फूल, फल, डाँठ, बोक्रा, सबका सब अमृत  समान मानिएको छ । बताइएको छ, नीममा अमृतको तत्व कति मात्रामा छ भने अन्धोलाई ज्योति र निर्बललाई बलवान बनाउन सक्छ । त्यसले कुष्ठरोगीको रोग नाश गर्न सक्छ । यसको रेशा-रेशामा जीवनको अमृत छ ।  यसको रस तीतो हुन्छ । करेला समान, तर त्योभन्दा पनि धेरै, यो रस तीतोमा अमृत हो । एक यस्तो अमृत, जसले जीवनलाई नयाँ तत्त्व दिन्छ । नीमलाई सबैभन्दा ठूलो एन्टिसेप्टिक मानिएको छ । यो बरनोल, डिटोल र फिटकिरी भन्दा पनि गुणकारी र प्रभावशाली छ । यसले पिण जम्न दिँदैन । घाउ बढ्न र सड्नबाट रोक्छ सूक्ष्म कीटाणु नाश गर्छ शरीरमा विकार उत्पन्न हुन दिँदैन ।

रुघाखोकी:

चिसोको कारण टाउको भारी हुन्छ । नाक बन्द हुन्छ र शरीर दुख्न थाल्छ । यस्तो भएमा नीमको रूखको मोटो डण्डा काट्ने र सिलौटो सफा गरेर पाँच ग्राम मरिच र दस ग्राम नीमको पातलाई नीमको डण्डाले घोट्ने | घोटेपछि बराबरको गोली बनाउने र छायाँमा सुकाउने | तुलसीको चियासँगै बिहान, दिउँसो र राती दुई-दुई गोली लिने । एक दिन र रातमा रूघाबाट छुटकारा मिल्नेछ ।

टाइफाइड:

ज्वरोको रूप टाइफाइड पनि हो । तब नीमको फूल र बीउ जहाँ अग्नितत्त्व उत्पन्न हुन्छ, बीउमा मूत्राशय र उदरलाई शुद्ध गर्ने क्षमता हुन्छ । टाइफाइडमा नीमको बीउ पिसेर दुई-दुई घण्टापछि पिलाउनाले त्यो उत्रन्छ र शरीरमा ताजा रगत बन्छ र नयाँ शक्ति सञ्चार हुन्छ । मलेरिया बिग्रिएर टाइफाइड भएमा नीमको यो उपचार एकदम उपयोगी छ ।

टाउको आधा दुखेमा:

आधा टाउको दुखेमा सूर्योदयबाट सुरू भएर सूर्यास्तमा समाप्त भएमा १५ वटा निमको गहिरो हरियो पात, ५ वटा मरिच र ३० वटा चामल सब पिसेर, सूर्य उदाउनुभन्दा पहिला सुँघ्ने । आधा टाउको दुखेको निको हुनेछ।

गला दुखेमा :

गला दुखेको छ, पोलेको छ, कफ जमेको छ भने दुई चम्चा निमको पातको रस, एक गिलास तातो पानी, आधा चम्चा मह मिलाएर सधैं दुई पटक गरर्र गर्ने ।

मलेरिया:

  यो जाडो दिएर आउने ज्वरो हो । यो रोगले घेन्यो भने नीमको कोपिला पाँच ग्राम र श्वेता-भस्म तीस ग्राम एक साथ पिसेर आधा-आधा ग्रामको गोली बनाउने । ताजा पानीसँग दुई दुई घण्टापछि एक एक गोली रोगीलाई दिइरहने अथवा नीमको बोक्रा, अमलाको गुदी, त्रिफला, नेत्रबाला, किशमिश र | पटोलपत्र दस ग्रामको मात्रामा लिएर पाँच ग्राम मिश्रीसँग काढा बनाउने । दिनमा तीन पटक यो झोल पाँच ग्रामको मात्रामा मह मिलाएर पिलाउने या नीमको पचास ग्राम पात चार पाँच मरिच हालेर पिस्ने र सय ग्राम पानी मिलाएर छान्ने । यो पनि मलेरियाको राम्रो उपचार हो । प्रायः भोक कम हुन्छ । खाने मन लाग्दैन । यस्तोमा पाकेको दस बीउ सधैं खाने, यसबाट भोक लाग्नेछ र रगत सफा हुनेछ या दस ग्राम नीमको रसमा अदुवा, अजवायन, पुदिना र जीरा पाँच ग्रामको मात्रामा घोटेर पिसेर यी पाँचैमा नुन मिलाएर पिलाउने | यसबाट तपाईंलाई फाइदा हुनेछ ।

पखाला :

आठ निमको गेडा पिसेर आधा चम्चा चिनी मिलाएर चाट्ने । यस प्रकार तीन खुराक सधैं लिएमा पखाला निको हुन्छ । लामो समयसम्म लिएमा पुरानो पखाला पनि निको हुन्छ ।

आउँ परेमा :

यदि दिसासँगै आउँ आउँछ भने निमको हरियो पात धोएर छायाँमा सुकाउने । फेरि पिस्ने । यसको आधा चम्चा बिहान बेलुका खाएपछि दुई पटक चिसो पानीसँग खाने । केही दिनसम्म लिइरहेमा आउँ आउन बन्द हुनेछ ।

कब्जियत :

बीसवटा निमको पत्ता पिसेर एक गिलास पानीमा मिलाउने । बिहान सूर्य उदाउनुभन्दा पहिला यसले कुला गरेर यो सारा पानी पिउने । पाँच मिनेट घुमेर ट्वाइलेट जाने | दिसा सफा आउनेछ । कब्जियत हुनेछैन । निमको प्रकृतिः निमको प्रभाव चिसो दिने खालको हुन्छ । यसको क्रिया तातो र छिटो हुन्छ ।

गर्मी:

नीमको पातको रसमा मिश्री मिलाएर साँझ बिहान पिउनाले गर्मी शान्त हुन्छ । भित्र चिसो रोकिन्छ । गर्मीको मौसममा शरबत पिउनु धेरै लाभदायक छ । गर्मीको मौसममा एक पटक यो उपाय अपनाएर त हेर्नुस् । कलेजोमा गर्मी भएमा सारा शरीर तात्न थाल्छ, कहिलेकाहीं ज्वरो पनि आउँछ । यस्तो हालतमा नीमको बोक्रा, गिलोय (एक प्रकारको बेल), धनियाँ, रातो चन्दन र कुटकी समान मात्रामा लिएर मिश्रण गर्ने | बीस ग्रामको चक्की बनाएर तयार गर्ने । तब गर्मीको ज्वरो यसले तीन खुराकमा भगाइदिनेछ । र तिर्खा लाग्नुको विकार पनि शान्त हुन्छ । रगत चिसो हुन्छ । केवल ३/४ दिन मात्र यस्तो गर्नुस् ।

डण्डीफोर:

यौवन कालमा रगतको तेजपना र गर्मीले अनुहारमा बिमिरा आउँछ । रगतको उम्लाइ शान्त गर्न नीमको रस उपयोगी छ । यदि बिमिरा हराएर दाग छोडेर गएको छ भने नीमको बीउ सिरकामा पिस्ने र दागमा लेप लगाउने | आठ-दस दिनको प्रयोगले दाग मेटिंदै जानेछ र अनुहारमा निखार आउने | जवानीको बिमिराको कारण अनुहार नराम्रो हुन्छ ।

चिलाउने:

चिलाउने समस्या भएमा नीम र मेहन्दीको पात एक साथ रगडेर रस निकाल्ने र २५ ग्राम पिउने । बाँकी बचेको नरिवलको तेलमा तातो बनाएर छान्ने र यो तेल पीडित अङ्गमा मोल्ने अथवा नीमको पञ्चाङ्ग समान मात्रामा लिएर पिस्ने । चार चम्चा सरसिउँको तेलमा यसलाई हल्का तापमा तपाउने | नीम डढेको गन्ध र धुवाँ आएपछि तेल निकालेर छान्ने । शीशीमा भरेर राख्ने । यो तेलको मालिशले पनि चिलाउने जान्छ र छालाको अरू विकार पनि जानेछ । 

दाद :

निमको काचो हाँगाको टुक्रा लिने । यो काठ बाल्ने । बाल्दा यसबाट छेउछाउबाट पानी निस्कनेछ । यो पानी दादमा लगाउने । दाद निको हुनेछ ।

पिलो:

नीमको पत्ता मसिनो पारेर पिस्ने । नुन मिलाएर तीतो तेलमा पकाउने | एक चुट्की पिसेको बेसार मिलाएर पुल्टिस तयार पार्ने । यसलाई कपडामा गाँठोझै बाँधेर गिल्टी आएको र सुनिएको ठाउँमा हल्का सेक्ने । दुई-तीन दिनमा सुनिएको हटेर जान्छ | गिल्टी सुक्न थाल्नेछ । प्रायः सेक्नाले शुरूमा सुनिएको बढेको जस्तो लाग्नेछ, किनकि रक्तसंचार हुनाले सुनिएको ठाउँ फुल्नेछ, तर पछि सुनिएको घट्नेछ ।

लुतो:

यसमा जोडले चिलाउन थाल्छ र नङको कारणले यो रोग फैलन्छ र बढ्दै जान्छ । चालीस दिनसम्म नीमको झोल पिएर हेर्ने । नीमको बोक्रा, मजीठ (रातो डाँठ र जरा हुने एक प्रकारको लहरा), पीपलको बोक्रा, नीमको बोक्रा प्रत्येक दस-दस ग्राम लिएर चक्की बनाउने । र सधैं बिहान बेलुका लिने । छालामा नीमको तेल पनि लगाइरहने । यो बिस्तारै मेटिदै जानेछ ।

भिरिङ्गी (syphillis):

निमको तेल एक चम्चा सधैं पिउने तथा गुप्ताङ्गमा लगाउने । भिरिङ्गी दुई हप्तामा ठीक हुन्छ।

मधुमेह: 

यो रोगले शरीरलाई खोक्रो बनाइदिन्छ । यसमा नीमको बोक्राको झोल उपयोगी मानिएको छ । करेलाको भजियाको नाश्ता र बिना चिनी दूधको सेवन गर्नुपर्छ । केही दिनमा यो समस्या हटेर जानेछ ।

ब्लडप्रेशर:

हाइब्लडप्रेशर भएमा सधैं बिहान नीमको पातको पच्चीस ग्राम रस पिउन । पहिला एक हप्ता लगातार पिउने पछि दई दिन छोडेर पिउने । लो ब्लडप्रेशर छ भने नीमको तेल सेवन गर्ने । नीम छालामा लगाउने । ब्लडप्रेशर भएमा उमालेको सब्जी नुन मिलाएर खाने | अमिलो, खुर्सानी र मसला बार्ने | धेरै शारीरिक या मानसिक श्रम नगर्ने । धैर्यपूर्वक उपचार गर्ने ।

टिटानस: 

टिटानस अथवा धनुषटङ्कारले शरीर धनुष समान बाङ्गो भएर मृत्यु हुन्छ । पिन, आलपिन, चक्कु या अन्य सानो घाउले यस्तो हुनसक्छ । यसै कारण एन्टिसेप्टिक इन्जेक्शन तुरून्त दिइन्छ । तर यदि यस्तो हुनेबित्तिकै पीडित स्थानमा नीमको पातको लेप बाँधिदिने हो भने टिटनसको खतरा हुनेछैन इन्जेक्शन पनि लगाउनु पर्दैन । नीम सबैभन्दा ठूलो एन्टिसेप्टिक शक्ति हो ।

सर्प दंश :

सर्पले टोकेमा निमको पात खानुपर्छ, यसबाट निद्रा लाग्दैन र यसले विष पनि हर्छ ।

माहुरी र बिच्छीले टोकेमा :

निमको पात पिसेर लेप लगाउने । निमको पात चपाउने ।

निद्रा :

निमको मुनि सुत्दा स्वास्थ्य राम्रो हुन्छ ।

कपाल झर्नु :

यदि टाउकोमा ठाउँ-ठाउँमा कपाल झरेर खुल्ला | भएको छ भने सधैं ती ठाउँमा निमको तेलले मालिश गर्ने । दुई तीन । महिना मालिश गरेमा कपाल उम्रनेछ ।

 

Related Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Articles

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने ?  धानबालीमा लाग्ने रोगहरु मध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो।...

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture

Zero Budget Natural Farming: Approach towards Sustainable Agriculture Agriculture is one of the essential requirements to produce food. Assuming we take a gander at the...

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि

बोधिचित्त: धार्मिक महत्व र खेती प्रविधि के हो बोधिचित्त ? नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको, झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने, स्थानीय वनस्पति...

खरायो पालन : एक लाभदायक व्यवसाय

खरायो पालन : एक लाभदायक व्यवसाय  १. परिचय: उत्पतिस्थल पश्चिम युरोप र अफ्रिका मानिएको खरायो (Oryctolagus Cuniculus), आफ्नो दिशा आफै खाने (Capraphagic anima) स्तनधारी प्राणी हो...

Forest Soil and Its Uses

Forest Soil and Its Uses Forest soils are the soils found in the Hilly and Mountain areas where sufficient rain forests are available. They are...
en English
X